उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, ६ पुस । चोछेँ ब्यासी सद्भाव समितिको चौथो वार्षिक साधारणसभाको अवसरमा ख्वप अस्पताल र ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा हाडजोर्नी र आँखासम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो ।
शिविरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भ्रष्टाचारीको सम्पत्ति जफत गर्ने कानुनी प्रावधान भए पनि वर्षौँदेखि भ्रष्टाचारीको सम्पत्ति जफत नभएको बताउँदै प्रधानमन्त्रीलगायत २५ जना विशिष्ट व्यक्तित्वहरूको सम्पत्ति विवरण गोप्य राख्नुको कारण के हो भनी प्रश्न गर्नुभयो ।
वैदेशिक रोजगारको नाममा नेपालीलाई विदेशीको दास बनाउने, भारतको भाडाको सिपाही बनाउने तथा चेलीबेटी बेचबिखन भइरहेको तर्फ सङ्केत गर्दै उहाँले दैनिक ७ हजार पासपोर्ट छाप्ने काम गा¥हो भएको पराराष्ट्रमन्त्रीले बताउनु दुःखद भएको बताउनुभयो । नेपालीलाई स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउन पनि उहाँले जोड दिनुभयो ।
शिविरमा जम्मा १८२ जना महानुभावहरूको स्वास्थ्य परीक्षण भएको थियो ।
Leave a Reply