यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मङ्गलबार पदभार ग्रहण गरेपछि पहिलोपटक चीनको भ्रमण गर्नुहुने भएको छ । यस भ्रमणमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ । उहाँले ठुला शक्तिहरूसँगको सम्बन्धलाई कसरी सम्हाल्नुहुन्छ भन्ने कुराले श्रीलङ्काको विकासमा महत्वपूर्ण प्रभाव पार्नेछ ।
दिसानायके श्रीलङ्काको लोकप्रिय राजनीतिक व्यक्तित्व हुनुहुन्छ । उहाँको उदयले हालका वर्षहरूमा आर्थिक सङ्कटपछि श्रीलङ्काका जनताको परिवर्तनको चाहनालाई प्रकाश पार्छ । विद्यार्थीको हैसियतमा निम्न वर्गका जनताको राजनीतिक आन्दोलनमा सहभागी हुनुभएका उहाँले देशमा सुधारको अभिभारा बोक्नुभएको छ ।
दिसानायकेले पदभार ग्रहण गर्नुभएपछि उहाँको प्रशासनले स्पष्ट नीतिगत प्राथमिकताहरू राखेको छ – अर्थतन्त्रलाई बढावा दिने, भ्रष्टाचारविरुद्ध लड्ने र सरकारी कार्यकुशलतामा सुधार गर्ने । त्यसले आर्थिक क्षेत्रमा आफ्नो प्रयासलाई बढाएको छ जहाँ श्रीलङ्काले वर्षौँदेखि कठिनाइहरू देखिरहेको छ । २०२२ मा श्रीलङ्काको दिवालियापनपछि, अन्तर्राष्ट्रिय मुद्रा कोषको बेलआउट कार्यक्रमले देशका केही बृहत् आर्थिक सूचकहरूमा सुधार ल्यायो । तर, यसको मितव्ययितासम्बन्धी उपायहरूले जनताको बोझ धेरै बढाएको छ । २०२१ देखि श्रीलङ्काको गरीबी दर दोब्बर भएको छ, २५ प्रतिशतमा बढेको छ ।
पदभार ग्रहण गरेपछि, दिसानायकेले तुरुन्तै मूल्यहरू स्थिर गर्न, कर कटौती लागु गर्न र श्रीलङ्कामा थप विदेशी लगानी आकर्षित गर्न र नीति समर्थन बढाउनमा ध्यानकेन्द्रित गर्नुभयो । उहाँ भ्रष्टाचारविरुद्ध लड्न कटिबद्ध हुनुहुन्छ । उहाँले भ्रष्ट गतिविधिहरूको लागि तीव्र अनुसन्धान र दण्डलाई जारी राख्ने वाचा गर्नुभयो । उहाँले दशकहरूमा श्रीलङ्काको सबैभन्दा सानो मन्त्रिपरिषद् गठन गर्नुभयो । राष्ट्रिय निर्माण र विकासप्रति आफ्नो प्रतिबद्धता देखाउँदै उहाँले व्यक्तिगतरूपमा रक्षा, वित्त र आर्थिक विकासका साथै डिजिटल अर्थतन्त्रजस्ता प्रमुख मन्त्रालयहरूको निरीक्षण गर्नुभयो ।
आर्थिक पुनरुत्थान र घरेलु सुधार महत्वपूर्ण हुँदाहुँदै पनि बलियो परराष्ट्र नीतिबिना राष्ट्रिय विकास सम्भव छैन भन्ने कुरा दिसानायकेलाई राम्ररी थाहा छ । हिन्द महासागरको रणनीतिक केन्द्रमा अवस्थित एक टापु देशको रूपमा श्रीलङ्काले आन्तरिक चुनौतीहरूको सामनामात्र गर्दैन, त्यस देशले जटिल अन्तर्राष्ट्रिय वातावरणमा सन्तुलन खोज्नुपर्छ । देशको रणनीतिक सुरक्षाका लागि क्षेत्रीय शक्तिहरूसँगको सम्बन्धको व्यवस्थापन महत्वपूर्ण छ । श्रीलङ्काको राष्ट्रिय विकासका लागि छिमेकी देशहरूसँगको स्थिर सम्बन्ध प्रमुख सर्त हो भन्न सकिन्छ ।
डिसेम्बर २०२४ मा दिसानायकेले भारत भ्रमण गर्नुभयो । निर्वाचन विजयपछि उहाँको पहिलो विदेश यात्रा थियो । उहाँको भ्रमणले भारतीय सञ्चारमाध्यममा उत्साहको लहर फैलायो । यसले भारत–श्रीलङ्का सम्बन्धका लागि सही कूटनीतिक छनोटको रूपमा देखायो र दाबी ग¥यो कि यो नयाँ दिल्लीका लागि राम्रो समाचार हो, जसले आफ्नै ‘करेसाबारी’ बढ्दो चिनियाँ प्रभावलाई रोक्न खोजिरहेको छ ।
उहाँ भारत र चीनबिचको ‘स्यान्डविच’ हुन चाहनुहुन्न र दुवै देशहरूलाई ‘मूल्यवान मित्र’ को रूपमा मान्यता दिनुहुन्छ । उहाँ नयाँ दिल्ली र पेइचिङबिचको पक्ष लिन चाहनुहुन्न । केही राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेअनुसार दिसानायकेले भारत र चीन दुवैलाई समान दूरीमा राख्न खोजिरहनुभएको छ ।
वास्तवमा कोलम्बो र नयाँ दिल्लीले धेरै मुद्दाहरूमा समान दृष्टि राख्दैनन् । दिसानायकेले पदभार ग्रहण गर्नेबित्तिकै उहाँको प्रशासनले भारतीय समूह अदानीद्वारा श्रीलङ्कामा वायु ऊर्जा परियोजनाको पूर्ववर्ती स्वीकृतिमा पुनर्विचार गर्ने घोषणा ग¥यो । भारत र श्रीलङ्काबिच लामो समयदेखि टापुको सार्वभौमसत्ता र माछा मार्ने अधिकारलगायत समुद्री स्रोतलाई लिएर विवाद भइरहेको छ । दिसानायकेले श्रीलङ्काको सार्वभौमसत्तामा बलियो जोड दिएकोले, केही भारतीय सञ्चारमाध्यमहरूले दिसानायकेको नेतृत्वमा भारत–श्रीलङ्का सम्बन्धको विकासलाई नयाँ दिल्लीका लागि ‘शुभ समाचार’ भन्न धेरै चाँडो हुनेछ ।
दिसानायकेको आगामी भ्रमण चीन–श्रीलङ्का सम्बन्धको विकासका लागि निकै महत्वपूर्ण छ । लामो समयको भरपर्दो साझेदारको रूपमा चीनले श्रीलङ्काको विकासमा निरन्तर सहयोग गर्दै आएको छ । हालैका वर्षहरूमा, यसले विदेशी प्रत्यक्ष लगानी, पूर्वाधार, ऊर्जा र थप क्षेत्रमा निरन्तर सहयोग प्रदान गरेको छ । श्रीलङ्काको आर्थिक सङ्कटपछि, चीनले ऋण पुनर्संरचनामा महत्वपूर्ण भूमिका खेलेको थियो । यसको समयमै समर्थनले दुई राष्ट्रहरूबिचको गहिरो मित्रतालाई अझ बलियो बनायो ।
श्रीलङ्काका राष्ट्रपतिको चीन भ्रमण सहयोगी विकासका अवसरहरूको खोजीमा केन्द्रित हुने अपेक्षा गरिएको छ । श्रीलङ्काले पनि नयाँ विकास बैङ्कको सदस्य बन्न विशेष ध्यान दिएर ब्रिक्समा सामेल हुन आवेदन दिएको छ । यसले श्रीलङ्काले आफ्ना आर्थिक समस्याहरू समाधान गर्न बहुआयामिक मार्गहरू खोजेको सङ्केत गर्छ । पक्ष लिने वा पिछलग्गू बनी हिँड्ने दिसानायके प्रशासनको विदेश नीतिको विकल्प हुने छैन । व्यावहारिक दृष्टिकोणले श्रीलङ्काका लागि थप ठोस लाभहरू प्रदान गर्ने सम्भावना छ ।
(लेखक कम्युनिकेसन युनिभर्सिटी अफ चाइनाको एकेडेमी अफ इन्टरनेसनल एन्ड रिजनल कम्युनिकेसन स्टडीजका रिसर्च फेलो हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश
Leave a Reply