भर्खरै :

भक्तपुर महोत्सव जनताको एकता प्रदर्शन गर्ने अवसर साबित

भक्तपुर महोत्सव जनताको एकता प्रदर्शन गर्ने अवसर साबित

भक्तपुर, १५ पुस । भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भएको भक्तपुर महोत्सव सफलतापूर्वक सम्पन्न गर्न वडाभरिका सहयोगी सङ्घसंस्था, विद्यालय, सरकारी कार्यालय, दाफा, भजन, बाजागाजा समूह, स्वय्मसेवक लगायतलाई धन्यवाद कार्यक्रम नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुनिल प्रजापतिले महोत्सव भन्नेबित्तिकै जनताको एकता प्रदर्शन गर्ने अवसर भएको बताउँदै महोत्सवले शिक्षामूलक सन्देश दिएको बताउनुभयो । महोत्सवले आन्तरिक पर्यटक प्रवद्र्धन गर्न टेवा पु¥याउने विश्वास व्यक्ति गर्दै उहाँ महोत्सव सफल भएको बताउनुभयो । उहाँले कोरोना, भूकम्प र युद्धले विदेशी पर्यटकहरू नआउने सम्भावना भएकाले आन्तरिक पर्यटक बढाउने उद्देश्यले महोत्सवको आयोजना गरेको बताउनुभयो । उहाँले जनताले गरेको सहयोगको प्रतिफल जनताले नै पाउने बताउँदै महोत्सवले बाजागाजा, नाचगानका कलाकारहरूलाई व्यवसायीकरण गरी रोजगारी सृजना गर्ने बताउनुभयो । उहाँले जनता र नगरपालिकाको सम्बन्ध नङग र मासुजस्तै भएकोले सम्पदा संरक्षणमात्र होइन नयाँनिर्माण पनि भईरहेको बताउनुभयो । उहाँले भक्तपुर बनाउन पैसाभन्दा भावना, सहयोग र साथ मुख्य हुने बताउँदै सहयोगी भावनाले पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको जिर्णाेद्वार भएको बताउनुभयो ।
कार्यक्रममा भूतपूर्व उपप्रमुख चैत्यराज शाक्यले महोत्सवमा सबैले आफ्नो क्षमता अनुसार सहयोग गरेको बताउँदै महोत्सवले पर्यटन प्रवद्र्धन भएको विचार व्यक्त गर्नुभयो । उहाँले पर्यटन व्यवसाय नै भक्तपुरको आर्थिक विकास गर्ने मुख्य आधार भएको बताउनुभयो ।
कार्यक्रममा बुद्धिजीवी पुष्परत्न शाक्यले नेपालमा भक्तपुरको जीवन पद्धति उन्नत भएको बताउँदै, शान्तिपूर्वक जीवन यापनमा यहाँ सम्भव भएको बताउनुभयो । उहाँले वर्ष दिनको जात्रा, जन्मेदेखि मृत्युसम्मको जीवन पद्धति संस्कार संस्कृति सिक्ने अवसर पाएको बताउनुभयो ।
भनपा वडा नं १० नं वडाअध्यक्ष लक्ष्मीप्रसाद हयाँैमिखाको सभापतित्वमा भएको कार्यक्रममा गौतमप्रसाद लासिवा, लक्ष्मीप्रसाद चवाल, जितेन्द्र मुनंकर्मीले पनि बोल्नुभएको थियो कार्यक्रममा भने विभिन्न सङ्घसंस्थालाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *