अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, १९ पुस । वागीश्वरी मावि कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा ख्वपको पहिचान पाठ्यक्रमअन्तर्गत झ्व भ्वय् कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाद्वारा लागु गरिएको कक्षा ८ को ख्वपको पहिचान पाठ्यक्रमअन्तर्गत भक्तपुरकै विशिष्ट पहिचान भएको झ्व भ्वय्को बारेमा जानकारी दिने उद्देश्यले प्रयोगात्मक शिक्षण अभ्यासअन्तर्गत उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा वाग्मती प्रदेश सभाका सदस्य सिर्जना संँजूले ख्वपको पहिचान पाठ्यक्रमअन्तर्गत रहेर झ्व भ्वय् हाम्रो पुर्खाले सृजना गरेको अमूर्त सभ्यतामध्ये एक रहेको बताउँदै उहाँले नेवार समुदायकोे सुख र दुःख दुवै अवस्थामा खाने झ्व भ्वय् संस्कार रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको ख्वपको पहिचान पाठ्यक्रमअन्तर्गत रहेर आयोजना गरेको झ्व भ्वय् कार्यक्रमले नयाँ पुस्तालाई भक्तपुरको झ्व भ्वय्को संस्कार र संस्कृतिबारे जानकारी दिने बताउनुभयो । विद्यार्थी अवस्थामा सिकेका ज्ञान, सीप जीवनमा संस्कारको रूपमा रहिरहने उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले ख्वपको पहिचानका ८ वटा परियोजनामध्ये कक्षा ८ मा अध्ययन गरिने पाठ्यक्रमअन्तर्गतको झ्व भ्वय् कार्यक्रम विद्यार्थीहरू स्वयम्ले अगुवाइ गरेको उल्लेख गर्दै विद्यार्थी जीवनमा सक्रिय भएर अतिरिक्त गतिविधिमा भाग लिँदा जीवनमा सफल भएको बताउनुभयो ।
कक्षा ८ का विद्यार्थी तथा विद्यार्थी हित समितिअन्तर्गत वागीश्वरी एकाइ समितिका अध्यक्ष रेजा ज्याख्वको सभापतित्वमा सम्पन्न झ्व भ्वय् कार्यक्रममा तिलागुफा नपा वडा नं ४ का वडाध्यक्ष अङ्गराज शाही, धनेशराज राजोपाध्याय र कक्षा ८ का निशा थापाले पनि बोल्नुभयो ।
Leave a Reply