भर्खरै :

ब्रह्मायणी सेवा क्याम्पमा सहभागीलाई प्रमाणपत्र वितरण

ब्रह्मायणी सेवा क्याम्पमा सहभागीलाई प्रमाणपत्र वितरण

भक्तपुर, २५ पुस । दशमीका दिन ब्रह्मायणी मन्दिरमा सेवा गर्ने स्काउटहरूलाई बिहीबार प्रमाणपत्र वितरण गरिएको छ ।
स्थानीय स्काउट प्रमुख तथा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको आतिथ्यमा सो प्रमाणपत्र वितरण गरिएको हो ।
स्थानीय स्काउट कार्यालय, भक्तपुर नगरपालिकाका अनुसार ब्रह्मायणी सेवा क्याम्पमा १ सय ७२ जनाले स्वयम्सेवा गरेका थिए ।
प्रमाणपत्र वितरण गर्दै स्थानीय स्काउट प्रमुख रजनी जोशीले स्काउटहरूले घटस्थापनामा माटो वितरण गरेको र मेला व्यवस्थापन गरेकोमा सराहना व्यक्त गर्नुभयो ।
उहाँले स्काउटले आफूलाई सुरक्षित पार्दै स्वास्थ्यको ख्याल गरी सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपालका स्काउटका पूर्वसचिव रामगोपाल कर्माचार्यले स्काउटले हरदम जनताको सेवा गरेको र यसपालिको भक्तपुर महोत्सवमा ७ वर्षदेखि ७० वर्षका स्काउटहरूले स्वयंसेवकको भूमिका खेल्दा देश विदेशमा सकारात्मक सन्देश गएको खबर आफूले प्राप्त गरेको बताउनुभयो ।
स्थानीय स्काउट आयुक्त बालकृष्ण बनमालाले जनताको सहयोग र साथ पाएका कारण यसपालि कुनै पनि प्रकारको अप्रिय घटना नभएको बताउनुभयो ।
स्थानीय सामुदायिक विकास आयुक्त पुष्पा प्रजापतिले विजया दशमीका दिन बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म सेवा गरेको र स्काउटहरूले घरको पर्वलाई भन्दा सेवालाई प्राथमिकता दिएकोमा धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *