न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
“मेरो कविताहरू गद्यमात्र हुन्
यदि अरू कसैको लागि लेखिएको भए
मैले गर्ने सबै प्रशंसाहरू
यदि उनको होइन भने, विलापमा परिणत हुन्छन् ।”
एक युवा र आशालाग्दो प्यालेस्टिनी कवि–मोहम्मद अब्दुल रहिम सालेहको कविता ‘सी ट्रिप्ड इन ब्युटी’ को अंश हो । दुःखद कुरा ती युवा कविको जीवनलाई इजरायली नरसंहारकारी शासनले क्रूरतापूर्वक छोट्याइसकेको छ ।
गाजा युद्धमा सहादत प्राप्त गरी २१ वर्षीय सालेहले प्यालेस्टिनमा काव्यसङ्ग्रह प्रकाशित गर्ने सबैभन्दा कान्छो कविको रूपमा गौरव प्राप्त गरे ।
उनको उल्लेखनीय सफलताले उनको पुस्तक ‘हिज ह्यान्ड फेल’ को रूपमा अरब जगतका साहित्यिक वृत्तहरूमा व्यापकरूपमा प्रशंसित भएकोले आफ्नो लागि उज्ज्वल भविष्यको कल्पना गरिएको थियो ।
गत वर्ष, फेब्रुअरीमा गाजाको इस्लामिक विश्वविद्यालयमा सालेहका साथीहरू र प्यालेस्टिनी युवा र संस्कृति क्लबले उनको पहिलो कवितासङ्ग्रहको प्रकाशन मनाउन भेला भएका थिए ।
उनको उत्कृष्ट क्षमता र आफ्नो लागि छाप बनाउने भोकमाथि विश्वास गर्दै उनलाई थप सफलताको कामना गर्दै उनका शिक्षक र साथीहरू उनीबाट थप र ठुला साहित्यिक उपलब्धिहरूका लागि विश्वस्त थिए । यद्यपि, जवान मानिसको जीवन जसरी कल्पना गरिएको थियो त्यस्तो देखिएन । २०२३ अक्टोबर १० मा, इजरायली शासनले गाजामा प्यालेस्टिनीहरूविरुद्ध नरसंहारकारी युद्ध सुरु गरेको केही दिनपछि नै सालेह इजरायली हवाई आक्रमणमा मारिए ।
सालेहको जन्म उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको थियो । साहित्यमा उनको रुचिबाहेक, युवा प्यालेस्टिनी क्यामेराले पनि मोहित भए, गाजाको सडकमा पलहरू खिच्न र पछि तिनीहरूलाई भिडियोमा रूपान्तरण गर्न तत्पर भए ।
“उनले केही महिनाअघि मलाई आफ्नो पहिलो कवितासङ्ग्रहको परिचय लेख्न आग्रह गरेका थिए, त्यसैले मैले यसलाई माया र मर्यादाका साथ लेखेँ… हाम्रो सुन्दर व्यक्ति (सालेह) कवितामा उत्कृष्ट थिए, जसरी उनी प्रतिरोधको कवितामा उत्कृष्ट थिए र मलाई विश्वास छ कि सङग्रह यी दुई पखेटाहरूमा बनाइएको थियो,” जोर्डनका कवि र उपन्यासकार डा. अयमान अल–अटोमले भन्नुभयो । उहाँले सालेहको पहिलो पुस्तक ‘हिज ह्यान्ड फेल’ को परिचय लेख्नुभएको थियो ।
पेन्सिल्भेनिया विश्वविद्यालयमा अरबी साहित्यका प्राध्यापक हँुदा जे. फख्रेद्दीनले युवा प्यालेस्टिनी कविलाई यी शब्दहरूमा श्रद्धाञ्जली अर्पण गरिन्, “मलाई त्यो भिडियोले सतायो जसमा उनी सूर्यास्ततिर मुख पारेर छतमा बस्छन्, उनको सुन्दर मुस्कान र उनले वाक्यांशको हरेक पालोमा, मिटरको आफ्नो निपुणतामा, प्रत्येक पदको अन्त्यमा कविताको गोलाकारमा लिने गर्व । उनले मायाको कुरा गर्छन्, चुम्बनको आगो, चुम्बनका सपनाहरू… यो बाँच्नुपर्ने युवा कविको कविता हो ।”
