ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
भक्तपुर, ७ पुस । भक्तपुर जगातीस्थित श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा दुईदिने नेतृत्व विकास तालिम नगरकोटमा सम्पन्न भयो ।
समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै सहकारी संस्था आर्थिक मामलामा इमानदार हुनुपर्ने बताउनुभयो ।
संस्था अगाडि बढाउन गलत कार्यको आलोचना र आत्मालोचना जरुरी भएको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “संस्थाले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनुभन्दा पनि देश र जनताको हितलाई प्राथमिकता दिनुपर्छ । नेतृत्व निरन्तर पढिरहने, बुझिरहने, बुझाइरहने जीवनपद्धति र कला हो । नेतृत्वमा अहम्को भावना हुनुहुँदैन ।”
सहकारीकर्मी एवं प्रशिक्षक राजेन्द्र दुमरूले सहकारीको ७ सिद्धान्तमध्ये शिक्षा शिविर र तालिम पनि भएको चर्चा गर्दै सञ्चालक समितिमा निर्वाचित भएपछि ३–४ महिनासम्म विभिन्न तालिमहरू सञ्चालन गरी सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिलाई सशक्त बनाउनु आवश्यक छ भन्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष एवं तालिम उपसमितिका संयोजक कृष्णनारायण मचामसीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष राजाराम गोसाईले तालिमको महत्वबारे प्रस्ट पार्नुभयो ।
कृष्णहरि प्रजापति, श्रीकृष्ण किसी, राजेन्द्र दुमरू र विकल प्रजापतिले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको दुईदिने कार्यक्रमको पहिलो दिन संस्थाका संस्थापक सल्लाहकार लक्ष्मीभक्त कवांले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा प्रमुख प्रशिक्षक कृष्णहरि प्रजापति, सल्लाहकार गणेशराम सुवाल, व्यवस्थापक दिनेश ग्वाछा, तालिम उपसमितिका सदस्य ज्ञानभक्त मचामसीलगायतले तालिमको महत्वबारे बोल्नुभएको थियो ।
Leave a Reply