जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
तस्वीरः अनलाईन खबर
हेटौंडा, १८ माघ । प्रदेश नं ३ को पहिलो ऐतिहासिक बैठक बिहीबार हेटौडामा बस्यो । हेटौंडा, १८ माघ । प्रदेश नं ३ को पहिलो ऐतिहासिक बैठक बिहीबार हेटौडामा बस्यो ।
सङ्घीय गणतन्त्र नेपालको पहिलो प्रदेश सभामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट मन्तव्य राख्दै भक्तपुर क्षेत्र नं १ ख का सांसद सुरेन्द्रराज गोसाईले वीर सहिद र वीर योद्धाहरुको रगत पसिनालाई साक्षी राखी देश र जनताको व्यापक हितको पक्षमा, देशको सार्वभौमिकता, स्वतन्त्रता एवं स्वाधीनताको लागि र नेपाली जनताको स्वाभिमान रक्षार्थ एक बफादार सिपाहीको रुपमा प्रस्तुत हुने र निःस्वार्थपूर्वक क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो । ृ
उहाँले भन्नुभयो,‘देशका सत्ताधारी दलहरु कति सक्षम र दूरदर्शी छन् भन्ने कुराको पछिल्लो दृष्टान्त प्रदेश बैठकको संचालन तथा कार्यविधि, निर्वाचन आदिले पेश गरिरहेको छ, छर्लङ्ग्याइसकेको छ । ती कति दूरदर्शी छन्, पूर्व तयारी गर्छन् भन्ने प्रष्ट बताइरहेको तीतो अनुभवका बीच बैठक प्रारम्भ हँुदैछ । पौडी खेल्न नजानेको बालक पोखरीमा हामफालेको अवस्थासँग वर्तमान देशको स्थिति दाँज्दा कमैले मात्र अनुचित ठान्लान् !’
‘हामी ३ नं प्रदेशको बैठकमा उपस्थित छौं । यो प्रदेश र प्रदेशका जनताको विकास, उन्नति एवं भलाइ स्वाभाविक रुपमा हाम्रो चासो, चिन्ता र चिन्तनको विषय हो । यतिमात्र जिम्मेवारी हाम्रो हो भन्नु न्यायोचित नहोला । बरु समग्र देशको हित र प्रगति हाम्रो मन–मस्तिष्कमा बोक्न आवश्यक छ । प्रदेश–प्रदेशबीचको समन्वय, सुमधुर सम्बन्ध, साझा हितलाई प्राथमिकतामा राख्न सक्नुमै हाम्रो सफलता अन्र्तनीहित हुने निर्विवाद छ ।’, नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य समेत रहनुभएका गोसाईले भन्नुभयो । देशको आवश्यकता र नेपाली जनताको अबको चाहना भनेको विकेन्द्रिकरणको वास्तविक अभ्यास र सन्तुलित विकास नै हो भन्दै उहाँले यसलाई ब्यवहारमा लागु गर्नुनै आजको जिम्मेवारी भएको र जातीय नारा, क्षेत्रीय भावना, साम्प्रदायिक सोच र दलगत स्वार्थले विकास निर्माण प्रभावित हुनु हँदैन र कसैको अहंकारको कारण समाजको समग्र प्रगति अवरुद्ध हुनु हँुदैन भन्नुभयो । ‘केन्द्रले गर्न नसकेका काम प्रदेशले गरेर, केन्द्रमा रहेका भ्रष्टाचार, पक्षपात, ढिला–सुस्ती, भागवण्डाजस्ता कुसंस्कार प्रदेशमा पस्न नदिएर हामी यो प्रदेशका जनतालाई आशाको किरण देखाउन सक्छौं, प्रदेशभरि उत्साहको संचार गर्न सक्छौं र संभावनाको सन्देश प्रवाह गर्न सक्छौं ।’, उहाँले जोड दिनुभयो ।

संघीयता प्राथमिक पाठशालामा भएको चर्चा गर्दै उहाँले भन्नुभयो,‘विभिन्न देशका अनुभवबाट सिक्दै पाइला चाल्नु नै बुद्धिमानी ठहरिनेछ । स्विट्जरल्याण्ड, सं. रा. अमेरिका, पूर्व सोभियतसंघ, भारत लगायतका देशहरुको संघीयतासम्बन्धीका अनुभव हाम्रो निम्ति सहयोगी सिद्ध हुन सक्छ । ती देशका ज्ञान, अनुभव र अभ्यासबाट सिकेर नेपालको परिस्थितिसँग मेल खाने किसिमले हामी अगाडि बढ्न सके कममात्र गल्ती हुने र उद्देश्यमा पुग्न लामो समय नलाग्ने निश्चित छ । संविधान सभाबाट बनाइएको नयाँ संविधानसमेत बारम्बार संशोधन गरिएको लाजमर्दो स्थिति फेरि नदोहोरियोस् भन्नेतर्पm हामी सचेत हुनैपर्छ ।’
सांसद गोसाईले भन्नुभयो,‘शासक दलहरु समृद्धिको भाषण फलाक्छन् । तर समृद्धि कुनै तयारी खाजा होइन, कुनै रुखको पाकेको फल पनि होइन । लाखौँ–लाख नेपाली जनता गरीवीको रेखामुनी छन्, भ्रष्टाचारले देश आक्रान्त छ, अर्थतन्त्र सिकिस्त छ, विदेशीको ऋणमा देश डुबेको छ, प्राकृतिक स्रोत र सम्पदा विदेशीको हातमा धमाधम दिइँदैछ । गरीवी, भोकमरी, भ्रष्टाचार विरुद्धको व्यापक संघर्ष विना समृद्धि केवल ठगी खाने भाँडो बन्नेछ । भारतीय एकाधिकार पूँजीविरुद्ध संघर्ष गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास र क्रान्तिकारी भूमिसुधार एवं वैज्ञानिक कृषि प्रणाली जस्ता ब्यावहारिक पाइला विना समृद्धि ढोंग सिवाय केही पनि हुने छैन ।’
पहिलो प्रदेशसभामा बोल्दै उहाँले भन्नुभयो,‘शोषण, भ्रष्टाचार, महँगी, कानुनविहीनता, अशान्ती, वातावरणीय प्रदूशण, अस्तव्यस्त सडक, बेरोजगारी आदि नेपाली जनताले भोगिरहेका चरम् समस्या तथा विसंगति हुन् भने भारतीय पक्षबाट भइरहेको तीव्र सीमा अतिक्रमण, विदेशी हस्तक्षेप, सांस्कृतिक हमला, भारतीय एकाधिकार पूँजीको दादागिरी देशले बेहोरिराखेको संकट तथा बेथिति हुन् । यी सम्पूर्ण समस्याको समाधान, संकटबाट मोचन र विसंगतिमाथिको विजयनै हाम्रो साझा संकल्प हुन आवश्यक छ । देशभक्त नेपाली जनताको यहीनै आशा एवं अपेक्षा छ ।’
प्रदेशसभाको अर्को बैठक आगामी माघ २७ गते शनिबार बस्ने तय भएको छ । सो दिन प्रदेशसभाको सभामुखको निर्वाचन समेत हुने बताइएको छ । साथै माघ २८ को बैठकमा उपसभामुख पदको चुनाव हुने खबर प्राप्त भएको छ ।
Leave a Reply