फख्रेद्दीनले मोहम्मदको तीस, पचास र सत्तरीको दशकमा धेरै कवितासङ्ग्रह लेखेको कल्पना गर्न चाहेको बताइन् ।
“म उसलाई प्रयोग गर्न, अन्य कविहरूसँग बहस गर्न, उनीहरूबाट सिक्न, उनीहरूविरुद्ध विद्रोह गर्ने समय र विलासिताको साथ कल्पना गर्न चाहन्छु,” उनले लेखिन् ।
“म उनलाई कल्पना गर्न चाहन्छु, धेरै पढेको र लेखेको, यो कविता र त्यो भिडियोलाई फर्केर हेर्दै, उसको सुन्दर मुस्कान र त्यो सबै प्रेम र सबै क्रान्ति सम्झन्छु, त्यो क्षण, जब ऊ जवान थियो, र प्यालेस्टाइन स्वतन्त्र भयो ।”
प्यालेस्टिनी शिक्षा र उच्च शिक्षा मन्त्रालयका अनुसार गाजापट्टीमा जारी इजरायली नरसंहार युद्धमा झण्डै ९,००० विश्वविद्यालय तहमा विद्यार्थीहरू मारिएका छन् र १५,००० भन्दा बढी घाइते भएका छन् ।
२०२४ को मेमा नै गाजा अधिकारीहरूले अक्टोबर ७ देखि इजरायली सेनाद्वारा मारिएका सत्न्दा बढी शिक्षाविद् र अनुसन्धानकर्ताहरूको सूची जारी गरिएको थियो ।
प्रतिवेदनले घेराबन्दी गरिएको तटीय गाजापट्टीमा कुल ४९७ शिक्षकको हत्या र ३,४२६ अन्य घाइते भएको पनि उल्लेख गरेको छ ।
प्यालेस्टिनी आधिकारिक तथ्याङ्कअनुसार गाजाका सबै १२ विश्वविद्यालयहरू बम विस्फोट गरी पूर्ण वा आंशिकरूपमा ध्वस्त भएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्लो नौ महिनामा उक्त क्षेत्रमा ८० प्रतिशत विद्यालय ध्वस्त वा क्षतिग्रस्त भएका छन् । (यो तथ्याङ्क २०२४ जून महिनासम्मको मात्र हो । –अनुवादक)
धेरै पुस्तकालयहरू, अभिलेखालयहरू, प्रकाशन गृहहरू, सांस्कृतिक केन्द्रहरू, गतिविधि हलहरू, सङ्ग्रहालयहरू, पुस्तक पसलहरू, स्मारकहरू र अभिलेख सामग्रीहरू कब्जाकारी इजरायली सेनाले ध्वस्त पारेका छन् ।
“गाजामा ८०० प्रतिशतभन्दा बढी विद्यालयहरू क्षतिग्रस्त वा नष्ट भएकाले, प्यालेस्टिनी शिक्षा प्रणालीलाई व्यापकरूपमा नष्ट गर्ने प्रयास गरिएको हो कि भनेर सोध्नु उचित हुनसक्छ, जसलाई ‘शिक्षाको हत्या’ भनिन्छ,” संयुक्त राष्ट्र मानव अधिकार विज्ञहरूले आफ्नो प्रतिवेदनमा भर्खरै भनेका छन् ।
“शिक्षक, विद्यार्थी र कर्मचारीहरूको गिरफ्तारी, नजरबन्द वा हत्या र शैक्षिक पूर्वाधारको विनाशमार्फत शिक्षाको व्यवस्थित उन्मूलन ।” लाई शिक्षाको हत्याको रूपमा परिभाषित गरिएको छ ।
३० जुलाई २०२४
– प्रेस टीभी अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply