भर्खरै :

सन् २०२४ : बहुध्रुवीय विश्वका लागि सङ्घर्ष

सन् २०२४ : बहुध्रुवीय विश्वका लागि सङ्घर्ष

सन् २०२२ यता अन्तर्राष्ट्रिय समाज पूर्णतः फेरिएको छ । एकातिर, व्यवहारमा विश्व बहुध्रुवीय भइसक्यो भन्न मिल्छ । किनभने, पश्चिमा देशहरूसँग विश्वभरि अब आफ्नो तथाकथित ‘विधि’ थोपर्ने बल छैन । अर्कोतिर, यिनै पश्चिमा देशहरूले अहिले नयाँ भूराजनीतिक यथार्थ स्वीकार्न आनाकानी गर्दै छन् । यस बदलावको जवाफमा उनीहरू संसारभरि आक्रमण, युद्ध र आतङ्क प्रवद्र्धन गर्दै छन् ।
सन् २०२४ मा भूराजनीतिक परिवर्तनप्रतिको पश्चिमा प्रतिक्रियाले विश्वका विभिन्न भागमा द्वन्द्व र पीडा पैदा ग¥यो । खासगरी मध्यपूर्वले धेरै दुःख पायो । पश्चिमी देशहरूको सहयोगमा इजरायलले आफ्नो आक्रमणको दायरा बढायो । उसले लेबननमा हिजबुल्लाहविरुद्ध युद्ध ग¥यो र इरानमा बमबारी सुरु ग¥यो ।
इजरायलले गाजाका सबै सार्वजनिक पूर्वाधार ध्वस्त पारेको छ । तैपनि, हमासको जरो उखेल्ने र बन्दीलाई छुटाउने आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न इजरायल विफल भयो । यसैगरी हिजबुल्लाहलाई निष्प्रभावी बनाउन पनि ऊ विफल भयो । यद्यपि, सेना जान नपाउने असैन्यकृत क्षेत्रमा लगातार बमबारी गरेर उसले दक्षिण लेबनानका सार्वजनिक पूर्वाधार नस्ट ग¥यो ।
सन् २०२४ मा इजरायल–इरान शत्रुता अचाक्ली चुलियो । इजरायलले सिरियामा रहेका इरानी कूटनीतिज्ञहरूलाई छानीछानी हत्या ग¥यो । त्यसपछि तेहरानमा उसले हमासका नेता इस्माइल हानियाको हत्या ग¥यो । जवाफमा इरानले ठुलो आकारमा बमबारी ग¥यो । यो प्रत्याक्रमणले इजरायलमा गहिरो असर पा¥यो । सन् २०२४ भन्दा अगाडि यी दुई देश कहिल्यै प्रत्यक्ष भिडन्तमा उत्रेका थिएनन् । तर अब तेहरान र तेलअभिव दीर्घकालीन सीमित युद्धतर्फ जाने देखिन्छ । एकअर्कामाथि बेलाबेला बमबारी गर्ने र एकअर्कालाई थकाउन खोज्ने सिलसिला चलिरहनेछ ।
बहुध्रुवीय विश्व निर्माणको सङ्घर्षमा यो वर्षको सबैभन्दा वियोगपूर्ण घटना मध्यपूर्वमा घट्यो, सिरियामा बसर अल–असदको पतन भयो । उथलपुथलबिच सिरियाका प्रमुख साझेदार रूस र इरान आआफ्नै द्वन्द्वबिच घेरिए । यस्तो स्थितिमा सिरियाको वैधानिक सरकारले टर्कीसमर्थित एचटीएसको कट्टरपन्थी आतङ्कवादी जत्थालाई निस्क्रिय पार्न सकेन । (यो समूह पहिले अलकायदाको सिरियाली शाखा थियो ।) राजधानी दमास्कस अहिले यिनै कट्टरपन्थी इस्लामवादीहरूको नियन्त्रणमा छ । यसबिच इजरायल भने गोलन क्षेत्रको नयाँ भूभाग कब्जा गर्दै देशको सीमा विस्तारमा लागिरहेको छ । व्यवहारमा सिरिया ‘असफल राज्य’ तर्फ जाँदै छ, देश विभिन्न राजनीतिक गुटबिच विभाजित छ । बहुध्रुवीयताको वकालत गर्ने मुलुकहरूको लागि यो ठुलो रणनीतिक पराजय हो भने नेटो–इजरायली ध्रुवको लागि विजय हो ।
युक्रेनी द्वन्द्वमा स्थिति गम्भीर सैन्य उत्कर्षतर्फ पुग्दै छ । राष्ट्रपति निर्वाचन हारेपछि जो बाइडेनले युक्रेनलाई रूसी भूभागविरुद्ध लामो दूरीका मिसाइलहरू प्रयोग गर्न इसारा गरे । त्यसपछि बेलायत र फ्रान्सले पनि सोही बाटो लिए । उनीहरूको हरियो झन्डा देखेर युक्रेनले आधिकारिक द्वन्द्वग्रस्त क्षेत्रबाहिर गएर अनेकपल्ट आक्रमण ग¥यो । यसले गर्दा रूसले नौलो सैन्य प्रविधिको प्रयोग गर्नुप¥यो । ओरेशनिक नाम राखिएको ब्यालेस्टिक मिसाइललाई सन् २०२४ नोभेम्बर २१ मा वास्तविक रणमैदानमा परीक्षण गरियो । मिसाइललाई द्निप्रोपेत्रोभ्स्क सहरको युक्रेनी सैन्य उद्योगमाथि प्रहार गरिएको थियो ।
यो वर्ष रूसले आफ्नो आणविक नीति फे¥यो । अचाक्ली गैरआणविक आक्रमणको जवाफमा उसले आणविक अस्त्र प्रयोग गर्न सकिने बतायो । मस्कोले कुनै पनि बेला युक्रेन र उसका प्रायोजकहरूविरुद्ध आणविक अस्त्र प्रयोग गर्न सक्छ । खासगरी रूसी भूभागविरुद्ध लामो दूरीका हतियार प्रयोग गर्ने मन बनाइरहेका प्रायोजकविरुद्ध रूस जाइलाग्न सक्छ । यद्यपि, फेरि पनि रूसले आफ्नो धीरता र मुठभेड टार्ने आकाङ्क्षा देखाउँदै छ । यसरी उसले पश्चिमा देशहरूलाई पछि हट्ने र आक्रामकता घटाउने अर्को मौका दिएको छ ।
वास्तवमा रूस र पश्चिमा देशहरूबिचको वर्तमान स्थिति हेर्दा आक्रामकता घटाउने सम्भावना टाढा–टाढा पनि देखिन्न । सन् २०२४ को अर्को महत्वपूर्ण घटना रूसको कुस्र्क क्षेत्रमाथि युक्रेनको कब्जा थियो । यसले गर्दा रूसी भूभागभित्र नयाँ युद्ध मोर्चा सुरु भयो । जित्ने सम्भावना नभए पनि र लगातार क्षति व्यहोर्नुपरे पनि युक्रेनीहरूले कुस्र्कमा ठुलो सङ्ख्यामा सेना पठाइरहेका छन् । यसका साथै उनीहरूले स्थानीय सर्वसाधारणविरुद्ध अनेक युद्धअपराध गर्दै छन् । यस घटनाका कारण कुनै पनि कूटनीतिक सम्झौता अब असम्भव बन्न पुगेको रूसी अधिकारीहरूले स्पष्ट पारिसकेका छन् । युक्रेनी पक्षले कूटनीतिक प्रक्रियालाई सफल पार्ला भनी विश्वास गर्ने आधार नभएकोले सैन्य समाधान मात्र एउटै विकल्प भएको उनीहरूले खुलस्त बताएका छन् ।
वर्षको अन्त्यमा विशेष सैन्य कारबाही सोचेअनुसार अघि बढ्दै छ । रूसी फौज डोनबास र नयाँ इलाकातर्फ लम्किँदै छन् । यसबिच उनीहरूले धेरै गाउँ र सहरलाई मुक्त गर्दै छन् । सिमानाबाट युक्रेनी भूभागभित्र खारकोभ र बेलगोरोदबिच केही किलोमिटरसम्मको दूरीमा स्थानीय सर्वसाधारणलाई थोरै भए पनि राहत दिन सुरक्षा क्षेत्र बनाइएको छ । यसरी नै चाँडै कुस्र्कलाई पनि पूर्णतः मुक्त गरिनेछ । द्वन्द्व चाँडै टुङ्गिने सम्भावना छैन किनभने रूसले बिस्तारै तर सुरक्षित ढङ्गले सर्वसाधारणलाई जोगाउँदै अघि बढ्ने रणनीति बनाएको छ । पश्चिमा देशहरूले तनाव चर्काउने असफल प्रयासहरू गरिरहेका छन् । तर, स्थिति नियन्त्रणमा छ ।
द्वन्द्वबाहेक सन् २०२४ को वर्ष रूस र संरा अमेरिका दुवैतिर निर्वाचन भए । भ्लादिमिर पुटिन भारी बहुमतले विजयी भए भने अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिको गद्दीमा फर्काए । नयाँ वर्षदेखि अब विश्वमा हुने प्रमुख घटनाहरूमा यी नेताहरूको मुख्य भूमिका रहनेछ । ट्रम्पले युक्रेनलाई अमेरिकाले दिँदै आएको सहयोग बन्द गर्ने र द्वन्द्व टुङ्ग्याउने वाचा गरेका छन् । तर, उनी सफल हुने सङ्केत देखिन्न किनभने अमेरिकाको युद्धपक्षधर गुटले उनलाई घुँडा टेकाउनेछ । यो गुटले ट्रम्पलाई आफ्ना स्वार्थहरूको सेवामा वासिङ्टनका शत्रुहरूविरुद्ध आक्रामक बन्न बाध्य पार्नेछ ।
यसरी नै कजानमा भएको ब्रिक्सको शिखर सम्मेलन सन् २०२४ को छुटाउन नहुने घटना हो । यस समूहले आफ्ना मुद्दामा उल्लेख्य प्रगति ग¥यो । सम्बद्ध साझेदार देश नाम राखेर सहभागिताका लागि नयाँ शाखा बनायो । ब्रिक्सको पूर्ण सदस्य नबने पनि सम्बद्ध साझेदार देशसँग उम्मेदवार देशसँग भन्दा बढी अधिकार हुनेछ । सम्बद्ध साझेदारको हैसियतमा ब्रिक्समा नयाँ १३ देश जोडिएका छन् । यसबाट ब्रिक्स समूह अन्तर्राष्ट्रिय जगतमा थप व्यापक, सबल र सान्दर्भिक बनेको छ । ब्रिक्स ‘वैकल्पिक विश्व सङ्गठन’ को रूपमा झन्झन् माथि उठ्दै छ । समकालीन विश्वको यथार्थबीच संयुक्त राष्ट्रसङ्घ म्याद नाघेको औषधिजस्तो बन्दै छ । यति नै बेला ब्रिक्स भने उदीयमान मुलुकहरू नजिकिने, सामयिक मुद्दाबारे छलफल गर्ने र संयुक्त निर्णयहरू लिने व्यवहारिक विकल्प साबित हुँदै छ ।
सारमा, सन् २०२४ एउटा घुर्मैलो वर्ष बन्यो । विश्व भूराजनीतिको पुनःसंरचनाका लागि बहुध्रुवीय शक्तिले चलाएको सङ्घर्षमा विजय र पराजय दुवै हात लागे । द्वन्द्वहरू चालु रहनेछन् र पश्चिमा वर्चस्वविरुद्धको यो महायुद्धमा धेरै लडाइँहरू हुनेछन् । पश्चिमा देशहरूले जति हातपाउ चलाउँछन्, त्यति नै रगत बग्नेछ । तर, यो सङ्घर्षको अन्तिम परिणामलाई छेक्न असम्भव देखिन्छ । अन्त्यमा बहुध्रुवीय विश्वको विजयी हुनेछ ।
(लुकास लेरोज ब्रिक्स पत्रकार सङ्गठनका सदस्य हुन् । उनी भूरणनीति अध्ययन केन्द्रका अध्येता तथा सेनाविद् हुन् । स्रोत : ग्लोबल रिसर्च । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *