भर्खरै :

समाजवाद कामदार जनताको स्वर्ग

समाजवादी राष्ट्र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको प्योङयाङ महानगरको सामसोक जिल्लाको ग्रामीण अर्थतन्त्र कमिटीले जाङ्सुवोन फार्ममा काम गर्ने किसान अर्थात् कृषि मजदुरहरूका लागि नयाँ घरहरू निर्माण गरी हस्तान्तरण गरेको समाचार तस्बिर र श्रव्यदृश्यसहित आयो । नयाँ घरहरूमा सर्ने समारोह डिसेम्बर ३१, २०२४ को दिन भयो । सामसोक जिल्लाका पदाधिकारी तथा निर्माण व्यवसायीहरूले निर्माणको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर पार्टीको नीतिलाई निष्ठापूर्वक कार्यान्वयन गर्ने लडाइँको भावना देखाउँदै त्रि–आयामिकरूपमा आयोजनालाई अगाडि बढाउँदै आधुनिक घर निर्माण गरेको बताइएको छ ।
केही दिनअघि उत्तर कोरियाको दक्षिणी फ्योङगान, काङ्वोन र दक्षिण ह्यामग्योङ प्रान्तका धेरै ग्रामीण गाउँहरूमा नयाँ घरहरू निर्माण गरिएका र स्थानीय किसान परिवारलाई हस्तान्तरण गरिएको समाचार सार्वजनिक भएका थिए । समाचारअनुसार सिनयाङ काउन्टीको इन्फ्योङ र साम्फा फार्मका नयाँ गाउँहरू, माङ्सान काउन्टीको सोङ्गवाङ फार्म, कोसोङ काउन्टीको सनहाक फार्म र होङ्वोन काउन्टीको नामहो फार्म, जहाँ कृषि मजदुरहरूलाई आरामदायी जीवन बिताउन मद्दत गर्न विभिन्न र विचित्र शैलीहरूमा निर्माण गरिएका छन् ।
केही हप्ताअघि बाढी पीडित जनताका लागि सुरक्षित स्थानमा एक नयाँ नगर नै बनाइएको समाचार पनि तस्बिर र श्रव्यदृश्यसहित आएको थियो । यी समाचारले समाजवादी व्यवस्था रहेको देशमा कुनै पनि नागरिक घरवारविहीन भएर बस्न नपर्ने स्पष्ट छ । साम्राज्यवादी र पुँजीवादी सञ्चारमाध्यमहरूले दशकौँ अघिको तस्बिर र दृश्य देखाएर प्रजग कोरिया र कोरियाली जनताको अवस्थाको बारेमा जतिसुकै बदख्वाइँ गरिरहे पनि समाजवादी देशले आफ्ना जनताको हकहित तथा उन्नति र प्रगतिमा निरन्तर लागिपरेको देखाउँछ । त्यसैले समाजवाद प्रजातान्त्रिक गणतन्त्र कोरियाका जनताको प्राण हो र प्रजग कोरिया आम मजदुर, किसान र अन्य श्रमजीवी जनताको देश हो ।
जनताकेन्द्रित समाजवादी व्यवस्था प्रजग कोरियामा जनता नै देशका मालिक हुन् र सबैले उनीहरूलाई सेवा दिन्छन् त्यो राजनीतिक अभिव्यक्ति वा प्रचारका लागि वाक्यांश होइन । प्रजग कोरियाले अब जनतालाई निःशुल्क आवास उपलब्ध गराउन ठुलो मात्रामा आवासीय निर्माण गरिरहेको छ । क्षेत्रीय विकासको दसवर्षे क्रान्तिले कोरियाली जनताको शताब्दीयौँ पुरानो चाहना पूरा गर्ने महान् विचारलाई पनि झल्काउँछ । यसबाहेक, जनता राज्यको फाइदामा बाँचिरहेका छन् जुन पैसाको दृष्टिले हिसाब गर्न सकिँदैन । कोरियाली समाजवादमा श्रमजीवी जनता र कामदारहरूलाई पहिलो प्राथमिकता दिइन्छ । त्यसैले समाजवाद कामदार जनताको स्वर्ग भएको प्रमाणित हुन्छ ।
गत अगस्टमा बाढीबाट क्षति भएका धेरै व्यक्तिहरूसँगको भेटमा कोरियाली मजदुर पार्टीका महासचिव एवं प्रजग कोरिया राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनले जनतालाई देशको भविष्य भएको दाबी गर्नुभएको थियो । उहाँले कोरियाली जनता नै पार्टी तथा राज्यलाई भरपर्दो रूपमा सहयोग गर्ने महान् भूमिका रहेको तथा काँधमा काँध दिने मालिक भएको स्पष्ट पार्दै बाढी पीडितहरूले न्यानो आतिथ्य र उचित सेवाको हकदार रहेको बताउनुभएको थियो ।
अप्रत्याशित विपत्ति भोगेर घरबारविहीन भए पनि उनीहरूले पार्टी र समाजवादी देशप्रति गहिरो भरोसा राखे, उनीहरूका लागि विपद्का खतरनाक ठाउँहरूमा आएर बारम्बार न्यानो पितृसम्भव देखाउने नेता किम जोङ उनप्रति गहिरो भरोसा राखे । यसरी, कोरियाली जनताको लागि समाजवाद उनीहरूको जीवन र सबैथोक हो, आदर्श मात्र होइन । त्यसैले उनीहरू समाजवादी उद्देश्यको ठुलो जीतका लागि सङ्घर्षमा आफ्नो सबै समर्पण गर्छन् ।
कोरियाली जनता, पार्टी र नेताहरूको एकमनको एकताले नै कोरिया युद्ध (१९५०–१९५३) मा अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गूहरूको विध्वंसकारी आक्रमणले ध्वस्तप्रायः बनेको देश आज विकसित देशहरूको हाराहारीमा विकास गर्न सक्षम भएको छ । विश्वको नम्बर १ शक्तिशाली भनिएको देशसित युद्ध भए युद्ध र वार्ता भए वार्ता भनी चुनौती दिएर कोरियाली शैलीको समाजवादको झन्डालाई उँचो फहराइरहन सकेको हो । साम्राज्यवादीहरूको झन्डै आठ दशक लामो एकपक्षीय आर्थिक तथा व्यापारिक नाकाबन्दीको सामना गर्दै देशको आर्थिक तथा सामरिक विकासलाई उत्तिकै अगाडि लान सक्षम भइरहेको हो । अमेरिकी साम्राज्यवादको परमाणु बम हमलाको धम्कीलाई परमाणु युद्धको चेतावनीले परास्त गर्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *