भर्खरै :

मकाउ मातृभूमि फिर्ताको २५ औँ वार्षिकोत्सवमा सी चिनफिङ सहभागी

मकाउ मातृभूमि फिर्ताको २५ औँ वार्षिकोत्सवमा सी चिनफिङ सहभागी

मकाउ, ५ पुस (सीआरआई) । मकाउ मातृभूमि फिर्ताको २५ औँ वार्षिकोत्सव मनाउने गाला डिसेम्बर १९ मा राति मकाउ पूर्वी एसियाली खेलकूद हलमा आयोजना भएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त गालाको अवलोकन गर्नुभयो ।
गालाको अन्तिममा राष्ट्राध्यक्ष सीले मातृभूमि समृद्ध र बलियो रहोस् र मकाउको भविष्य अझ राम्रो रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
समारोहमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुभयो ।
उहाँका अनुसार, मकाउ मातृभूमिमा फिर्ता भएको २५ वर्षमा, केन्द्रीय सरकार र मातृभूमिका रूपमा मुख्य भूमिको बलियो समर्थनमा, विशेष प्रशासनिक क्षेत्रीय सरकारले समाजका सबै क्षेत्रहरूको नेतृत्व गरेर अथक प्रयास गरी मकाउ विशेषतायुक्त ‘एक देश, दुई व्यवस्था’ को व्यवहारले ठुलो सफलता हासिल गरेको छ । मकाउमा ठुलो परिवर्तन हुनुका साथै अन्तर्राष्ट्रिय प्रभाव पनि धेरै बढेको छ ।
मातृभूमिमा फिर्ता भएपछि मकाउबाट हासिल भएको उत्कृष्ट उपलब्धिले विश्वसामु ‘एक देश, दुई व्यवस्था’ को उल्लेखनीय संस्थागत श्रेष्ठता र बलियो जीवनशक्ति भएको प्रमाणित गरेको छ । यो हङकङ र मकाउको दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्नको लागि राम्रो व्यवस्था हो, बलियो देशको निर्माण र राष्ट्रिय पुनत्थानको लागि सेवा गर्ने राम्रो व्यवस्था हो । विभिन्न सामाजिक व्यवस्थाबिच शान्तिपूर्ण सहअस्तित्व र साझा जित सहयोगको लागि यो राम्रो व्यवस्था हो । ‘एक देश, दुई व्यवस्था’ मा निहित शान्ति, सहिष्णु, खुलापन र साझा लाभ मूल्यहरू चीनका हुन् र विश्वका पनि हुन् । यी मूल्य र मान्यताहरू संयुक्त रूपमा संरक्षित हुन योग्य छन् ।
चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका उपाध्यक्ष हौह्वा, हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी ली च्याछाउ, मकाउ विशेष प्रशासनिक क्षेत्रका मनोनीत प्रमुख कार्यकारी छन हाउह्वी, पूर्व प्रमुख कार्यकारी छिव् शआन र मकाउका विभिन्न क्षेत्रका प्रतिनिधिहरू र विशेष अतिथिहरूको उक्त समारोहमा उपस्थिति हुनुभएको थियो ।
सी चिनफिङद्वारा छन हाउह्वैसँग भेट वार्ता
राष्ट्राध्यक्ष सी चिनफिङले २० मा बिहान मकाउमा मकाउ विशेष प्रशासनिक क्षेत्रका नयाँ प्रशासनिक, व्यवस्थापिका र न्यायिक निकायका प्रमुखहरूसँग भेट गर्नुभएको छ । सी चिनफिङले सबैका लागि चारवटा आशा राख्नुभएको छ । पहिलो, समग्र अवधारणा स्थापित गर्ने, देशको आधारभूत हित र मकाउको समग्र हितलाई ध्यानमा राखेर अगाडि बढ्ने र राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको दृढतापूर्वक रक्षा गर्ने, दोस्रो, मध्यम विविध आर्थिक विकासलाई कडाइका साथ प्रवद्र्धन गर्ने, राम्रो व्यापारिक वातावरण सिर्जना गर्ने र मकाउमा स्थिर र शान्तिपूर्ण अवस्था कायम राख्ने, तेस्रो भनेको एकता र सहयोगलाई बलियो बनाउने र चौथो निष्ठा कायम राख्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *