भदौ २३ मा निहत्था जनताको हत्या र भदौ २४ मा देशभरि आगजनीबारे
- असार २२, २०८३
विज्ञान र प्रविधिको यो युगमा शक्ति राष्ट्रको उन्मादमा संसारका स्वाधीन र सार्वभौम मुलुकलाई आतङ्कित पारेर असुरक्षित बनाउने होइन, आक्रमण गरेर देश ध्वस्त बनाउने होइन† नरसंहार गर्ने होइन । संसारका सबै देशमा विकासको मुहान फुटाएर समृद्ध बनाउने, सहकार्य गर्ने, आपसी हितको निम्ति समन्वय गर्ने र सुरक्षित गर्ने हो । एक्लै देश धनी बनेर अरू देशमाथि थिचोमिचो गर्ने, अरू देशको प्राकृतिक स्रोत र साधन कब्जा गर्ने, हमला गरेर देश र जनतालाई असुरक्षित बनाउने होइन । संसारका सबै देशको विकास गर्ने बाटो कसैले खोल्छ, खोल्ने बाटो तयार गर्छ भने त्यसलाई आत्मसात गर्नुपर्छ र विकासको बाटोमा लाग्नुपर्छ । संसारका मुलुकमा बाटो जोड्ने र विकासको ढोका खोल्ने बाटो चीन सरकारले ल्याएको छ । सबै देशको अर्थतन्त्र मजबुत बनाउन कोरिएको मार्गलाई आत्मसात गरेर विकास शिखरमा पु¥याउने कुनै पनि देशको प्रयासलाई साथ दिनुपर्छ† यसलाई विश्वका मुलुकले ऐक्यबद्धता जनाउनुपर्छ र आफ्नो देशलाई सत्मार्गमा लानुपर्छ ।
प्राचीन रेशम मार्गको महिमा र महत्व उजागर गर्न, एसियाली, युरोपेली र अफ्रिकी देशहरूलाई अझ नजिक ल्याउन र आपसी हितको सहकार्यलाई नयाँ उचाइमा पु¥याउन रेशम मार्गको अवधारणा ल्याइएको हो । सुस्तगतिमा रहेको विश्वको अर्थतन्त्रलाई सुदृढ बनाउन र संसारको आर्थिक असमानता र असमान विकासलाई समान बनाउने ध्येयले ल्याइएको योजनालाई अवरोध गर्ने होइन, बाधा पु¥याउने होइन† साथ दिने हो† सहयोग गर्ने हो । बेल्ट (क्षेत्र) र रोड (बाटो) को लक्ष्य एसियाली, युरोपेली र अफ्रिकी महादेशहरू र त्यससँग जोडिएका देशहरूबिच साझेदारी स्थापित गर्ने र बलियो बनाउने, बहुआयामिक सञ्जाल स्थापित गर्ने र दिगो विकासलाई कार्यान्वयन गर्ने हो । ती क्षेत्रमा बजार बनाउन, लगानी गर्न र उपभोगलाई प्रोत्साहित गर्न, जनता जनताबिच सांस्कृतिक सम्बन्ध विस्तार गर्न, आपसी ज्ञान आदान प्रदान गर्ने, एक आपसमा सद्भाव, शान्ति र समृद्धिमा बाँच्न सक्ने बनाउन ल्याइएको अवधारणालाई पुँजीवादी, साम्राज्यवादी र विस्तारवादी शासकहरूले अर्कै अर्थ लगाएर विरोध गर्न थालेका छन् । चीनको सो योजनाबारे नेपालका सत्तासीन दलका नेताहरूको फरक फरक मत रहेको देखिन्छ । बीआरआई योजनाको पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दल नेकाले विरोध गरेको छ ।
बीआरआईअन्तर्गत हुने योजना सित्तैमा हुने भए स्वीकार्ने र ऋण लिन परे मान्य नहुने मत नेकाका नेता, मन्त्री र सांसदहरूले व्यक्त गरिरहेका छन् । मानव जातिको विकास र शान्तिप्रति दृढ निश्चयी भएको चीनले विश्व आर्थिक बन्दोबस्तलाई अझ सुदृढ बनाउन चाहेको छ । यस योजनाले एक अर्को देशको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति आपसी सम्मान, एक आपसमा अनाक्रमण, एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, समानता, आपसी हित र शान्तिपूर्ण सहअस्तित्वका पञ्चशील सिद्धान्तलाई आत्मसात गरेको छ । सबै पक्षको हित र चासोलाई मान्यता दिएको उक्त योजना सफल होला भन्ने चिन्ता संयुक्त राज्य अमेरिकाजस्ता साम्राज्यवादी देश, भारतजस्ता विस्तारवादी र पुँजीवादी देशहरूलाई हुनु स्वाभाविक हो ।
क्षेत्र र बाटो सबै देशको निम्ति सहकार्य गर्ने बाटो हो । यसमा हार र जितको कुरा हुँदैन । आपसी समझदारी र विश्वासलाई दिगो पार्ने यो योजना सबैजसो देशसित सम्बन्धित छ । ठुलो आर्थिक विकासको सम्भावना बोकेको यो अवधारणालाई बाङ्गो आँखाले हेर्ने, गलत सूचना प्रवाह गर्ने र त्यसलाई असफल पार्न लागेका देशका राष्ट्र प्रमुख र दलका नेताहरू विकासविरोधी हुन् भन्ने थाहा हुन्छ । देश ध्वस्त बनाएर अर्थतन्त्र तहसनहस बनाउने, देश देश जुधाएर हतियार बेची देश धनी बनाउने, स्वाधीन र सार्वभौम देशमा हमला गरेर चकनाचुर पार्ने आतङ्कारी देशका नायकहरू शान्ति चाहँदैनन्, संसारका अरु देशहरू विकास भएको हेर्न चाहँदैनन् । यो समयले देखाएको यथार्थ हो ।
संसारका राष्ट्र प्रमुख र नेताहरू हतियारको होडबाजीमा लाग्ने होइन । हतियार उत्पादनमा प्रतिस्पर्धा गर्ने होइन । संसारका जनताको जीवन सुनिश्चित गर्नेतर्फ अघि बढ्ने हो । आर्थिक सम्बन्ध अझ बलियो बनाउने हो । सबै देशका जनताबिच द्वन्द्व होइन आपसी समझदारी कायम गर्ने हो; शान्तिलाई जोड दिने हो; विश्वका जनता सुरक्षित बनाउने हो । विकास, शान्ति र सुरक्षाको निम्ति एक आपसमा एकाकार गर्ने हो । अनिमात्रै विश्वका जनताको जीवन सुनिश्चित हुन्छ, सुरक्षित हुन्छ र शान्तिपूर्वक जीवन निर्वाह गर्न पाइन्छ । १५० देशले समर्थन गरेको बीआरआई योजनालाई अमेरिकालगायत देशले पनि साथ र सहयोग गर्नुपर्छ ।
Leave a Reply