भर्खरै :

फिडेलका जेठो छोराद्वारा आत्महत्या

हवाना, १ फेब्रुअरी । क्युवाली क्रान्तिका नेता एवं क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोरा फिडेल क्यास्ट्रो डायज–बालार्टले आत्महत्या गरेको समाचार प्राप्त भएको छ । बिहीबार बिहान उनले आत्महत्या गरेको समाचार स्रोतहरुले जनाएका छन् ।
उनी ६८ वर्षको थिए । ‘फिडेलिटो’ वा ‘सानो फिडेल’ नामले उनी चर्चित थिए । उनको अनुहार धेरै कोणबाट आफ्नै बुवाको अनुहारसँग मिल्ने भएकाले उनलाई सानो फिडेल भन्ने गरिएको हो । उनी केही समयदेखि डिप्रेशनको समस्याबाट पीडित थिए ।
फिडेलिटोको जन्म सन् १९४९ मा भएको थियो । सन् १९५९ मा फिडेलको हवाना आगमनसँगै उनी पनि आफ्नो पितासँगै हवाना आएका थिए ।
उनले पूर्वसोभियत संघमा आणविक भौतिकशास्त्रको उच्च अध्ययन गरेका थिए । उनी क्युवाली राज्यपरिषद्मा वैज्ञानिक प्रतिनिधि र क्युवाली विज्ञान प्रतिष्ठानका उपाध्यक्ष पदमा कार्यरत थिए ।
सन् १९८० देख ि१९९२ सम्म उनी क्युवाली आणविक कार्यक्रमका प्रमुख थिए । क्युवाको व्यापारमा आएको संकट तथा सोभियत संघबाट प्राप्त सहयोग रोकिएपश्चात क्युवाले आफ्नो आणविक कार्यक्रम रोकेको थियो । त्यसयता फिडेलिटो सार्वजनिक कार्यक्रममा कमैमात्र देखापर्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *