भर्खरै :

प्योङयाङ टाइम्सको टिप्पणी – संरा अमेरिका : विश्वकै सबैभन्दा ठुलोे मानव अधिकार उल्लङ्घनकर्ता देश

प्योङयाङ टाइम्सको टिप्पणी – संरा अमेरिका : विश्वकै सबैभन्दा ठुलोे मानव अधिकार उल्लङ्घनकर्ता देश

संरा अमेरिकाले आफूलाई ‘मानव अधिकार च्याम्पियन’ दाबी गर्दै विश्वका अन्य देशहरूमाथि गरिरहेको व्यवहारको अन्तर्राष्ट्रिय समुदायबाट कडा निन्दा भइरहेको छ ।
प्यालेस्टिनको गाजापट्टीमा बिनासर्त युद्धविराम र नागरिकहरूको लागि आवश्यक सेवा र मानवीय सहायताको तत्काल व्यवस्था गर्न आह्वान गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावविरूद्ध संरा अमेरिकाले पटक–पटक भिटो प्रयोग गरेको छ । गत वर्ष अक्टोबरमा गाजा सङ्कट सुरू भएयता अमेरिकाले ६ पटक भिटोको प्रयोग गरिसकेको छ । प्रश्न उठ्छ, आखिर किन गाजामा युद्धविराम हासिल गर्नका लागि संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को हरेक प्रस्तावलाई अमेरिकाले अस्वीकार गर्छ ? संरा अमेरिकाको यो कदम इजरायललाई एक साधनको रूपमा प्रयोग गरेर मध्यपूर्वमा प्रभुत्व जमाउने आफ्नो लक्ष्य बिनाअसफलता प्राप्त गर्नको लागि हो ।
यसको लागि अमेरिकाले इजरायललाई गत अक्टोबरदेखि नै ठुलो रकम र विभिन्न किसिमका घातक हतियार उपलब्ध गराउँदै आएको छ र अमेरिका रहेसम्म सुरक्षा सहयोग जारी रहने वाचा गर्दै आएको छ । गत सेप्टेम्बरमा मात्रै यसले इजरायललाई ८.७ अर्ब अमेरिकी डलरको सैन्य सहायता दिएको थियो । अमेरिकाको सहयोगमा इजरायलले गाजामा लगभग हरेक दिन हवाई आक्रमण गरेको छ र शरणार्थी शिविर, विद्यालय र अस्पतालमा समेत बमबारी गरेर ठुलो सङ्ख्यामा निर्दोष बासिन्दाहरूलाई मारेको छ ।
इजरायलले सैन्य कारबाही सुरू गरेदेखि प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४५ हजार नाघेको छ र घाइते हुनेको सङ्ख्या १,०४,२०० भन्दा बढी छ । विशेषगरी, दस हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको छ र ठुलो सङ्ख्यामा अन्य बालबालिका बेपत्ता र अशक्त तथा अनाथ भएका छन् ।
हाल मानव अधिकारको क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको सबैभन्दा जरूरी मुद्दा जीवन र मृत्युको दोधारमा रहेका गाजाका बासिन्दाहरूको जीवनको अधिकारको रक्षा गर्नु हो । तर, अमेरिकाले यसबारे अनभिज्ञता देखाएको छ ।
अन्य देशहरूको सन्दर्भमा, यसले मानव अधिकार प्रस्तावहरू अपनाउने र बनावटी प्रमाणहरूको आधारमा प्रतिबन्ध लगाउने र त्यस्ता जानकारी अन्तर्राष्ट्रिय अदालतमा पेस गर्नेबारे ठुलो चलखेल गर्छ, तर गाजा सङ्कटको बारेमा यो ‘मानव अधिकारको मसिहा’ टुलुटुलु मात्र हेरिरहेको छ ।
बरू, यो हालको विपत्ति प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) द्वारा आतङ्कवादी हमलाको कारण भएको दाबी गर्दै इजरायललाई संरक्षण र संरक्षणमा व्यस्त छ ।
दोस्रो विश्व युद्ध र भियतनाम युद्धको तुलनामा गत एक वर्षमा गाजामा ठुलो सङ्ख्यामा पत्रकार मारिए पनि र ३२० भन्दा बढी मानवीय कार्यकर्ता र १,००० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भए पनि यो इतिहासमै सबैभन्दा ठुलो सङ्ख्या हो । अमेरिकाले अझै पनि यसबारे पनि मौनता साँधेको छ ।
यस्तो अमेरिकी व्यवहारले ‘मानव अधिकार न्यायाधीश’ को रूपमा प्रस्तुत भए पनि मानव अधिकारको संरक्षणमा वास्तवमा चासो नदेखाएको प्रस्ट हुन्छ । आफ्नो स्वार्थअनुसार परिवर्तनशील अमेरिकी शैलीको छनोट र ‘मानव अधिकार’ बारे दुईमुखे धारणा भनेको आफ्नो बर्चस्व खोज्ने नीति कार्यान्वयन गर्ने माध्यम र अरूको आन्तरिक मामिलामा आक्रमण र हस्तक्षेप गर्ने ज्यावलबाहेक केही होइन । तसर्थ, संरा अमेरिकालाई मानव अधिकारको कुरा गर्ने अधिकार छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *