यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
क्रिश्चिना
नेपालमा थरि–थरिका राजनैतिक दलहरू सक्रिय छन् । शासक दलहरुका केही नेताहरू त तिनीहरूका पदका कारण जनताले चिनेका र जानेका छन् भने केही कार्यकर्तँ भविष्यमा नेतृत्वमा र मन्त्री या अन्य सरकारी पदमा आउने कार्यकर्ताहरूको बारेमा जनतालाई कम जानकारी छ । कार्यकर्ताहरूको भविष्य, सफलता र योगदान त स्वयम्को परिवार, योग्यता, व्यक्तिको राजनैतिक इच्छा र सम्बन्धित दलको दूरदर्शी वा अदूरदर्शी उद्देश्यसँग गाँसिएको हुन्छ । नेपाली कांग्रेसका आजका अगाडि आएका कार्यकर्ता र अब आउने युवा कार्यकर्ताहरू हेर्दा सबैजसो माथिल्लो वर्ग वा खातापिता र राजनैतिक परिवारबाट आएका, पढेलिखेका, ‘राजनीति गर्छु’ वा ‘सरकारमा गएर केही गरेर देखाउँछु’ र ‘पदमा गएर आफ्नो इज्जत, प्रतिष्ठा र व्यक्तित्व विकास गर्छु’ भन्ने उद्देश्यले नै राजनीतिमा आएका देखिन्छन् ।
सम्पत्ति जसरी बाबु–बाजेबाट आर्जन गरेका छन् । त्यसरी नै तिनीहरूले आफ्नो जिल्ला, क्षेत्र र गाउँ र नगरमा सार्वजनिक पदका दाबेदार पनि छन् । त्यस्तै परिवारका आधा जति युवाहरू राजनीतिलाई ‘फोहोर खेल’ भन्दै जाल–झेल,झूट र खुट्टा तानातानबाट टाढै बसेर आफ्नो अध्ययन र मेहनतले बौद्धिक क्षेत्रबाटै आफ्नो व्यक्तित्व विकास गर्दैछन् । तर नेतृत्वले उठाएका केही सांसद र महत्वपूर्ण पार्टी पद र सरकारी पदका दाबेदारहरु भने विदेशी पूँजीसँग सम्बन्धित, कालाबजारी, म्यानपावर कम्पनी चलाउने ठेकेदार, तस्कर आदि देखिन्छन् । एमालेका नेताहरूमध्ये धेरैजसो यही पुस्तामा राजनीतिमा आएका हुनाले नेतृत्व परिवारका नयाँ पुस्ता राजनीतिमा भन्दा बौद्धिक क्षेत्र आफ्नो व्यक्तित्व विकास गर्न सक्ने सम्भावना देख्छन् । त्यसको मुख्य कारण आफ्ना ‘बुबा’ र ‘काका’ हरूको छलछाम र राजनैतिक गतिविधिबाट खिन्न छन् । यसकारण एमालेका नयाँ पुस्ताका अगाडि देखिएका कार्यकर्ताहरू धेरैजसो बौद्धिक क्षेत्रभन्दा गुण्डा, ठेकेदार, घर–जग्गा दलाली, कालाबजारी, तस्कर र आपराधिक पृष्ठभूमिका बढी देखिंदैछन् । यसको कारण ३०–४० वर्ष अगाडि नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्न ‘नयाँ’ नेपाली कांग्रेसको चरित्र अंगाल्नु अनिवार्य थियो ।
शासक ‘माओवादी केन्द्र’ को पुस्ता नै बद्नाम गतिविधिको कारण प्रतिष्ठित परिवारका नयाँ कार्यकर्ता भित्रिने सम्भावना कम र नेतृत्वका परिवारका नयाँ पुस्ता काठमाडौंमा आउन पाउने, शिक्षाको अवसर र सहज जीवनको कारण राजनीतिप्रति आकर्षित छन् । तर आ–आफ्नो व्यक्तित्व विकास पछि अघिल्लो पुस्ताको बद्नामीको कारण ‘बलको राजनीति’ बाट टाढिंदै जाने निश्चित छ र नयाँ कार्यकर्ताहरू दुर्गम जिल्लामा जात–जातिको बाहुल्यता हुनेछ । तर नागरिक र राजनैतिक संस्कारको विकास नगराइएसम्म ‘बल’ को राजनीति र अपराधीकरणबाट पार्टी र राजनीतिलाई जोगाउनु स्वयम् एउटा ठूलो समस्या हुनेछ । एमाले र एमाओवादी केन्द्रको नेतृत्वमध्ये वर्ग र माथिल्ला जातको प्रभुत्वको कारण तथा सैद्धान्तिक रुपले कार्यकर्तालाई शिक्षित नगरेको हुँदा जातिवादी, क्षेत्रवादी र पदमुखी वा व्यक्तिगत महत्वाकांक्षी बन्दैछन् ।
‘जे गरेर पनि चुनाव जित्ने’ र ‘जे गरेर पनि सरकारमा पुगेर’ काठमाडौंमा घर बनाउने र आनन्दको जीवन बिताउने आदि । भारतदेखि बन्दुक बोकी काठमाडौं पुगेको अहंकार बोकेका प्रचण्ड समूहका नेताहरू पनि झण्डै एमालेकै ‘काठमाडौंमा घर बनाएर आनन्दको जीवन बिताउने’ चाँजोपाँजोमा देखिन्छ । आ–आफ्नो गाउँ, जिल्ला, क्षेत्रका जनताको सेवा गर्ने र देश बनाउने जस्ता विषयलाई घोषणापत्रको विषय बताउँछन् । व्यवहारमा कामदार वर्गको हित होइन कि नेताहरू सत्तामा जाने र आ–आफ्नो हैकम कायम गर्ने तालिम दिंदैछन् ।
राप्रपा र अरु जातीय र क्षेत्रीय दलहरूका आजका नेताहरूजस्तै पद, लोभ–लालच, अस्थिर दृष्टिकोण, संकीर्णता, भ्रष्टाचार र लाज–गाजको अभावको कारण सांस्कृतिक र राजनैतिक संस्कारको समस्या नयाँ पुस्तामा झन् डरलाग्दो ढ·ले देखा पर्ने सम्भावना छ । सबै शासक दलहरूका तल्ला स्तरका कार्यकर्ताहरूलाई राजनैतिक संस्कार नदिई टायर जलाउने, ढु·ा हान्न दिने र अपराधमा संलग्न गराउने परीक्षामा नक्कल गर्न दिने, परीक्षामा असफल भए पनि शिक्षकहरूलाई धम्क्याएर पनि उत्तीर्ण गराउन दबाब दिने, प्रहरीदेखि ठेकेदारसम्मको रकमबाट कार्यकर्ता पाल्ने गरिंदा र हरेक प्रकारका गुण्डागर्दी र अपराधको कारण सजाय पाएका अपराधीहरूलाई छुटाउन राजनैतिक दलको प्रभाव प्रयोग गरेर कार्यकर्तालाई अझ भ्रष्ट र अपराधी बनाएको हुँदा भविष्यको राजनीति झन् झन् निराशाजनक देखिन्छ । माथिल्ला जातका वा पढे–लिखेका कार्यकर्तालाई निर्वाचनमा आफ्नो पक्षमा तान्न वा कार्यकर्ता बनाउन विदेशमा छात्रवृत्ति मिलाई दिने र केन्द्रीय स्तरका कार्यकर्तालाई समेत आफ्नो पक्षमा लिन राजदूतसम्म बनाईदिने वाचा नेतृत्वले गरेको जगजाहेर छ । यसरी तलदेखि माथिसम्मका नयाँ पुस्तालाई आजको नेतृत्वले खोटपूर्ण ढ·ले नै तालिम गरेकोमा गम्भीर छलफलको विषय बनेको छ ।
नेपाली कांग्रेसले नयाँ कार्यकर्तालाई ‘कम्युनिष्ट भनेको गरिब–गुरुवाको पार्टी हो, शिक्षित र सुसंस्कृत परिवारका मानिसहरू कम्युनिष्ट हुँदैनन्, ज्यापू, खेताला, डोके, ज्यामी र खर्पनेमात्रै कम्युनिष्ट हुन्छन्, चीनले तिब्बत खायो, (आफ्नै पार्टीका एउटै परिवारका २–३ जना सदस्यहरूले शासन गरेको समेत बिर्सेर) समाजवादी देशमा पुस्तेवारी शासन चलाउँछन् जस्ता गैरसैद्धान्तिक ढंगले तालिम दिएको सबैको जानकारीमा छ । ‘प्रजातान्त्रिक– समाजवाद’,‘स्वतन्त्रता’, प्रजातन्त्र र राष्ट्रियताको बारे गलत व्याख्या गरेर कहिल्यै नथाक्ने नेपाली कांग्रेसको नेतृत्वले फरक फरक समाजवादी दृष्टिकोण, साम्राज्यवाद र उपनिवेशवादको विरोधबाट देश स्वतन्त्र र स्वाधीन हुनेबारे, प्रजातन्त्रका प्रकारको जानकारीको अभाव र अन्ध–राष्ट्रवाद र संकीर्ण राष्ट्रवादबाट कसरी देश फासीवाद र नाजीवादमा फस्छ भन्नेबारे कार्यकर्तालाई शिक्षित गर्ने आवश्यकताबाट कार्यकर्तालाई परै राखे । त्यस्तै एमालेले कार्यकर्ता तालिम गर्दा समाजको विकास अर्थात् मानव सभ्यताको विकास, वर्ग संघर्ष, माक्र्सवाद–लेनिनवाद, पूँजीवादी क्रान्तिहरू, चिनियाँ क्रान्ति र अन्य देशको स्वतन्त्रता र मुक्ति संघर्ष तथा समाजवादी क्रान्तिहरूबारे शिक्षा दिएको पाइन्न बरु खस साम्राज्य, जातीय राज्यहरू, अन्य भाषा–भाषीहरू, निर्वाचन, पद र सरकारमा जाने अन्तिम उद्देश्यको रुपमा तालिम गरेको अनुमान गर्छन् ।
‘जे गरेर पनि चुनाव जित्ने’ र ‘जे गरेर पनि सरकारमा पुगेर’ काठमाडौंमा घर बनाउने र आनन्दको जीवन बिताउने आदि । भारतदेखि बन्दुक बोकी काठमाडौं पुगेको अहंकार बोकेका प्रचण्ड समूहका नेताहरू पनि झण्डै एमालेकै ‘काठमाडौंमा घर बनाएर आनन्दको जीवन बिताउने’ चाँजोपाँजोमा देखिन्छ । आ–आफ्नो गाउँ, जिल्ला, क्षेत्रका जनताको सेवा गर्ने र देश बनाउने जस्ता विषयलाई घोषणापत्रको विषय बताउँछन् । व्यवहारमा कामदार वर्गको हित होइन कि नेताहरू सत्तामा जाने र आ–आफ्नो हैकम कायम गर्ने तालिम दिंदैछन् । राप्रपाहरू पञ्चायतको बेला र पञ्चायतपछि संवैधानिक राजतन्त्रको बेलाको आ–आफ्नो सुख–सुविधा र सत्तामा हिस्सेदारी पाई रहने र त्यसलाई निरन्तरता दिने अन्य शासक दलहरूसँग मेलमिलाप गर्ने तालिम नयाँ कार्यकर्तालाई दिन्छन्, राजा, राजतन्त्र हुँदै गणतन्त्रमा पनि अरुसँग मिल्ने आधार राप्रपाले त्यही बनाएको देखिन्छ ।
जोताहा किसान विरोधी र मोहियानी हकको विरोध, व्यापक रुपले हेर्दा ‘जमिन जोत्नेको’ सिद्धान्त विरोधी तराईका जमिनदार वर्गको स्वार्थलाई क्षेत्रीय साम्प्रदायिकताको झण्डा बोकेर सत्ताको भागबण्डामा जान खोज्ने मधेसवादी दलहरूको नयाँ पुस्तालाई दिइने तालिम नै साम्प्रदायिक र भेदभावमुलक हुन्छ । तराईवादी राजनैतिक दलले यही चिन्तन, उद्देश्य र विचारमा परिवर्तन ल्याएन भने भविष्यमा पनि ती दलहरूबाट व्यापक दृष्टिकोण भएको, दूरदर्शी, पहाड–हिमाल र तराईका कामदार जनताको सेवा गर्ने, नेतृत्व गर्ने कार्यकर्ता पाउन गा¥हो हुने देखिन्छ । जातीय र भाषिक एवम् धार्मिक दलहरू जाती, भाषा र धर्मको नाममा व्यक्तिगत हित र सत्तामा पुग्ने उपायको रुपमा कार्यकर्तालाई साम्प्रदायिक रुपले शिक्षित गर्छन् । जाती वा राष्ट्रियताको नामका ती राजनैतिक दलहरू आफ्नो पहिचानलाई सत्तामा जाने सिंढीको रुपमा प्रयोग गर्नेछन् । यसरी राजनैतिक दलहरूका नेतृत्व गम्भीर नहुँदा नयाँ कार्यकर्ताहरूबाट पनि देश र जनताबाट २१ औं शताब्दीमा फड्को मार्ने खालको शिक्षा, संस्कृति, विकास र समृद्धितिर दो¥याउने सम्भावना देखिन्न । हो, सबै दलका नेतृत्वले आत्मसमीक्षा गरी अगाडि बढेमा हाम्रो देश र जनताले पनि २१ औं शताब्दीका योग्य नागरिक सावित गर्नेछन् ।
Leave a Reply