भर्खरै :

कैलाली र ललितपुरमा स्तालिन जयन्ती

कैलाली र ललितपुरमा स्तालिन जयन्ती

कैलाली, ८ पुस । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा स्तालिन जन्म दिवसको अवसरमा सोमबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले मजदुर र किसानको राज्य व्यवस्था स्थापना गर्ने महान् व्यक्ति स्तालिनको जन्मदिनलाई एक अवसरको रूपमा लिनुपर्ने आवश्यकता औँल्याउँदै देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने नेता–कार्यकर्ताहरू जनताको मनमा सधँै जीवित रहनेछन् भन्नुभयो ।
रमेशकुमार रावलले सोभियत अक्टोबर क्रान्तिका उपलब्धिहरूबारे शिक्षा लिई त्यसबारे नेपाली जनतालाई शिक्षित र सचेत पार्नु अहिलेको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा गुप्तबहादुर शाही, लक्ष्मी पुन, गगनबहादुर थापामगर, प्रेमबहादुर बडुवाल, धनबहादुर थापामगर, ज्योति बडुवाल, जानकी बडुवाल, तारा तिरूवा, लक्ष्मी तारामीमगर र हरिकला विष्टले पनि बोल्नुभएको थियो ।
महालक्ष्मीमा स्तालिन दिवस
नेमकिपा महालक्ष्मी गाउँपालिकाको आयोजनामा विश्व सर्वहारा वर्गका नेता स्तालिन दिवसको अवसरमा सोमबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा ललितपुरका सदस्य महन्त महर्जनले लेनिन र स्तालिनको नेतृत्वमा सोभियत सङ्घमा समाजवादी क्रान्ति स्थापना भएको र उक्त समाजवादी क्रान्तिले विश्वलाई नयाँ सन्देश दिएको बताउनुभयो ।
उत्पादनका मुख्य मुख्य साधन र स्रोत सामाजिकीकरण हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने, योग्यताअनुसारका काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, शोषणविरुद्धको हक हुने, आदर निकेतनको व्यवस्था हुनेलगायत मानिसको जन्मदेखि मरणसम्मको सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था नै समाजवादी व्यवस्था भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्तालिन एक साहसी, सिद्धान्तनिष्ट, कर्तव्यनिष्ट र माक्सर्वादका सच्चा अनुयायी हुनुहुन्थ्यो ।”
कार्यक्रममा केएल महर्जनले एमाले, माओवादी, नेका, मधेशवादी पार्टीले नेपाली कामदार जनतालाई मूर्ख बनाइरहेको हुँदा सचेत हुनु जरूरी भएको बताउनुभयो ।
आसाराम महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा रूपना महर्जन, सीबी महर्जन, इन्द्र महर्जन, बिकी महर्जन र अनिस महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *