प्रथम नगर प्रमुख साँय्जुको निधनमा श्रद्धाञ्जली व्यक्त
- असार २४, २०८३
भक्तपुर, १२ पुस । बासु माध्यमिक विद्यालयका शिक्षिका सुनिता घतुवालाई शुक्रबार बिदाइ तथा बधाई कार्यक्रम गरियो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले हरेक शिक्षकको लगनशिलता र मेहनतले शैक्षिक स्तर माथि उठेको उल्लेख गर्दै सुगम ठाउँ छोडेर उपत्यका बाहिर गएर काम गर्न जाने अठोटको प्रशंसा गर्नुभयो । सांस्कृतिक नगरको रूपमा परिचित भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सफाइमा प्राथमिकतासाथ काम गरिरहेको चर्चा उहाँले गर्नुभयो ।
भक्तपुरलाई शिक्षाको केन्द्रको रूपमा अगाडि बढाइरहेको उल्लेख गर्दै उहाँले भक्तपुर महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्ण शिक्षक–शिक्षिका तथा जनसमुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले शिक्षिका सुनिता समाज परिवर्तनमा लागिपरेको स्मरण गर्दै जुनसुकै भौगोलिक स्थितिमा पनि लगनशील भएर कार्य गर्न क्षमतावान भएको चर्चा गर्नुभयो ।
शिक्षिका सुनिता घतुवाले बासु माविमा विद्यार्थी, शिक्षिका र प्रशासनिक जिम्मेवारी बहन गर्दा प्राप्त सहयोगको स्मरण गर्दै दुर्गम ठाउँमा गएर काम गर्ने प्रेरणा अग्रजहरूबाट प्राप्त भएको बताउनुभयो ।
विद्यालयका प्रअ रविलाल प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले शिक्षकहरूले विद्यालयको प्रगतिको लागि कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका सहायक प्रअ राजकुमार ह्यौँमिखाले स्वागत गरेको सो कार्यक्रममा रामकुमार निरौला र विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।
Leave a Reply