भदौ २३ मा निहत्था जनताको हत्या र भदौ २४ मा देशभरि आगजनीबारे
- असार २२, २०८३
भक्तपुर, १२ पुस । क्यर ब्लाइन्डनेस प्रोजेक्टको आर्थिक सहयोग र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान तथा भक्तपुर नगरपालिकाको समन्वयमा भक्तपुर जिल्लामा सञ्चालित ख्वप तिलगंगा आँखा अस्पतालअन्तर्गत प्रोजेक्टको स्थानीय परियोजना सल्लाहकार समितिको बैठक शुक्रबार बस्यो ।
ख्वप तिलगंगा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सो बैठकमा ख्वप अस्पताल तिलगंगा आँखा अस्पतालले गरेको गतिविधिको समीक्षा गरिएको थियो ।
बैठकमा सभाध्यक्ष सुनिल प्रजापतिले आँखा अस्पतालको सेवा विस्तार गर्न, गुणस्तरीय र भरपर्दाे सेवा गर्न अस्पताल लाग्नुपर्नेमा जोड दिनुभयो ।
आँखा अस्पतालको सेवा प्रभावकारी बनाउन, कमी कमजोरी हटाएर आवश्यक अन्य औजार थप्न र आँखाको शिविर विद्यालय–विद्यालयमा पनि पु¥याउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
अस्पताल व्यवस्थित बनाउन, रोगीको समयमै उपचार गर्न र रोगीको सङ्ख्याभन्दा भरपर्दाे उपचार गर्नुपर्ने आवश्यकता औँल्याइएको सो बैठकमा ख्वप तिलगंगा आँखा अस्पतालका व्यवस्थापक धिरज अधिकारीले अस्पतालले पु¥याइरहेको सेवाबारे जानकारी दिनुभयो ।
बैठकमा उठेका विभिन्न जिज्ञासाको जवाफ तिलगंगा आँखा अस्पतालका प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठ, पिताम्बर अधिकारी, हस्त राई KTHE का प्रमुख सुदीपलाल राजभण्डारीले स्पष्ट पार्नुभएको थियो ।
ख्वप तिलगंगा आँखा अस्पतालका व्यवस्थापक धिरज अधिकारीका अनुसार सुरुदेखि गएको नोभेम्बरसम्ममा ४ लाख ८ हजार ९ सय १९ जना आँखा बिरामीको सेवा भइसकेको छ ।
सन् २००६ मा जिल्ला सामुदायिक आँखा केन्द्रको रूपमा खोलिएको यो केन्द्र सन् २०१९ देखि आँखा अस्पतालको रूपमा सञ्चालन भएको थियो ।
ख्वप तिलगंगा आँखा अस्पतालले अस्पतालबाट बाहेक विभिन्न समुदाय र सङ्घ संस्था गएर आँखा शिविर सञ्चालन गरेर सेवा प्रदान गरिरहेको छ । आँखाको रोगबारे जनचेतना जगाउने, तालिम दिने काम पनि सो अस्पतालले गरिरहेको छ ।
व्यवस्थापक अधिकारीबाट प्राप्त जानकारीअनुसार आँखा अस्पताल बिहान ८ बजेदेखि सञ्चालन हुनेछ । पहिलो चरणको सेवा बिहान ८ बजेदेखि ११ः३० सम्म, दोस्रो चरणको सेवा १२ः१५ देखि १ बजेसम्म सञ्चालन र अर्काे सेवा दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ ।
गएको नोभेम्बरसम्मको तथ्याङ्कअनुसार यो वर्ष २५,३९९ जना आँखा रोगीको सेवा भइसकेको छ । बीमाअन्तर्गत ९,८५२ र नियमित बिरामी १५,५४७ जनाको आँखा परीक्षण भएको ख्वप तिलगंगा आँखा अस्पताल स्रोतले जनाएको छ ।
सन् २०२४ को नोभेम्बरसम्ममा यो वर्ष आँखाको शल्यक्रिया ८८६ जनाको भइसकेको स्रोतको दाबी छ । सन् २०१९ मा २४०, २०२० मा ९४, २०२१ मा २८६, २०२२ मा ५२३, २०२३ मा ७५५ र २०२४ मा ८८६ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
हाल उक्त ख्वप तिलगंगा आँखा अस्पताल ख्वप अस्पतालको चौथो तलामा सञ्चालनमा छ । अस्पतालले जलबिन्दु, मोतीबिन्दु, आँखाको पर्दा छड्के आँखा लेन्सको आदि सेवा प्रदान गरिरहेको बुझिएको छ । दुइटै आँखा नभएका बिरामीहरूलाई दान गरिएको आँखाको व्यवस्था गर्न सके सुनमा सुगन्ध हुनेछ ।
तिलगंगा आँखा अस्पताल केन्द्रले हालसम्ममा ११ जिल्लामा शाखा सञ्चालन गरिरहेको जनाएको छ ।
Leave a Reply