भर्खरै :

राजनीति शुद्ध राजनीति शुद्ध बनाउन जुत्तामा पालिस !

राजनीतिमा मण्डले, डन, गुण्डा, उच्छृङ्खल व्यक्तिले ठाउँ पाउनु राम्रो लक्षण होइन । त्यस्तै व्यक्तिहरूलाई दलले उम्मेदवार उठाएर जिताउनु दलको ठूलो गल्ती हो । यस्ता अराजकहरू नेकाभित्र मात्र होइन एमाले र माओवादी केन्द्रभित्र पनि देखिएका छन् । उच्छृङ्खल व्यक्तिहरूले कहिल्यै सही राजनीति गर्दैनन् । गलत बाटो या आपराधिक क्रियाकलापमा लागेका व्यक्तिहरूलाई राजनीति र पदमा स्थान दिने ठूला दलका नेताहरूको राजनीति सही छैन भन्ने थाहा हुन्छ ।  पार्टीभित्र उच्छृङ्खल तत्वहरूमात्र होइन आर्थिक अनियमितता गर्ने, भ्रष्टाचारी, कालाबजारीहरूले पनि ठाउँ पाएका छन् । भ्रष्टाचारी, कमिसनखोर, डनहरू प्रहरीको कारबाही परे, पक्राउ परे ठूला दलका नेताहरू प्रहरी प्रशासनलाई दबाब दिन्छन्, दबाब दिएर छोडाउँछन् । नेताहरूको दबाबबाट छोडिएका कति डनहरू उफ्रन्छन्, पार्टीले मानमर्यादा राख्यो भनी उल्टै धाक देखाउँछन् । गएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा डनहरू निर्वाचित भए । आज तिनै प्रतिनिधिहरू कालोधब्बामा परेका छन् ।  नेकाका केही नेताहरूले पार्टीभित्र त्यस्तै व्यक्तिहरूले स्थान पाए भनी मङ्गलबार सडकमा बसेर सर्वसाधारण जनताको जुत्तामा पालिस गरे । नेकाका केन्द्रीय सदस्य चन्द्रभण्डारीले भ्रष्टाचारले राजनीतिलाई अशुद्ध बनाएको बताए । पार्टीमा भ्रष्टीकरण बढेर चुनावमा प्रतिस्पर्धा गर्न ठेकेदार र पैसावाल हुनुपर्ने प्रवृत्तिविरुद्ध व्यङ्ग्य गर्दै असंतुष्ट नेकाका नेताहरूले जुत्तामा पालिस लगाए । जुत्तामा पालिस लगाएर राम्रो बनाएझैं पार्टी पनि राम्रो बनाउनु पर्ने र त्यसको लागि शुद्धीकरण गर्नुपर्ने उनीहरूको जोड हो । नेताहरू राजनीतिक रुपमा शुद्ध र नैतिकवान हुनुपथ्र्यो । पूर्वसभामुख दमननाथ ढुङ्गानाको अध्यक्षतामा गठित प्रतिष्ठानले आफैबाट राजनीतिक शुद्धीकरणको सुरुवात गर्न जुत्तामा पालिस लगाउने कार्यक्रम राखेको हो । जुत्ता पालिस गर्न बसेका नेताहरूमा धनराज गुरुङ, दमननाथ ढुङ्गाना, राधेश्याम अधिकारी र महेश खरेल आदि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *