अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
धनबहादुर र मनबहादुर एउटै टोलका युवा साथीहरू थिए । धनबहादुर व्यापार व्यवसाय गरेर आफूलाई करोडपति र अरबपतिको मालिक भएको देखाउन कार चढदै हिँड्थे भने मनबहादुर समाज सेवामा लागेका टोलका एक अगुवा युवा थिए । एक दिन बिहान धनबहादुर साथीहरूसँग चिया खाइरहेका मनबहादुरको अगाडि कारबाट ओर्लेर सँगै चिया खान बसे । कालो चस्मा लगाएका उनले अलि घमन्ड गरेर साथी मनबहादुरलाई भने,मनबहादुर ! तिमी खुब समाजको सेवा गरेर हिँड्यौ । आर्थिकरूपले हिजो जस्तो थियो आज पनि त्यस्तै छौ । मैले त इमानपूर्वक केही करोड कमाएर उद्योग व्यवसाय गर्दै छु । तिमीले केही कमाउन सकेनौ । मलाई समाजसँग केही मतलब छैन । बस, आफू भलो त जगत भलो । उनले घाँटी र हातमा फलामको सिक्रिजस्तो सुनको सिक्री र बाला लगाएका थिए ।
साथीे धनबहादुरको कुरा सुनेपछि चिया खाँदै गरेका अरु साथीहरू र उनलाई मनमनै रिस त उठेको छ नै । त्यसलाई सम्हालेर धनबहादुरले भने “हर ! धनबहादुर, तिमी इमानपूर्वक व्यापार व्यवसाय गरेर करोडपति र उद्योगपति भयौ, तिमीलाई बधाई छ । समाज र देश पनि तिमीजस्तो सम्पन्न भयो भने त्यो राम्रो हो । तर, तिमी मात्र यसरी करोडपति, उद्योगपति भएर पुग्दैन । तिमीले हाम्रा थुप्रै युवा साथीहरूलाई रोजगारी दिने उद्योग व्यवसाय गर्न सघाएर समाजमा कहलिएको व्यवसायी बन । मेरो तिमीलाई शुभकामना छ ।”
समाजमा त्यस्ता हाम्रा व्यवसायी दाइहरू पनि हुनुहुन्छ । तिमीले आफ्नो धरातल कहिले पनि नबिर्स । जसले तिमीलाई यहाँसम्म आउन मद्दत गयो । हिजो तिमीहरूको खेतमा जगा धनीले मोहियानी हक हडप्न खोज्दा, तिम्रो आमाबुबाले पसिना बगाएर लगाएको बाली लुट्न खोज्दा पार्टीको निर्देशनमा टोलका दाजु तथा दिदीबहिनीहरू झगडा गरेर, सहयोग गरेर मोहीयानी हक वा जोत कायम भएको, अन्न घरमा पु¥याइदिएको नबिर्स । अनि तिमी बिरामी हुँदा, बुबा बिरामी हँुदा के पैसाले, धनले रातारात अस्पताल पु¥याए ? आखिर टोलकै दाजुभाइहरूले अस्पताल पु¥याइदिएर ज्यान बचाइदिए । दिदीबहिनीहरूले घरमा अस्पतालमा स्याहार गर्न आएको पनि नबिर्स । म त बुबाकै सम्पति २/४ रोपनी तरकारी बारीमा सघाइरहेको छु । खान, लाउन पुगिरहेकै छ । मैले त टोलका दाजुभाइहरूसँग मिलेर समाजको हितमा थोरै भए पनि काम गरिरहेको छु । मलाई यसैमा गर्व छ, धनबहादुर ! हाम्रो भक्तपुर त्यसै बनेको होइन साथी ! पैसा नै सबथोक होइन, समाज सबथोक हो । आफू भलो त जगत भलो होइन बरू जगत भलो त आफू भलो हो । धनबहादुर !
धनबहादुर म सोच्छु भन्दै साथीहरूको चियाको पैसा तिरेर शिर निहुराउँदै आफ्नो कार चढेर त्यहाँबाट बिदा भए ।
Leave a Reply