भर्खरै :

जुम्लामा ‘श्रमिक’ पत्रिकाको अन्तरक्रिया

जुम्ला, ३ पुस । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति जुम्लाको आयोजनामा बुधबार ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया र सङ्गठनात्मक गतिविधिबारे छलफल भयो ।
उक्त कार्यक्रममा राजेश्वर देवकोटाले ‘श्रमिक’ पत्रिका अध्ययन गरेर कार्यकर्ता तथा जनतालाई सुसूचित पार्नुपर्ने र सङ्गठनलाई विस्तार गर्नुपर्ने आवश्यकताबारे औँल्याउनुभयो ।
गजेन्द्रबहादुर कार्कीले नेमकिपा जहिल्यै देश र जनताको पक्षमा रहेको चर्चा गर्दै ‘श्रमिक’ कम्युनिस्टहरूको निम्ति मार्गनिर्देश गर्ने पत्रिका हो भन्नुभयो ।
यज्ञहादुर बुढ्थापाले राष्ट्रिय अन्तर्राष्ट्रिय आन्दोलन, सङ्घर्ष र इतिहास थाहा पाउन ‘श्रमिक’ साप्ताहिक हेर्नुपर्ने उल्लेख गर्दै देशमा भइरहेको भ्रष्टाचार र ठगीबारे जनतालाई सुसूचित पार्नुपर्छ भन्नुभयो ।
पार्टीका कार्यबाहक जिल्ला अध्यक्ष वृष राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा काजिबहादुर शाही, सन्तबहादुर खत्री, नरबहादुर बुढा, मुनिनाथ योगीलगायतले ‘श्रमिक’ आस्थाको पत्रिका भएको चर्चा गर्दै पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *