भदौ २३ मा निहत्था जनताको हत्या र भदौ २४ मा देशभरि आगजनीबारे
- असार २२, २०८३
वैचारिक, सांस्कृतिक र सैद्धान्तिक आन्दोलन छेडेर चिनियाँ जनताको मुक्ति गर्ने चिनियाँ जनताका प्रिय नेता एवं अन्तर्राष्ट्रिय सर्वहारावर्गका गुरू माओ त्सेतुङको स्मरण विगतमा झँै आज पनि विश्वका न्यायप्रेमी र शान्तिकामी जनताले गरिरहेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनतालाई मार्गनिर्देश गरी चिनियाँ समाज बदल्ने माओ त्सेतुङलाई विश्वका जनताले स्मरण गरिरहनु स्वाभाविक हो । माओ त्सेतुङले माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देश मानी मजदुर, किसान र व्यापक जनतालाई वर्गीय र राजनीतिकरूपले सचेत र सङ्गठित गरी चिनियाँ क्रान्ति सफल पारेका थिए । एक क्रान्तिकारी, सच्चा कम्युनिस्ट तथा देशभक्त नेता माओ त्सेतुङ देश र जनताको सेवा गरी देशलाई अगाडि बढाउने अगुवा नेताको रूपमा परिचित थिए ।
नेपाली जनताका मित्र, गुरू र विचारक माओ त्सेतुङले थिचिएका जनतासँग एकाकार गरी साम्राज्यवादविरोधी मितेरी लाउने विदेशी नीतिअनुसार आपसी हित र एकले अर्काको देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने सिद्धान्तअनुसार एसियाली र अफ्रिकी देशहरूसँग सम्झौता गरे । माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले अमेरिकी साम्राज्यवादको विरोधमा एक अन्तर्राष्ट्रिय मोर्चा बनाउने नीति लिएको थियो । साम्राज्यवादीविरोधी नेता माओले आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर बनाउने नीति लिए । चीनले कहिले पनि अरू देशमाथि आक्रमण गरेन । देश देश जुधाएर हतियार बेचेर धनी बन्ने काम गरेन । आज चीन विश्वकै सम्पन्न देश बनेको छ । विश्वका सबै देशहरूको विकास हुनुपर्छ† विकास गर्ने बाटो खोल्नुपर्छ भन्ने चाहना चीनको हो । संसारमा एउटा देश धनी या सम्पन्न बनेर सबै देश सम्पन्न हुने होइन । सबै देशले विकास गर्ने अवसर पाउनुपर्छ† अवसर दिनुपर्छ । सबै देशका जनताको जीवन सुनिश्चित हुनुपर्छ । सबै जनताले सुरक्षितका साथ बाँच्न पाउनुपर्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनताको मुक्तिको निम्ति वैचारिक, सैद्धान्तिक, सांस्कृतिक आन्दोलन छेड्यो । देशका शोषित–पीडित जनतालाई राजनीतिक, वैचारिक र सांस्कृतिकरूपले सचेत पार्ने काम चिनियाँ कम्युनिस्ट पार्टीले ग¥यो । यसको अगुवाइ चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ त्सेतुङले गरे । चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू जनतामाझ पुगे† जनतामाझ सङ्गठन गरे । चिकपाको उद्देश्यबारे जनतामाझ स्पष्ट पारियो । चीन र चिनियाँ जनताका साझा दुश्मन या वर्गीय दुश्मनबारे जानकारी दिइयो । जनताले वर्गीय दुश्मन चिने । वर्गीय दुश्मनविरूद्ध सङ्घर्ष भयो; सङ्घर्ष सफल भयो । चिनियाँ जनताले मुक्ति पाए । फलतः चीन आज संसारलाई बाटो देखाउने देश बन्यो । चीन विश्वका राष्ट्र प्रमुख र जनताको विश्वासिलो र सहयोग गर्ने देशको रूपमा परिचित भयो । आज विश्वका न्यायप्रेमी जनताको विश्वास चिनियाँ सरकारप्रति छ । साम्राज्यवादी देश संयुक्त राज्य अमेरिका आक्रामक देश भन्ने कुरा स्पष्ट हुँदै छ ।
एउटा चिनियाँ भनाइ छ, बगिरहेको पानी बासी हुँदैन, ढोकाको कब्जा कीराले खाँदैन । यसको अर्थ निरन्तरको गतिले जीवाणु र अरू जीवजन्तुको आक्रमणलाई रोक्छ भन्ने हो । हामीले प्रत्येक कुरामा होसियारीपूर्वक आफ्नो दिमाग खियाउनुपर्छ र विचार गर्नुपर्छ । निधार खुम्च्याऊ तिमीले जुक्ति फेला पार्नेछौ अर्थात् विचार गर्दा, दिमाग खियाउँदा बुद्धि आउँछ । मानिसले आफ्नो सोचाइलाई परिवर्तित अवस्था अनुकूल तुल्याउनुपर्छ । वस्तुगत परिस्थितिले नदिने गरी कामको योजना बनाउनु हुँदैन । अप्ठ्यारो समयमा हामीले आफ्ना सफलतालाई देख्न छोड्नु हुँदैन । उज्यालो भविष्यलाई अवश्य देख्नुपर्छ र आफ्नो साहसलाई उकास्नुपर्छ† आफ्नो प्रयासलाई जारी राख्नुपर्छ । उज्यालो पाटो मात्र देख्ने तर अप्ठ्यारालाई नदेख्ने कसैले पनि आफ्नो कर्तव्य या जिम्मा पूरा गर्न सक्दैन । शोषित पीडित जनतासित समान प्रयत्नमा एकगठ हुनुपर्छ र सबै अप्ठ्याराहरूलाई पार गर्नुपर्छ । अनिमात्र हामी विजय प्राप्त गर्न सक्छौँ । हामी जुन देशमा बसे पनि, देशको जुन भागमा पुगे पनि, बसे पनि आफ्नो जिम्मेवारी भुल्नु हुँदैन । सचेत कार्यकर्ताहरू सक्रिय नहुँदा, गाउँ–ठाउँमा नपुग्दा समाज अझ पछि पर्छ । जनतालाई सचेत पारिरहनुपर्छ, सङ्गठित गरिरहनुपर्छ । जनता जागे, जनता बिउँझे, जनता सचेत र सङ्गठित भए, जनतामा राजनीतिक चेतना भए, जनताको सांस्कृतिक स्तर उठे, जनताले कुन दलले कसको प्रतिनिधित्व गरिरहेको छ भन्ने थाहा भए समाज बदल्न या परिवर्तन गर्न सजिलो हुन्छ । चिनियाँ जनताका प्रिय नेता माओ त्सेतुङले जनतालाई सचेत र सङ्गठित गरे । फलतः चिनियाँ जनताको मुक्ति भयो र देशमा समाजवादी झन्डा फहरिरह्यो ।
Leave a Reply