व्यक्तिको पहिचान जन्म वा जातले होइन, उसको योग्यता, क्षमता, इमानदारिता र कर्मले निर्धारण गर्ने
- असार २१, २०८३
काठमाडौँ, १३ पुस । नेपाल मजदुर किसान पार्टी, खोटाङ जिल्ला समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला भयो ।
कार्यकर्ता भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पार्टी देश र जनताको सेवामा इमानदारीपूर्वक काम गरिरहेको छ भन्नुभयो ।
पुँजीवादी सरकारमा नेमकिपा सहभागी नहुने स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “शासक पार्टीले गरेको देशघाती असमान सन्धि र सम्झौताविरूद्ध आवाज बुलन्द गर्दै जनतालाई सचेत र सङ्गठित गर्दै नेमकिपा अघि बढ्नेछ ।”
शासक पार्टीले गरेको अन्याय र अत्याचारविरूद्ध युवाहरूले विद्रोह र सङ्घर्ष गर्ला भन्ने डरले नेपाली युवालाई रोजगारको नाममा विदेश पठाइरहेको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चायतको विरूद्धमा जनतालाई सचेत गरेकोले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँविरुद्ध पञ्चायतले षड्यन्त्र रचेको थियो ।”
कम्युनिस्ट पार्टीभित्र देखिएको सैद्धान्तिक मतभेदका कारण नेमकिपा स्थापना भएको उल्लेख गर्दै सचिव सुवालले पार्टी अध्यक्ष बिजुक्छेँले लेख्नुभएअनुसार रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको पुष्टि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनको बेला भोज खुवाएर, लुगा–कपडा–पैसा बाँडेर चुनाव जितेकाले शासकहरूले कामदार जनताको हितमा काम गर्नेछैनन् ।”
कार्यक्रममा नेमकिपा कोसी प्रदेश समितिका संयोजक उकेश कवांले शासक दल र कार्यकर्ताले गरिरहेको विकृति र विसङ्गतिको विषयमा जनतालाई सचेत पार्न कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारमा गएका शासक पार्टीहरू नामले कम्युनिस्ट रहे तापनि कामदार जनताको हितमा केही नगरेको बताउनुभयो । उहाँले पुस ९–११ गते भक्तपुरमा सम्पन्न पार्टीको केन्द्रीय परिषद्ले पार्टीको आठौैँ महाधिवेशन फागुन १६–१९ गते भक्तपुरमा गर्ने निर्णय भएकोले त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो ।
नेमकिपा खोटाङ जिल्ला समितिको आयोजनामा भएको भेलामा कोसी प्रदेशका शालिग्राम राउत, महेन्द्र बखुन्छेँ र दिनेश खड्गीले पनि बोल्नुभएको थियो ।
भेलाले भोजराज बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नेमकिपा खोटाङ जिल्ला समिति पुनःगठन ग¥यो ।
Leave a Reply