जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
दोस्रो विश्व युद्ध र आक्रामकहरूको हार
आपसमा आक्रमण नगर्ने सन्धिलाई भङ्ग गरेर २२ जून, १९४१ को दिन हिटलरी जर्मनले रुसमाथि अचानक धावा बोल्यो† १० दिनभित्र लिथुआनिया, लातभिया, बेलोरसिया र युक्रेनको पश्चिमी भाग कब्जा गर्यो । ३० जूनको दिन सर्वोच्च सोभियतको अध्यक्षमण्डल, पार्टीको केन्द्रीय समिति र मन्त्रिपरिषद्को बैठकले सर्वशक्ति सम्पन्न ‘राज्य सुरक्षा समिति’ गठन ग¥यो । स्तालिन त्यसको अध्यक्ष मनोनीत गरिनुभयो । हजारौँ टैङ्क हवाईजहाजहरूले सुसज्जित १७० डिभिजन आक्रमक सेनाको हमलाबाट आफ्नो देशलाई जोगाउन ३ जुलाई १९४१ को दिन स्तालिनले सोभियत जनता, लालसेना र जलसेनालाई बहादुरीपूर्वक लड्न रेडियोबाट आह्वान गर्नुभयो । उहाँले हिटलरको विरोधमा अरु पीडित देशका जनतासँग संयुक्त मोर्चा हुने भविष्यवाणी गर्नुभयो । १२ जुलाईको दिन जर्मनविरोधी लडाइँमा मिलेर लड्न बेलायत र रुसको बिचमा एक सम्झौता भयो । ११ जुलाईको दिन स्तालिन जनरक्षाको सर्वोच्च सेनानायक चुनिनुभयो ।
हिटलर मस्को र लेनिनग्राड जबरजस्ती कब्जा गर्न चाहन्थ्यो । रुसी जनताको निम्ति यो एक हाँक र नैतिक प्रश्न थियो । स्तालिनको निर्देशनमा सोभियत जनता सारा नगर र गाउँले इलाकामा स्वयम्सेवक र गुरिल्ला दलमा सङ्गठित हुन थाले । १९४२ जूनमा संरा अमेरिकाले पनि आक्रमणविरोधी लडाइँ लड्न रुससँग एक सम्झौता ग¥यो । इटाली र जर्मनीको विरोधमा बेलायत, रुस र संरा अमेरिका एक भए । ७ नोभेम्बर १९४२ मा स्तालिनले भन्नुभयो, “शत्रुले लालसेनाको प्रहार सहने दिन टाढा छैन, हाम्रो पनि पालो आउँदै छ ।” लाखौँ लाख मजदुरहरू र सहकारी खेतीका किसानहरूले हातहतियार र अन्न उत्पादन गरेर सेनालाई मद्दत गरे । स्तालिनको आदेश पाएर लालसेनाले स्तालिनग्राडमा धावा बोल्यो र ३ लाख जर्मनी सेना घेरामा पा¥यो । लालसेनाको आश्चर्यजनक विजयले जर्मनीको हार सुरु भयो ।
संसारका मजदुर आन्दोलनको सङ्घ ‘तेस्रो अन्तर्राष्ट्रिय’ ले विश्वव्यापी सर्वहारा आन्दोलनलाई अगाडि बढाउन ठुलो योगदान गर्दै थियो । त्यसले आफ्नो ऐतिहासिक काम पूरा गरिसकेको हुनाले अन्तर्राष्ट्रिय कार्य समितिको अध्यक्षमण्डलको निर्णयअनुसार १९४३ मईमा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको केन्द्रको रूपमा त्यसलाई स्तालिनले विघटन गर्नुभयो ।
स्तालिनको नेतृत्वमा लाल सेनाले एकपछि अर्को विजय पाउँदै गयो । लाल सेनाले उत्तरी अफ्रिका र इटालीसँगको सङ्घर्षमा मित्र शक्तिलाई मद्दत गर्यो । मित्र शक्तिले जर्मनीको लडाइँसम्बन्धी औद्योगिक केन्द्रहरूमाथि बम वर्षा गर्यो । त्यसले जर्मनीको मुख्य मित्र इटाली सैनिक र राजनैतिकरूपले खतम भयो र १९४३ सेप्टेम्बरमा इटालीले बिनासर्त आत्मसमर्पण ग¥यो । यसले हिटलर एक्लियो । १९४३ नोभेम्बरमा इरानको राजधानी तेहरानमा स्तालिनले संरा अमेरिकाको राष्ट्रपति र बेलायतको प्रधानमन्त्री भेट्नुभयो र जर्मनीको विरोधमा संयुक्तरूपले लड्ने निर्णय गराउनुभयो । यस भेटघाटले आपसमा लडाउने शत्रुको जालझेल ध्वस्त भयो । १९४३ को डिसेम्बरमा स्तालिन आफैँ ज्यासल र कारखानाहरूमा जानु भई मजदुरहरूको काम गर्ने भावनालाई उत्साहित गर्नुभयो । युद्धको बेलामै पूर्वी इलाकामा २,२५० भन्दा बढी नयाँ नयाँ कारखानाहरूको निर्माण गरियो र उत्पादन कार्य चालु राखियो । सोभियत सेनाले स्तालिनको रणनीतिअनुसार १० पटक हमला गरेर रुसको भूमिलाई मुक्त गर्यो र १९४४ मा रुमानिया, फिनल्यान्ड र बुलगेरियामा धावा बोल्यो र आत्म–समर्पण गरायो । तिनीहरूले पनि आफ्नो पहिलो मित्र जर्मनीमाथि हमला गरे । हङ्गेरी घुँडा टेक्ने अवस्थामा पुग्यो । अब जर्मनी एक्लो भयो । जुलाईमा बेलायत र मित्र सेनाले जर्मनीको कब्जामा रहेको उत्तरी फ्रान्समा धावा सुरु गर्यो, जर्मनी बिचमा पर्यो । १९४४ जुलाईसम्ममा लालसेनाले आफ्नो भूमिलाई मुक्त गर्यो । रुसी इलाकामा ८० लाख जर्मनी आक्रमक सेना मारिए, एक लाख ६० हजार तोप र ६२ हजार हवाईजहाज र ५५ हजार टैङ्क ध्वस्त भयो वा सोभियत सेनाले कब्जा गर्यो ।
१९४५ फेब्रुअरीमा रुस, संरा अमेरिका र बेलायतका नेताहरूको सम्मेलन क्रिमियामा भयो । स्तालिनले त्यस सम्मेलनमा भाग लिनुभयो र पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिरबाट शत्रुमाथि धावा बोल्ने टुङ्गोमा पु¥याइदिनुभयो । सम्मेलनको निर्णयअनुसार लालसेनाले जापानमाथि धावा बोल्यो, जनवरी र फेब्रुअरीमा लालसेनाले पोल्यान्ड र चेकोस्लाभाकियालाई मुक्त ग¥यो र हङ्गेरीमाथि प्रहार ग¥यो । २३ फेब्रुअरी १९४५ को दिन लालसेनाको २७ औँ वर्ष दिन थियो । त्यस सुअवसरमा स्तालिनले भन्नुभयो, “जर्मनीमाथि अन्तिम विजय नजिकिँदै छ ।” लालसेनाले अष्ट्रियाको राजधानी मियना कब्जा ग¥यो† पूर्वी प्रशियासँग अलग्ग गरिदियो र जर्मनीको औद्योगिक इलाका, सिलेसिया कब्जा गर्यो । स्तालिनले आह्वान गर्नुभयो, “बलिनमा झन्डा गाड्यो ।” २ मई १९४५ को दिन लालसेनाले बर्लिन कब्जा ग¥यो र विजयको रातो झन्डा गाड्यो । ८ मई १९४५ को दिन जर्मनीको माथिल्लो कमानले बिनासर्त घुँडा टेक्यो । ९ मई १९४५ को दिनलाई सोभियत जनताको महान्् देशभक्तिपूर्ण युद्धको विजयको दिन घोषणा गरियो । त्यस ऐतिहासिक दिनमा स्तालिनले जर्मनी साम्राज्यवादमाथि रुसी जनताको विजयमा आफ्ना प्यारा देशवासीहरूलाई बधाई दिनुभयो । जर्मनीको आक्रमणले गर्दा १७ सय रुसी नगर र बस्ती ध्वस्त भयो, ७० हजार गाउँ धुलो भयो, ३२ हजार कलकारखाना नास भयो, ६५ हजार किलोमिटर रेलको बाटो बिग्रियो, १ लाखभन्दा बढी सामूहिक खेती र मेसिन, ट्रयाक्टर राख्ने गोदामहरू लुटियो । हजारौँ स्कूल, कलेज, अस्पताल माटो भयो र २ करोड ५० लाख जनता घरबारविहीन भए ।
रुस, संरा अमेरिका र बेलायतको त्रिपक्षीय सम्मेलनमा भाग लिन स्तालिन १६ जुलाईको दिन बर्लिन पुग्नुभयो । १७ जुलाईदेखि २ अगस्तसम्म भएको सम्मेलनले जर्मनी, अस्ट्रिया र पोल्यान्डबारे छलफल ग¥यो । जापानले आत्मसमर्पण गरिसकेको थिएन । उसले चीनसहित सारा पूर्वी एसियामा कब्जा जमाइराखेको थियो । चीन, कोरिया, भियतनाम, लावस, कम्बोडिया, इन्डोनेसिया, मलाया, थाइल्यान्ड, बर्मा, भारत आदि सम्पूर्ण पूर्वी एसियाली देशका जनता जापानी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै थिए । ती मुक्ति आन्दोलनले विजय पाउँदै गइरहेको थियो । त्यस क्रान्तिकारी परिरिस्थिति देखेर संरा अमेरिका तर्सन लाग्यो र युद्धलाई आफ्नो पक्षमा फेर्न उसले ६ अगस्त १९४५ को दिन जापानको हिरोसिमा र नागासाकीमा एटम बम खसालेर हजारौँ जनताको हत्या गरिदियो र लाखौँ जनतालाई घाइते तुल्यायो । संरा अमेरिकाको यो एक अपराध थियो । २ सेप्टेम्बर १९४५ मा जापानी साम्राज्यवादले आत्मसमर्पण ग¥यो ।
मुक्तिदाता र विजयी स्तालिन फेरि निर्माणमा
स्तालिनले रुसी जनताको महान्् देशभक्तिपूर्ण लडाइँको नेतृत्व गर्नुभयो र समाजवादी मातृभूमिलाई मुक्त गर्नुभयो । स्तालिनको सर्वहारा अन्तर्राष्ट्रवादी नीतिले गर्दा त्यो विजय रुसी जनतामा मात्रै सीमित भएन । अलवानिया, बुलगेरिया, पूर्वी जर्मनी, हङ्गेरी, पोल्यान्ड, चेकोस्लाभाकिया, रुमानिया र युगोस्लाभाकियाका जनताले पनि जनताको प्रजातान्त्रिक गणतन्त्रको स्थापना गर्न पाए । ती देशका मजदुर र किसानहरू मिलेर पुँजीपति र जमिनदारवर्गको शासनलाई उखेलेर फाल्न सफल भए ।
युद्धबाट ध्वस्त भएको देशलाई फेरि निर्माण गर्नु युद्धभन्दा गा¥हो काम थियो । ध्वस्त भएको खेती, उद्योग, बिजुली, यातायात, स्कूल, कलेज, अस्पताल र जनताको बस्ने घरलाई मर्मत र निर्माण गर्नुमात्रै होइन, युद्धभन्दा पहिलेको स्थितिबाट देशलाई सबै क्षेत्रमा अरू अगाडि बढाउनु पनि आवश्यक थियो । दासता र युद्धबाट भर्खर मुक्त भएका देशहरूलाई पनि सहयोग दिने अन्तर्राष्ट्रिय कर्तव्य रुससँग गाँसिएको थियो । यसकारण, पार्टीको केन्द्रीय समिति र स्तालिनले पाँचौँ पाँचवर्षीय योजना (१९४६–१९५०) को तर्जुमा गर्नुभयो । कृषि, उद्योग, बिजुली, यातायात, खानी, शिक्षा र संस्कृतिसमेतको विकासलाई छिट्याउन स्तालिनले लाखौँ नयाँ नयाँ कार्यकर्ताहरूलाई ‘क्रान्तिकारी र खप्पिस’ बनाउने तालिम दिने नीति लिनुभयो । उहाँको त्यस बुद्धिमत्तापूर्ण नीतिले गर्दा छिट्टै सबै क्षेत्रमा राम्रो प्रगति भयो । १९४६ मा सोभियत रुसले आफ्नो पहिलो एटम बम परीक्षण गर्यो र १९५३ मा हाइड्रोजन बम परीक्षण गर्न चाँजोपाँजो मिलाइयो । यसले संरा अमेरिकाको आणविक हतियारमा भएको एकलौटीको हाँकधाकलाई टुक्राइदियो । आक्रामक साम्राज्यवादीहरूलाई यो एक ठुलो जवाफ थियो । शान्तिप्रिय र न्यायप्रिय जनताको निम्ति यो ठुलो आड भरोसा बन्यो ।
१९५० सम्ममा अथवा युद्धपछिको पहिलो पाँचवर्षीय योजनामा ६ हजारभन्दा बढी औद्योगिक संस्थानहरूलाई मर्मत र निर्माण गरियो । उत्पादन युद्धभन्दा पहिलेको दाँजोमा ७५ प्रतिशत बढ्यो । १९४० को दाँजोमा १९४८ भित्र खेतीमा दुई गुणा बढी ट्राक्टर र चौगुणाभन्दा बढी मेसिनहरू उपलब्ध गराइयो । ४–५ वटा स–साना सामूहिक खेती मिलाएर २–३ हजारभन्दा बढी हेक्टर खेत भएको ठुलठुला सामूहिक खेती सङ्गठित गरियो । २७ लाख घरविहीन जनतालाई बसोबास गर्न ४० लाखभन्दा बढी बस्ने घरकोठा बनाइयो । पशुधनमा पनि ठुलो विकास गरियो ।
सोभियत सङ्घ स्तालिनको बुद्धिमत्तापूर्ण नेतृत्वमा राजनैतिक र आर्थिकरूपले बलियो हुँदै गयो । स्तालिनको सोभियत सङ्घ साम्राज्यवादविरोधी एक ठुलो शक्तिमा फेरियो । त्यसैले साम्राज्यवादी र उपनिवेशवादी शक्तिहरूको विरोधमा मुक्ति र स्वतन्त्रताको निम्ति सङ्घर्ष गरिरहेका एसियाली जनताको निम्ति सोभियत सङ्घ मानसिक र भौतिक शक्तिको प्रेरणा स्रोत साबित भयो । चीन, भियतनाम, कोरिया, इन्डोनेसिया, बर्मा, भारत, लङ्का आदि एसियाली देशका जनताले मुक्ति र स्वतन्त्रता पाउँदै गए ।
रुस विभिन्न जाति र भाषाभाषी जनताको एक विशाल देश हो । त्यहाँ जातीय र भाषासम्बन्धी अनेक समस्या र प्रश्नहरू उठिरहनु स्वाभाविक थियो । प्रगतिशील विचार राख्नेहरूमा समेत भाषासम्बन्धी अनेक खोटा विचारहरू बाँकी नै थियो । यसकारण, स्तालिनले १९५० जुलाई महिनामा भाषासम्बन्धी प्रश्न र समस्याहरूबारे माक्र्सवादी उत्तर र समाधानहरू दिनुभयो । रुस पहिलो समाजवादी देश थियो । पुँजीवादी समाजमा कहिले देखा नपरेका र नसुल्झिएका प्रश्नहरू रुसमा देखापरे । यसकारण, १९५१ मा समाजवादी आर्थिक समस्याहरूबारे रुसमा छलफल सुरु भयो । १९५२ सेप्टेम्बर महिनामा स्तालिनले बडो प्रभावशाली ढङ्गले समाजवादी अर्थतन्त्रको नयाँ समस्याहरूको समाधान गरिदिनुभयो । यो संसारको निम्ति एक नौलो र व्यावहारिक खोजबिन थियो । उहाँले आफ्नो देश र समाजवादको अर्थ व्यवस्थाको जगलाई बलियो र विकास गर्न अर्थतन्त्रको हरेक क्षेत्रमा यान्त्रीकरण र बिजुलीकरण गर्ने नीति लागु गर्दै जानुभयो । त्यसबेला संरा अमेरिकी साम्राज्यवादको नेतृत्वमा सबै साम्राज्यवादी प्रतिक्रियावादीहरू एक भएर फेरि कोरियामा लुटपाट र डकैती गर्न थाले । कोरियालाई आधार बनाएर चीन, रुस र सम्पूर्ण एसियामा फेरि साम्राज्यवादी दासताको जाल फैलाउन १९४० देखि नै अमेरिकाले दक्षिण कोरियामा आफ्नो सेना उतारे । पूर्वी एसियामा फेरि युद्धको परिस्थिति देखापर्यो, अमेरिकाले उत्तर कोरियामाथि चौतर्फी हमला सुरु गर्यो । रासायनिक र किटाणु युद्धजस्ता अपराधहरू सुरु ग¥यो । कोरियाली जनताले बहादुरीपूर्वक अमेरिकी साम्राज्यवादी आक्रमणको विरोधमा सङ्घर्ष गरे । सर्वहारा अन्तर्राष्ट्रवादी सिद्धान्तको एक उज्ज्वल नमुनाको रूपमा चिनियाँ जनताका स्वयंसेवकहरू कोरियाली जनतासँग मिलेर अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षमा सामेल भए । १९५२ अक्टोबर महिनामा रुसी कम्युनिस्ट पार्टीको १६ औँ महाधिवेशन भयो । त्यस महाधिवेशनमा ४४ कम्युनिस्ट र मजदुर पार्टीहरूको प्रतिनिधि पाहुनाहरू उपस्थित थिए । महाधिवेशनले सम्भावित तेस्रो विश्वयुद्धको खतरा र सोभियत सहायताको महत्वबारे छलफल ग¥यो । हिन्द–चिनी जनता पनि फ्रान्सेली साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै थिए । महाधिवेशनले साम्राज्यवादविरोधी कोरियाली र भियतनामी जनताको सङ्घर्ष र शान्तिको पक्षमा आवाज उठाउने र लोकमत तयार गर्नेबारे छलफल ग¥यो । राष्ट्रिय अर्थतन्त्रको विकास र अन्तर्राष्ट्रिय परिस्थितिको हिसाबले त्यो महाधिवेशन सा¥है महत्वपूर्ण थियो ।
स्तालिनले एकपछि अर्को घरेलु र अन्तर्राष्ट्रिय नीतिहरू लागु गरी समाजवादलाई बलियो र क्रान्तिलाई अगाडि बढाउँदै जानुभयो । तर, देशी र विदेशी शोषकवर्ग अनेक षड्यन्त्रमा लागेकै थिए । स्तालिन ती षड्यन्त्रहरूको विरोधमा रुस र संसारका मजदुरवर्गलाई बाटो देखाउँदै जानुभयो । मजदुरवर्गको मुक्तिको निम्ति सङ्घर्ष गर्दा गर्दै स्तालिन ७४ वर्षको परिपक्व अवस्थामा पुग्नुभयो । शारीरिकरूपले कमजोर हुँदै गए पनि समाजवादको निर्माण र कामदार जनताको मुक्ति सङ्घर्षबारे नथाकिकन जीवनभर काम गर्दै रहनुभयो । ५ मार्च, १९५३ को दिन स्तालिन ध्यानमग्न अवस्थामै सदाको निम्ति संसारबाट अस्ताउनुभयो ।
९ मार्च, १९५३ को दिउँसोको बा¥ह बजेको थियो । रुसी क्रान्तिको धुन बजिरहेको थियो । रुसका सारा मजदुर, किसान र क्रान्तिकारी जनता आफ्नो महान् राष्ट्रपिताको शोकमा डुबेका थिए । पार्टीको केन्द्रीय समितिका साथीहरूले आफ्ना महान् गुरूको भौतिक शरीरलाई समाधि मण्डपमा सजाए र आफ्ना महान् नेतालाई अन्तिम सलामी चढाए । सोभियत कम्युनिस्ट पार्टीले आफ्नो महान् सिद्धान्तकार, रणनीतिज्ञ, माक्र्सवादका उत्तराधिकारी र लेनिनवादका एक संस्थापकको अन्तिम सलामीमा घोषणा ग¥यो, “स्तालिनको अमर नाउँ सोभियत जनता र सारा प्रगतिशील मानवजातिको हृदयमा सदा ताजा रहनेछ ।”
हङ्गेरीका जनताले आफ्नो सहयोद्धा र मुक्तिदाता स्तालिनको सम्झना सदा ताजा राख्न उहाँको २० हात अग्लो सालिक मूर्तिमान गरे । चेकोस्लोभाकियाली जनताले पनि आफ्ना महान् अन्तराष्ट्रवादी सहयोद्धा र मुक्तिदाताको ५६ हात अग्लो सालिक प्रागको लिना पहाडमा स्थापना गरेर आफ्नो सम्मान व्यक्त गरे । संसारका सबै सर्वहारावर्ग, दलितपीडित र विवेकशील जनताले शोकलाई बलमा फेरेर साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवाद, शोषण, दमन र अत्याचारको विरोधमा सङ्घर्ष गर्ने सङ्कल्प गरे । संसारका सच्चा माक्र्सवादी–लेनिनवादीहरूले स्तालिनको शिक्षाअनुसार संशोधनवादको विरोधमा सङ्घर्ष गर्ने महान् झन्डालाई अझमाथि उचाल्ने प्रतिज्ञा गरे । नेपाली जनताले पनि स्तालिनको शोक सभा र प्रदर्शन गरी आफ्ना अन्तर्राष्ट्रवादी साथी र गुरूलाई अन्तिम सलामी चढाएका थिए ।
स्तालिनको व्यक्तित्व
स्तालिनको जीवनकालमै पाब्लो नेरूदा, नाजिय हिक्मतजस्ता संसारका अनेक ठुला–ठुला कवि र गीतकारहरूले एक महान् सर्वहारा अन्तर्राष्ट्रवादी लडाकुको रूपमा स्तालिनको प्रशंसामा कविता र गीतहरू लेखेका थिए । संसारका थुप्रै लेखक र ग्रन्थकारहरूले पनि उहाँको प्रशंसामा थुप्रै लेख र किताबहरू लेखेका थिए । तर, उहाँ भने आफ्नो बढाई टक्कै गर्नु हुन्नथ्यो र लेनिनको जाज्वल्यमान प्रतिभाबारे बयान गर्नुहुन्थ्यो । एक जर्मनी लेखक इमिल लुडविगसँगको छलफलमा आफ्नोबारे स्तालिनले भन्नुभएको थियो, “म त लेनिनको शिष्यमात्रै हुँ र म उहाँको योग्य शिष्य बन्ने उद्देश्य राख्छु ।” स्तालिनको नम्रताको यो एक उज्ज्वल उदाहरण हो । उहाँ साँचो अर्थमा मजदुरवर्गको असल शिष्य र महान् गुरु हुनुहुन्थ्यो । उहाँ किसानवर्गका सहयोद्धा र उद्धारक हुनुहुन्थ्यो । आत्मप्रशंसा, घमण्ड, फाइँफूर्ति, नाउँ चलाउने वा प्रकाशमा आउनेजस्ता वैगुणलाई उहाँ आगोले पोलेको जत्तिकै पन्छाइ दिनुहुन्थ्यो । हाँसो मनपर्ने र विषयवस्तुमाथि गम्भीररूपले अध्ययन गर्ने उहाँको सरल स्वभाव थियो । निःस्वार्थरूपले क्रान्तिको सेवा गर्ने उहाँ एक महान् आदर्श हुनुहुन्थ्यो । उहाँले आफ्नो जहानबच्चा, घरखेत, सम्पत्ति र स्वार्थ सबै क्रान्तिसँग गाँसी दिनुभएको थियो ।
१९०४ जूनमा उहाँले एकातेरिना स्भानिद्जी नाउँ गरेकी एक सरल जार्जियाली केटीसँग बिहे गर्नुभएको थियो । उहाँ त्यसबेला २५ वर्षको तरुण हुनुहुन्थ्यो । स्भानिद्जी स्तालिनलाई सा¥है माया गर्थिन् । तीन वर्षपछि अर्थात् १० अप्रिल १९०७ को दिन तिनी जाकोभ भन्ने एक छोरो छोडेर खसिन् । जाकोभ आफ्नै हजुरआमा (बज्यै) को हेरचाहमा हुक्र्यो । जाकोभ पछि सेनामा भर्ती भयो । हिटलरी जर्मनीसँगको देशभक्तिपूर्ण सङ्घर्षमा जाकोभलाई जर्मनी सेनाले बन्दी बनायो । भनिन्छ, हिटलर जाकोभलाई रुसमा बन्दी बनाइएका जर्मनी सिपाहीँहरूसँग साटफेर गर्न चाहन्थ्यो । तर, स्तालिनले आफ्नो छोरो वा व्यक्तिगत स्वार्थको निम्ति देशभक्तिपूर्ण सङ्घर्षमा आँच आउने त्यस्तो प्रस्तावलाई अस्वीकार गरिदिनुभयो ।
१९१९ मार्च महिनामा स्तालिनले नादेज्दा आलिस्युइया भन्ने एउटी केटीसँग दोस्रो विवाह गर्नुभयो । त्यसबेला उहाँ ४० वर्षको हुनुहुन्थ्यो । नादेज्दा आलिस्युइया एक भर्खरकी तरुणी थिइन् र उनी स्तालिनकै जार्जियाली साथी सेर्गो आालिस्युइयाकी छोरी थिइन् । नादेज्दा आलिस्युइयाको कोखबाट १९१९–२० तिर छोरो भासिली र १९२५ मा छोरी स्वेतलाना जन्मे । छोरो भासिली पछि एक सैनिक अफिसर बन्यो र छोरी स्वेतलाना स्तालिनको मृत्युपछि विदेश लागिन् । १९३२ मा नादेज्दा आलिस्युइया खसिन् । तर, स्तालिनले क्रान्ति र पार्टीको सट्टा आफ्ना जहान बच्चा र घरखेतलाई अँगालेर बस्नुभएन । सिद्धान्तको ठाउँमा उहाँले नातालाई कहिले महत्व दिनुभएन । यस अर्थमा उहाँ निःस्वार्थी भावनाको एक उदाहरण र मूर्ति हुनुहुन्थ्यो ।
स्तालिन एक लेनिनवादी हुनुहुन्थ्यो । मजदुर आन्दोलन, सैद्धान्तिक सङ्घर्ष, सशस्त्र सङ्घर्ष र समाजवादी निर्माणजस्ता सबै अग्निपरीक्षाबाट उहाँ खारिनुभएको थियो र देशभक्तिपूर्ण सङ्घर्षमा उहाँले एक समाजवादी देशलाई विजयसम्म पु¥याउनुभएको थियो । एक पछाडि परेको खेतीवाल देशलाई उहाँले अगाडि बढेको एक समाजवादी औद्योगिक देशमा फेरिदिनुभयो । बेलायतले ३ सय वर्ष लगाएर गरेको प्रगति, अमेरिकाले २ सय वर्ष लगाएर गरेको विकास र फ्रान्सले १५० वर्ष लगाएर हासिल गरेको ज्ञानलाई स्तालिनले ३०–४० वर्षभित्र गर्न सक्ने बनाइदिनुभयो । उहाँ क्रान्ति र समाजवादका शत्रुहरूलाई सा¥है घृणा गर्नुहुन्थ्यो र सैद्धान्तिक वा व्यावहारिक हरेक सङ्घर्षमा उहाँ ज्यानको वास्तै नगरी मोहडामै बसेर बढ्नुहुन्थ्यो । सिद्धान्त र उद्देश्यप्रति अटल, व्यवहारमा सा¥है परिपक्व, मजदुर, किसान र जनतासँग नङ र मासु जत्तिकै एक हुनसक्ने उहाँमा आश्चर्यजनक गुण थियो । अति उल्झिएको समस्याबारे समेत ठिक्क उपाय बताउन सक्ने, ठुलठुला आपत्तिको समयमा समेत नआत्तिई धैर्यपूर्वक काम गर्न सक्ने, जस्तोसुकै कष्ट भोग्न तयार रहने, रातदिन काम गर्न सक्ने र सङ्घर्षबाट नथाक्ने उहाँको गजबको स्वभाव थियो । सिद्धान्त, विदेश नीति, स्थानीय शासन, साहित्य, कला, सहकारी खेतीका आदर्श नियमहरू, लडाइँका सिद्धान्तहरू, ऐनकानुन, पत्रपत्रिका आदि सबै विषयमा उहाँले त्यतिकै राम्रोसँग कलम चलाउनुहुन्थ्यो । उहाँको काम गर्ने शक्ति, पार्टी र जनताप्रतिको विश्वास र भक्ति अपार थियो । जनतासँग उहाँ गुलावजस्तै नरम हुनुहुन्थ्यो भने शत्रुसँग उहाँ बज्रभन्दा कठोर हुनुहुन्थ्यो । जिद्दी र एकोहोरोपन, घमण्ड र देखावटीपन, फलाको र उत्ताउलापनजस्ता वैगुणलाई उहाँ सा¥है घृणा गर्नुहुन्थ्यो । हावादारी कुरा गर्ने रून्चे र डरछेरुवाहरूलाई उहाँ मन पराउनु हुन्नथ्यो ।
सोभियत जनताको आँखामा स्तालिन वीरताको मूर्ति र देशभक्तिको उदाहरण हुनुहुन्थ्यो । जर्मन र जापानको आक्रमणको विरोधमा लड्दा सोभियत पैदल र जलसेना ‘स्तालिन र देशको नाममा’ लड्थे । स्तालिन रुसी सेनाको बल र साहसको प्रेरणा स्रोत हुनुहुन्थ्यो । मजदुर, किसान र बुद्धिजीवीहरू स्तालिनकै प्रेरणाबाट काम गर्थे । रुसका विभिन्न जनजातिका जनताले महान् नेता, गुरू, साथी र सेना नायकलाई सबभन्दा ठुलो प्यार र असीम भक्ति देखाउन आ–आफ्ना भाषामा स्तालिनबारे गीतहरू लेख्थे र गाउँथे । जनताको एक गीतमा भनिएको थियो, “हामी लेनिनकहाँ जस्तै स्तालिनकहाँ जान्छौँ, हामी लेनिनसँग जस्तै स्तालिनसँग कुरा ग¥छौँ । उहाँ भित्री हृदयका कुराहरू थाहा पाउनुहुन्थ्यो । उहाँले जीवनभर हाम्रो निम्ति काम गर्नुभयो ।” सोभियत केटाकेटीको निम्ति खुसीको नाम नै स्तालिन थियो । लेनिन र स्तालिन हेर्नु नै तिनीहरूको सबभन्दा ठुलो इच्छा हुन्थ्यो । यसकारण, पार्टीमा भन्ने चलन थियो, “स्तालिन आजको लेनिन हुनुहुन्छ ।” स्तालिनको नाम नै सोभियत समाजको वैचारिक र राजनैतिक एकताको प्रतीक थियो ।
रुसी सर्वहारावर्ग र संसारका सबै प्रगतिशीलवर्गले स्तालिनलाई सा¥है प्रेम र आदर गर्दै भने, रुस र संसारका शोषक र प्रतिक्रियावादीहरूले स्तालिनलाई त्यत्तिकै विरोध गर्थे । वर्गसङ्घर्षको यो एक नियम हो । स्तालिन संसारमा अस्ताउनु भएपछि सोभियत कम्युनिस्ट पार्टी र सरकारमा घुसेका र लुकेका भूतप्रेत चोर–डाँकु, संशोधनवादी, विश्वासघाती र स्वार्थी तत्वहरू बाहिर निस्के । १९५६ को फेब्रुअरीमा भएको २० औँ पार्टी महाधिवेशनमा ठुलो सैद्धान्तिक सङ्घर्ष भयो । लेनिनले भन्नुभएजस्तै ‘कुन वर्गले विजय पाउने हो’ भन्ने कुरा टुङ्गिसकेको थिएन । सङ्घर्षमा शोषकवर्गका हिमायती संशोधनवादीहरूले जालझेल गरेर पार्टी र राज्यको शक्ति हत्याए । माक्र्सवादी–लेनिनवादी सिद्धान्त त्यागे र ‘व्यक्तिपूजा’ को नामले रुसी जनताका महान् नेता र विश्व सर्वहारावर्गका महान् गुरू स्तालिनलाई अपमान गरे । स्तालिनको विरोध गर्नु वास्तवमा माक्र्सवाद–लेनिनवाद, क्रान्ति र समाजवादको विरोध गर्नु थियो । संशोधनवादी धोखेबाजहरूको विरोधमा रुस र संसारका सच्चा माक्र्सवादी–लेनिनवादीहरूले स्तालिनको झन्डालाई अझ माथि उचाल्न थाले । चिनियाँ जनताको महान् नेता र सर्वहारा अन्तर्राष्ट्रवादका महान् सेनानी माओ त्सेतुङले रुसी संशोधनवादीहरूको विरोधमा माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी परम्परा र पवित्रतालाई जोगाउने महान् सङ्घर्षको झन्डालाई अझ माथि उठाउने सङ्कल्प गर्नुभयो र सङ्घर्षलाई विजयतिर लैजानुभयो ।
समाप्त
Leave a Reply