भर्खरै :

पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबिच वार्ता

पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबिच वार्ता

इस्लामाबाद, २४ डिसेम्बर (एएनआई) । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबिच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद् भवनमा वार्ता प्रक्रिया सुरु भएको छ ।
जियो न्युजको कार्यक्रममा सरकारी समितिका सदस्य सिनेटर इरफान सिद्दिकीले भन्नुभयो, “जनता देशमा अराजकता र आर्थिक अस्थिरताभन्दा पनि शान्ति र लोकतान्त्रिक मान्यता चाहन्छन् । न्यायिक मामिलामा सरकारको कुनै सरोकार छैन ।”
दुवै समितिको आपसी परामर्शमा आगामी माघ २ गते वार्ता हुने उहाँको भनाइ छ । सिद्दिकीले वार्ता प्रक्रियालाई निरन्तरता दिन दुवै समितिको पुनः बैठक हुने बताउनुभयो ।
दुवै पक्षले वार्तामा बाधा पु¥याउने सार्वजनिक अभिव्यक्तिबाट जोगिन सहमत भएको पनि पुष्टि उहाँले गर्नुभयो ।
“हामी वार्ताको तार्किक निष्कर्ष चाहन्छौँ । हामीले उनीहरूलाई पीटीआईलाई माग बडापत्रको रूपमा प्रस्तुत गर्न भन्यौँ,” उहाँले थप्नुभयो ।
“संवैधानिक र कानुनी विषयमा जानकार वरिष्ठ सदस्य सम्मिलित सरकारी समितिले पूर्व सत्तारुढ दलको माग बुझेर विकल्पमा छलफल गर्नेछ,” उहाँले भन्नुभयो ।
अब्बासले पाकिस्तानको राजनीतिक विवादलाई सम्बोधन गर्न यी वार्ताहरूले प्रदान गरेको अवसरको पूरा फाइदा लिन पनि सरकारलाई आग्रह गर्नुभयो ।
बैठकमा उपप्रधानमन्त्री इशाक दार, प्रधानमन्त्रीका सल्लाहकार राणा सनाउल्लाह र सिनेटर इरफान सिद्दिकीलगायतका प्रमुख व्यक्तित्वहरू सहभागी थिए ।
विपक्षी तर्फबाट राष्ट्रिय सभाका पूर्वसभामुख असद कैसर, सुन्नी इत्तेहाद परिषद्का अध्यक्ष साहिबजादा हमिद रजा र एमडब्ल्यूएमका राजा नासिर अब्बासले प्रतिनिधित्व गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *