ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
‘धर्मका अधर्महरू’ चुडामणी गिरीद्वारा लेखिएको पुस्तक हो । यस पुस्तकमा सामाजिक कुरीति, चालचलन, दलित र महिलामाथि भएका अन्याय, शोषण र दमनका बारेमा गहन विश्लेषण गरिएको छ । सदियौँदेखि महिलामाथि भएका अन्याय र अत्याचारलाई सरलरूपमा प्रस्तुत गरिएको छ ।
यस पुस्तकमा विप्लव मुख्य पात्र हुन्छ । विप्लव एक ब्राह्मण परिवारको छोरा हुन्छ । ऊ धेरै प्रश्न गर्ने स्वाभावको हुन्छ । उसले आफ्नी आमालाई ‘सधैँ बाबालाई किन ढोग्नुहुन्छ ?’ जस्ता अनेकथरी प्रश्न सोध्ने गर्छ । विद्यालयमा उसका धेरै साथीहरू हुन्छन्, जसमध्ये कविता नेपाली पनि हुन्छिन् । एक दिन विप्लवले आफ्ना सबै साथीलाई आफ्नो घरमा खाजा खुवाउन ल्याउँछ । खाजा खाँदै गर्दा विप्लवका बुबा पनि आइपुग्छन् । एकछिनपछि सबैले आ–आफ्नो परिचय दिँदै जान्छन् र कविताको थर ‘नेपाली’ हो भन्ने थाहा पाएपछि कवितालाई कुटपिट गर्छन् । ‘मेरो घर अशुभ भयो’ भनी सबैसँग कराउँछन् । त्यो दिनबाट विप्लवलाई संस्कृत विद्यालयमा पढ्न पठाउँछन् ।
संस्कृत विद्यालयबाट आठ कक्षा उत्तीर्ण गरेपछि ऊ फेरि घर फर्किन्छ । गाउँको पुरानै विद्यालयमा भर्ना हुन्छ । संस्कृत विद्यालयमा उसले वेद, मनुस्मृतिजस्ता धार्मिक ग्रन्थको मात्र ज्ञान पाएको हुन्छ । तर, गाउँको विद्यालयमा पढ्न थालेपछि उसले सत्यतथ्य शिक्षा पाउँछ । यसले उसले आफ्ना सबै धार्मिक र सांस्कृतिक भेदभाव तथा शोषणसम्बन्धी मनमा उब्जिएका प्रश्नको जवाफ पाउँछ । मनमा उब्जिएका शोषण र भेदभावबारे प्रश्नको जवाफ पाउँछ । यसरी उसले आफ्नो शोषित समाजलाई धर्म, जात, छुवाछूत र भेदभावले ग्रस्त समाजमा सङ्घर्ष गर्न सुरु गर्छ† समाजलाई सत्यको ज्ञान प्रचार गर्ने प्रयास गर्छ । उसले समाजमा अनेकथरी जनचेतनामूलक कार्यक्रम गर्छ, शैक्षिक प्रदर्शनी गर्छ । अन्त्यमा छुवाछूत, भेदभाव, जातभात र महिला विभेदबाट मुक्त समाज निर्माण गर्न सफल हुन्छ ।
यो पुस्तक पढ्दै जाँदा मैले वास्तवमा नेपाली समाजमा महिला कसरी पीडित भएका रहेछन् भन्ने ज्ञान पाएँ । नेपाली समाजमा अझै पनि महिलालाई पुरुषबराबरी अधिकार दिइएको छैन । यो निकै अन्यायपूर्ण व्यवहार हो । यस्तो व्यवहार हुनुमा हाम्रो धर्म, धर्मशास्त्र, पुराण र वेदहरूको प्रमुख दोष छ, जसले महिलामाथि सधैँ कूदृष्टिले हेरे, महिलाको कहिल्यै भलो चाहेन । यी धर्मशास्त्रमा आधारित पुरुषप्रधान समाजले महिलालाई केबल कमजोर र अबला मात्र ठान्यो, महिलाले केही गर्न सक्दैनन् भन्ने भाष्य उत्पन्न ग¥यो । विज्ञानको प्रगतिका हिसाबले यी भाष्य आज म्याद नाघिसकेका भाष्य बनेका छन् । महिला पनि आफ्नो बुद्धि, विवेक प्रयोग गरी आजको विश्वमा एक साहसी र सम्मानित प्राणी बन्न पुगेका छन् । म्याडम क्युरी, अन्ना लुइस स्ट्रङ्ग, क्लारा जेट्किनजस्ता धेरै नारीले भौतिक विज्ञानदेखि साहित्य, राजनीतिजस्ता क्षेत्रमा ठुलो योगदान दिएका छन् ।
हिन्दू धर्मको मनुस्मृतिले भन्छ, “पिता रक्षती कौमार्य, भर्ता रक्षती यौवने, पुत्रो रक्षती वार्धक्ये, न स्त्री स्वतन्त्र मर्हती ।” यसको अर्थ महिलाहरू स्वतन्त्र हुनुहुँदैन । यिनीहरूलाई घरपालुवा जनावरझैँ दाम्लो वा खोरमा बाँधेर राख्नुपर्छ । महिलालाई स्वतन्त्रता दिए बिग्रन्छन्, अभिभावकहरूलाई कलङ्क लगाउँछन् । तसर्थ, धर्मशास्त्र अनुसार महिलाहरू बाँचुञ्जेल पिताको, युवा अवस्था वा विवाहपछि पतिको र वृद्ध अवस्थामा छोराको वशमा हुनुपर्छ । आजको समाज चोरी, भ्रष्टाचार, ठुलठुला गुण्डा डाँकाले भरिएको छ । यी क्रियाकलापमा पुरुषको बढी संलग्नता हुन्छ । के मनुस्मृतिले यहीँ भाँडभैलो देखाउनका लागि पुरुषलाई स्वतन्त्रता दिएको हो ?
आज आफ्नै छोराबाट बाबुका हत्या भएका खबर आइरहेका हुन्छन् । छोराको मासिक लाखौँ तलब भएका बाआमा वृद्धाश्रममा हुन्छन् । कतिपय वृद्धवृद्धाहरू सडकमा मागेर पेट पालिरहेका हुन्छन् । के मनुस्मृतिले यही अवस्था देखाउन पुरुषलाई स्वतन्त्रता दिएको हो ?
अझै नारीले पुरुषलाई सुन्दर वा कुरूप भएर छुट्याउनु हुँदैन । केवल पुरुष हो भन्ने भावनाले मात्र हेर्नुपर्छ किनकि उसको लिङ्ग हुन्छ भनेर मनुस्मृतिमा लेखिएको छ । महिलामाथि यो कस्तो अन्याय र बेइमानी हो ? पानी पिउँदा त छानीछानी पिउनुपर्छ भने जीवनसाथी छनोट गर्दा छुट्याउनु पर्दैन ? स्वतन्त्र जीवनमा पनि अर्काको भरमा बाँच्नुपर्ने कस्तो संहिता हो मनुस्मृति ? महिलालाई दास बनाउने मनुस्मृति यसकारण पनि धर्मशास्त्र नभई पापशास्त्र हो ।
धर्मशास्त्रले मोटी, दुब्ली, पातली, धेरै अग्ली, होची, औँला नभएकी, रौँ भएकी केटीसँग केटाले विवाह गर्नुहुँदैन भन्छे । के यस्तो विशेषता भएकी महिला मानिस होइनन् र ? आखिर के चाहन्छ शास्त्रले महिलाबाट ? मानिस कस्तो छ भनी उसको चरित्र, व्यवहार र सामाजिक क्रियाकलापले छुट्याउँछ । तर, वेदले त शारीरिक बनावटका हिसाबले महिलालाई छुट्याएको छ । के हाम्रो समाजलाई यस्तो धर्मशास्त्रले बाटो देखाउन सक्ला ?
अब पढौँ, हाम्रो घरघरमा पढिने रामायण पुस्तकमा रहेका महिलासम्बन्धी कुविचार र कुव्यवहार । रामायणको युद्धकाण्ड, २९४ भागमा रावण युद्धमा मारिएपछि रामको जीत भयो र विभीषणले लङ्काबाट सीतालाई ल्याउँछन् र रामलाई सुम्पिन्छन् । रामले सीतालाई अस्वीकार गर्दै भन्छन्, “सतीत्व गुमाइसकेकी (सीतालाई) स्वीकार गरिन्न् ।” रामजस्तो ‘आदर्श पुरुष’ ले आफ्नी पत्नी सीतालाई यति सजिलै सतीत्व गुमाएकी भन्नु कत्तिको उचित होला ? सीताले आफूलाई ‘म रामकी दासी हुँ’ भन्छिन् । तर, रामले उनको अग्निपरीक्षा लिन्छन् । अग्निपरीक्षामा सीता उत्तीर्ण हुन्छिन् ।
रामायणको उत्तरकाण्ड, ११६ भागमा रामले अरूको कुरा सुनी सीतालाई चरित्रहीन नारी भनी लक्ष्मणलाई भाउजुलाई परित्याग गर्न आदेश दिन्छन् । लक्ष्मणले सीतालाई यी कुरा सुनाउँदा सीता पटकपटक बेहोस हुन्छिन् । तर, पनि उनी ‘म रामकी दासी हुँ’ भन्छिन् र ‘सधैँ रामको भलो होस्’ भनी कामना गर्छिन् । आखिर रामजस्तो ‘पुरुषमा उत्तम’ व्यक्तिले सीतालाई किन भेदभाग गरे ? किन पटकपटक झूटा व्यक्तिको कुरा सुन्छन् ?
हिन्दू धर्ममा मात्र होइन इसाई धर्मग्रन्थ बाइबलमा ‘ईश्वरको बगैँचामा पापको उत्पत्ति नारीको उत्पत्तिको कारण भएको हो’ भनी लेखिएको छ । आफूले नै जन्माएकी नारीलाई पापको मुहान भन्ने धर्मग्रन्थलाई कसरी नैतिक भन्न मिल्छ ? बाइबलमै ‘म तेरो दुःख र भावनालाई अत्यन्त बृहत् बनाइदिनेछु, तेरो दुःख भनेकै तैँले बच्चा जन्माउनु हुनेछ र तेरो इच्छा–आकाङ्क्षा भनेकै तेरो पति हुनेछ र त्यसले तँमाथि शासन गर्नेछ’ भनी लेखिएको छ । नारीमाथि पुरुषले शासन गर्ने आदेश ईश्वरको हुन्छ भने त्यो ईश्वरलाई पुरुषवादी किन नभन्ने ?
तसर्थ, ‘धर्मका अधर्महरू’ पुस्तकबाट हामीले के बुझ्छौँ भने दलित र महिलामाथि भइरहेको अन्याय, अत्याचार र दमन सबै धर्म र धर्मशास्त्रहरूले सिर्जना गरेका हुन् । धर्मको भुमरीमा परेर हामीले आफ्नो स्वतन्त्रता र पहिचान गुमाउनु हुँदैन । आफूमाथि भएको अन्याय र अत्याचार सहेर बस्नु हुँदैन । समानता, समावेशिता र समतामूलक समाज निर्माण गर्न हामीले सङ्घर्ष गर्नुपर्छ । बदलिँदो समयसँगै सत्य–तथ्यको बाटोमा हिँड्नुपर्छ । काल्पनिक दुनियाँमा निर्भर हुनुहुँदैन ।
Leave a Reply