भर्खरै :

चितवनमा नेमकिपा स्थापना दिवस

चिवतन, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा जिल्ला भेला म·लबार राप्ती नगरपालिकामा सम्पन्न भयो ।
नेमकिपा जिल्ला समिति चितवनको आयोजनामा भएको सो भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले स्थापना दिवस मनाउनु भनेको चिन्तन मनन् गर्नु हो भन्दै मान्छे मान्छेबीच शोषण, अन्याय र अत्याचार नहुने समाज निर्माण गर्न लागि पर्ने मात्र कम्युनिष्ट हुने स्पष्ट पार्नुभयो ।
उहा“ले नेमकिपाका अग्रज किसान कार्यकर्ताहरू बहुमत किसानहरूको हितमा भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, साधें धपाऊ आन्दोलन र जनजीविकाको सवालमा सक्रिय भएकोले नै नेमकिपा व्यापक जनतामाझ पुग्न सफल भएको बताउ“दै रातो झण्डाको विरोधमा रातो झण्डा उचाल्ने तल्कालीन चौम र मालेले नै चितवनलगायत जिल्लाहरूमा नेमकिपाका इमानदार कार्यकर्तालाई भ्रममा पारेर बिगारेको जानकारी दिनुभयो ।
आयोजक समितिका अध्यक्ष हरिप्रसाद दुवालले नेमकिपाका अग्रज सिद्धान्तनिष्ठ कार्यकर्ताहरूलाई प्रतिक्रियावादीहरूले नैतिक र आर्थिक रूपमा भ्रष्ट बनाएर, जा“ड–रक्सी, जुवातासमा फसाएर बिगारेको चर्चा गर्दै अहिले पनि नक्कली कम्युनिष्टहरूले नेमकिपाका कार्यकर्ताहरूलाई विभिन्न नाममा विगार्न सक्रिय रहेकोले सतर्क रहनुपर्ने भन्नुभयो । नेक्राविसङ्घका केन्द्रीय सदस्य नरेश खत्रीले नेमकिपा र अन्य पार्टीबीच भिन्नताबारे छलफल गर्दा स्थापना दिवस मनाएको सार्थक हुने बताउनुभयो । सो भेलामा नेक्रामहिलासंघ चितवनका अध्यक्ष सुमित्रा महतो, नेक्राविसङ्घ चितवनका अध्यक्ष रवि, आयोजक समितिका ज्ञानेन्द्र प्रजा र मोहन बहादुर प्रजालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *