राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, २ माघ । भक्तपुर नगरपालिकाका प्रमुख एवम् सत्रौँ नगरसभाका सभाध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार नगरसभाको बैठक बस्यो ।
सभाको विशेष समयमा सभासद्हरू मन्जु लाखा, इन्द्रबहादुर प्याठ, हेरा ख्याजू, नारायणप्रसाद त्वानाबासु, सूर्यप्रसाद श्रेष्ठ, जितेन्द्र मुनंकर्मी, रामसुन्दर बासी र गोविन्द दुवालले नगरको समग्र समस्या र चुनौतीबारे आ–आफ्नो धारणा राख्नुभयो ।
सभामा उहाँहरूले भक्तपुर नपाको आयोजनामा गत मङ्सिर २८ गतेदेखि पुस २ गते सम्पन्न भक्तपुर महोत्सव उपलब्धिमूलक भएको, तरकारीमा विषादीको मात्रा प्रयोग गर्ने यन्त्रको व्यवस्था गर्नुपर्ने, कौसी खेती र कम्पोस्ट मल बनाउने तालिम पुनः सञ्चालन गर्नुपर्ने, महोत्सवले जनतामा जोश जाँगर थपेको, कृषि उपज बिक्री केन्द्र सञ्चालन गर्नुपर्ने, नगर प्रवेशमार्गहरूमा सडक बत्ती र सीसी क्यामेरा जडान तथा मर्मत सम्भार हुनुपर्ने, वडा नं. १० र ६ मा पनि मेलम्चीको खानेपानीको व्यवस्था गर्नुपर्ने, नगरका खोलाहरू दुर्गन्धित हुँदा खोलाछेउका बस्तीहरूमा दुर्गन्ध फैलिएको, फोहोर सङ्कलन व्यवस्थित गर्नुपर्ने, सुकुनाफाँटमा व्यवस्थित आवास योजना सञ्चालन गर्नुपर्नेलगायतका धारणाहरू व्यक्त गर्नुभयो ।
सभामा अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समिति, वातावरण तथा पर्यटन समिति, शिक्षा संस्कृति तथा स्वास्थ्य समिति, लेखा तथा आर्थिक समिति, निर्माण समिति, कृषि समिति, खलेकुद समिति, महिला बालबालिका तथा समाज कल्याण समिति, बजार अनुगमन समिति र न्यायिक समितिको प्रतिवेदन सम्बन्धित समितिका संयोजक तथा सदस्यहरूद्वारा प्रस्तुत गरिएको थियो ।
नगरसभाको अर्को बैठक माघ ३ गते बिहीबार दिनको १ बजे बस्नेछ ।
Leave a Reply