सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
व्यापक जनताको हित हेर्ने व्यवस्था समाजवादी व्यवस्था हो । समाजवादी देशहरूले अरु देशको भिक्षा र दानमा होइन आफ्नै खुट्टामा उभेर विकास गरिरहेका हुन्छन् । ती देशका प्रमुखहरू ठुला र शक्तिशाली देशका शासकहरूको धम्की, दबाब र प्रभावमा शासन गर्दैनन् । जस्तोसुकै अभाव, गरिबी र समस्या भोग्नुपरे पनि अनेकौँ चुनौतीसँग जुध्दै शत्रुसामु झुक्दैनन् या दासीजस्तो बन्दैनन् । दीर्घकालीन र सकारात्मक प्रभाव पर्ने अर्थनीति र अर्थतन्त्रको निर्माण गर्नसक्नु नै समाजवादी अर्थतन्त्र हो । समाजवादी अर्थतन्त्र र समाजवादी अर्थनीतिले व्यापक जनताको सुख, सुविधा एवम् काम, माम र कपडाको व्यवस्था गर्नेछ । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र क्युवाजस्ता साना देशका समाजवादी अर्थतन्त्रहरू तेस्रो देशको अर्थतन्त्रभन्दा धेरै अगाडि छन् । देशमा जहिलेसम्म माक्र्सवादी वा प्रगतिशील चिन्तन भएका अर्थशास्त्रीहरूको कमी हुन्छ, तहिलेसम्म देश विकासको उचाइलाई अघि बढाउन सकिँदैन । यसकारण, देशमा जनमुखी अर्थशास्त्रीहरूको खाँचो छ ।
गलत सिद्धान्त र विचारले समाजवादको अस्थायी हार हुन्छ भन्ने कुरा सोभियत सङ्घ टुक्रा भएको घटनाले पुस्टि गरिसकेको छ । सैद्धान्तिक र राजनीतिकरूपले सोभियत सङ्घको पार्टी नेतृत्वमा आएको विचलनले त्यहाँको समाजवादी अर्थतन्त्रमा समस्या आएको हो । आर्थिक विकासका सिद्धान्त, पुँजीवादी र समाजवादी अर्थशास्त्रीका रचनाहरूको अध्ययन र सही मूल्याङ्कनले मात्र आर्थिक असमानता अन्त्य गर्न सक्छ । संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता देशहरू सम्पन्न हुनुको कारण एसिया, अफ्रिका र ल्याटिन अमेरिकी महादेशका विभिन्न मुलुकका प्राकृतिक स्रोत र साधनहरू कब्जा गर्नु हो । देश देश जुधाएर आफ्नो हतियार बिक्री गर्नु हो । अरुलाई लडाएर, हतियार बेचेर धनी भएका देशहरूमा संयुक्त राज्य अमेरिका अग्रस्थानमा छ । पुँजीवादी अर्थतन्त्र या अर्थनीतिले श्रमजीवीवर्गको सेवा हेर्दैन बरु दमन र शोषण गर्छ; लुट्छ । यसकारण, समाजवादी व्यवस्था देशको निम्ति आवश्यक छ ।
समाजवादी अर्थतन्त्रले योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको सिद्धान्तलाई व्यवहारमा ल्याउँछ । त्यस्तो व्यवस्थामा शोषण र दमन हुँदैन† लुटपाट हुँदैन । पुँजीवादी अर्थतन्त्रले सीमितवर्गको हैकम जमाउँछ; श्रमजीवी जनताको हित हेर्दैन । देशको स्वतन्त्रता र मुक्तिको निम्ति लड्ने क्रान्तिकारी नेता, कार्यकर्ता तथा देशभक्तहरूको योगदान सर्वसाधारण जनताले कहिले पनि बिर्सने छैनन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपालमा जुन दलको नेतृत्वमा सरकार चले पनि त्यो सच्चा कम्युनिस्ट पार्टी होइन । नेपालजस्ता विदेशी शक्ति राष्ट्र या अझ विस्तारवादी र साम्राज्यवादीजस्ता देशहरूको पछि लागेसम्म न देशले स्वतन्त्रताको अनुभूति पाउँछ न त आत्मनिर्भर बनाउने प्रयास नै गर्छ । ती देशका प्रमुखहरू आफ्नै देशको खुट्टामा उभेर काम गर्न चाहँदैनन्; चाहिरहेका छैनन् । विदेशी सहयोगकै भरमा देश चलाएर विकास खोज्ने दास मानसिकताले देश विकास सम्भव छैन । विदेशीको सहायताले मुक्त भएका देशहरू पछि पछिसम्म विदेशीकै उठबसमा बस्नुपर्ने बाध्यता हुन्छ ।
देश र जनताको सुख, शान्ति, समृद्धि र समुन्नत समाजको निम्ति एक आदर्श राज्य व्यवस्थाको खाँचो हुन्छ । देशलाई उँभो लगाउन राम्रो दिशा निर्देश गर्न सक्ने दल, दलका नेता, दार्शनिक या चिन्तकको खाँचो हुन्छ । नेपालमा आमूल परिवर्तन नहोस् भनेरै प्रतिक्रियावादी, पुँजीवादी, षड्यन्त्रकारी तथा जालीफटाहाहरू अनेक षड्यन्त्र बुन्छन्, बुनिरहेका छन् । ती जालीफटाहा र षड्यन्त्रकारीहरूको लहैलहैमा लागेमा देश जहिल्यै पछिको पछि पर्छ । त्यसकारण, क्रान्तिको निम्ति क्रान्तिकारी पार्टी आवश्यक भएको हो । पार्टी कार्यकर्ताहरू क्रान्तिका अग्रदूत हुन् । पार्टी कार्यकर्ता भएन भने क्रान्ति सम्भव छैन । भनिन्छ, पार्टी कार्यकर्ता देश र जनताका आँखा र कान हुन् । सिद्धान्त र विचार जनतामाझ पु¥याउन, आन्दोलनको निम्ति पूर्वाधार तयार गर्दै अघि बढ्न क्रान्तिकारी कार्यकर्ता आवश्यक छ । देशका हरेक कम्युनिस्ट पार्टीले त्यस्तै क्रान्तिकारी नेता र कार्यकर्ता तयार गर्नुपर्ने देशको आवश्यकता हो ।
चिनियाँ नेता माओ त्सेतुङले भनेका थिए, “क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीबिना यहाँ क्रान्ति असम्भव छ ।” पुँजीवादी व्यवस्थामा टाँसेर, पुँजीवादी व्यवस्था अँगालेर या पुँजीवादी व्यवस्थाको सरकारमा सामेल भएर देशमा समाजवादी क्रान्ति सम्भव छैन । पुँजीवादी व्यवस्था नफालिकन देशमा समाजवादी व्यवस्था स्थापना हुँदैन । पुँजीवादी व्यवस्थाको नेतृत्व गरेर समाजवादी स्थापनाका पूर्वाधारहरू तयार हुँदैन । पुँजीवादी सरकारको नेतृत्व गरेर आफूलाई कम्युनिस्ट भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय दिन पछि नपर्ने शासकहरू कम्युनिस्ट पार्टी बलियो बनाउन, कम्युनिस्ट आन्दोलन अघि बढाउन लागेका होइनन्, लागिरहेका छैनन् । कम्युनिस्ट पार्टीको हवाला दिएर कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार लुकाएर देशमा कसरी कम्युनिस्ट आन्दोलन अघि बढ्छ ? पुँजीवादी व्यवस्थाको पक्षपोषण गरेर देशमा कसरी समाजवादी स्थापना हुन्छ ?
माक्र्सवाद र लेनिनवादलाई मार्गनिर्देशक मान्ने कम्युनिस्ट भनिएका शासक नेताहरूले कहिले पनि वर्गसङ्घर्षको कुरा गरेका छैनन्; वर्गसङ्घर्षको बाटो रोजेका छैनन् । वर्गशत्रु परास्त गर्न वर्गसङ्घर्ष नगर्ने दल के कम्युनिस्ट हुन्छ ? के देशको वर्गशत्रु कसैले फुमन्तर गरेर अन्त्य हुन्छ ? त्यसकारण, वर्गशत्रु अन्त्य गर्न वर्गसङ्घर्षको खाँचो छ ।
Leave a Reply