सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भक्तपुर, ३ पुस । स्थानीय तह सञ्चालन ऐन २०७४ बनिसकेपछि नेपालमा पहिलोपल्ट स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुर नगरपालिका ९२ वटै निजी एवं सार्वजनिक विद्यालयमा लागु हुने गरी कार्यान्वयनमा ल्याएको कुरा सबैमा विदितै छ । निश्चित अवधिभित्र पाठ्यक्रम परिमार्जन गर्नुपर्ने प्रावधान भएकोले भक्तपुर नगरपालिकाले उक्त पाठ्यक्रम निर्माण कार्यदललाई परिमार्जनको लागि जिम्मेवारी तोकिएकोले सोको प्रयोजनका लागि नगर शिक्षा शाखामार्फत यही पुस ५ गते शुक्रबारका दिन स्थानीय पाठ्यक्रम उपलब्धि परीक्षा सञ्चालन हुने भएको छ ।
कक्षा ८ मा हाल अध्ययनरत करिब ३ हजार विद्यार्थीहरूमध्येबाट बढीमा २५ प्रतिशत विद्यार्थीहरू छनोट गरी नगरमा रहेका ७ वटा माध्यमिक विद्यालयहरूमा परीक्षा केन्द्र तोकेर उक्त परीक्षा सञ्चालन गर्ने सूचना नगर शिक्षा शाखाले बुधबार बसेको बैठकमा जानकारी गराएको हो ।
नगर शिक्षा शाखाले उक्त उपलब्धि परीक्षाको निम्ति वागीश्वरी मा.वि. आदर्श आजाद मा.वि. विद्यार्थी निकेतन मा.वि., सरस्वती विद्यागृह मा.वि., बासु मा.वि., श्री पद्म मा.वि र सैनिक आवासीय महाविद्यालयलाई परीक्षा केन्द्र तोकेको कुरा बैठकमा जानकारी गराएको सम्बद्ध सूत्रले जनाएको छ ।
Leave a Reply