स्थानीय स्काउटको शुभकामना आदानप्रदान
- कार्तिक ६, २०८२

काठमाडौँ, २५ पुस । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा भएको विश्व सर्वहारावर्गका महान् गुरू स्तालिन र माओ त्सेतुङको जन्मोत्सवको अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले रूसको अक्टोबर समाजवादी क्रान्ति र चीनमा भएको समाजवादी क्रान्तिबारे चर्चा गर्नुभयो ।
उहाँले नेता स्तालिनले रूसको कम्युनिस्ट आन्दोलन मात्र नभइकन विश्वकै कम्युनिस्ट आन्दोलनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । समाजवादी व्यवस्थाले मात्रै आम जनताको जीवनस्तर उकास्ने भएकोले पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिका अध्यक्ष शोभालाल श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी साताँै काठमाडौँ जिल्ला सम्मेलन तयारी समितिका सचिव विशोक डंगोल, नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिका सचिव शैलेश डंगोल, सदस्य रमेश डंगोल, नेपाल क्रान्तिकारी महिला सङ्घ टोखा नगर समितिका अध्यक्ष गणेशमाया श्रेष्ठ डंगोल, नेपाल क्रान्तिकारी युवा सङ्घ टोखा नगर समितिका सचिव नरेश डंगोलले पनि स्तालिन र माओको योगदानबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply