भर्खरै :

पार्टी कार्यकर्ता खिउँजुको स्मृतिमा श्रद्धाञ्जली सभा

पार्टी कार्यकर्ता खिउँजुको स्मृतिमा श्रद्धाञ्जली सभा

भक्तपुर, ११ पुस । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक वडा नं. ५ समितिले पार्टी कार्यकर्ता चन्द्रमाया खिउँजुको निधनमा बिहीबार श्रद्धाञ्जली सभा ग¥यो ।
सभामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले देश र जनताको इमानदारीपूर्वक सेवामा लाग्ने नेता कार्यकर्ताहरूलाई जनताले सदा सम्झिरहने बताउनुभयो ।
उहाँले दिवङ्गत कार्यकर्ताको सेवाभावको कदर गरेर शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले देश र जनताको हितलाई प्राथमिकतामा राखी कार्य गर्ने खिउँजु असल कार्यकर्ता भएको बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले स्वास्थ्यलाई ख्याल गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्वस्थकर खाना सेवन गर्नुको साथै नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने बताउनुभयो ।
रामकृष्ण बखुन्छेँको सभापतित्वमा भएको सभामा महेन्द्र बखुन्छे, राजेन्द्र बखुन्छे र चनमती खुलीमुलीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *