भर्खरै :

राष्ट्राध्यक्ष सीद्वारा चिनियाँ कानुन समाजको नवौँ राष्ट्रिय सम्मेलनलाई शुभकामना

राष्ट्राध्यक्ष सीद्वारा चिनियाँ कानुन समाजको नवौँ राष्ट्रिय सम्मेलनलाई शुभकामना

पेइचिङ, २८ पुस (सीआरआई) । चिनियाँकानुन समाजको नवौँ राष्ट्रिय सम्मेलनको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले देशभरिका कानुन व्यवसायीहरूलाई शुभकामना दिँदै कानुन समाजले अझै राम्रो काम गर्ने आशा व्यक्त गर्नुभएको छ ।
सी चिनफिङले आफ्नो पत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनदेखि नै सबै स्तरका कानुन समाजले एकतावद्ध भएर बहुसङ्ख्यक कानुन व्यवसायीहरूलाई धेरै काम गरेर व्यापक शासनको प्रवद्र्धनमा सकारात्मक योगदान दिएको कुरा औँल्याउनुभएको छ ।
चिनियाँ कानुन समाजको नवौँ राष्ट्रिय सम्मेलन जनवरी १० मा बिहान पेइचिङमा आयोजना भएको हो ।
राष्ट्रिय पेचिङ ओपेरा थिएटरका युवा कलाकारहरूलाई राष्ट्राध्यक्ष सीद्वारा जवाफ पत्र
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै राष्ट्रिय पेचिङ ओपेरा थिएटरका युवा कलाकारहरूलाई जवाफी पत्र लेख्दै राष्ट्रिय पेचिङ ओपेरा थिएटर स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा सबै कलाकार र कर्मचारीहरूलाई बधाई र अभिवादन व्यक्त गर्नुभएको छ ।
चिनियाँ राष्ट्राध्यक्ष सीका अनुसार राष्ट्रिय पेचिङ ओपेरा थिएटरले पार्टीको साहित्यिक र कलात्मक सिद्धान्त र नीतिहरू लागु गर्दै धेरै शास्त्रीय भण्डारहरू सिर्जना गरेको छ र धेरै उत्कृष्ट कलात्मक प्रतिभाहरू हुर्काएको छ । यसले चिनियाँ ओपेरा बगैँचामा शानदार रङहरू थपेको छ । नयाँ सुरूवातमा सबै युवा कलाकारहरूले आफ्ना पूर्वजहरूको उत्कृष्ट परम्परालाई उत्तराधिकारी गर्दै पेचिङ ओपेरा कलालाई समयको महिमाले चम्किरहन दिएर र साहित्य, कला र भवनको समृद्धिमा योगदान गर्ने आशा सीले गर्नुभएको छ ।
हालै राष्ट्रिय पेकिङ ओपेरा थिएटरका सबै युवा कलाकारहरूले राष्ट्राध्यक्ष सीलाई पत्र लेखेर पेचिङ ओपेरा कलाको विरासतको बारेमा जानकारी दिँदै पेचिङ ओपेराको समृद्धि, विकास र चीनको उत्कृष्ट परम्परागत संस्कृतिको प्रवद्र्धनका लागि प्रयास गर्ने आफ्नो दृढ सङ्कल्प व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *