त्रिशुली–३ कोे सुरुङबाट विदेशीसहित २०८ को उद्धार
- भाद्र १३, २०८३
कैलाली, ३ माघ । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा पार्टीको ५१ औँ स्थापना दिवसको अवसर पारी लम्किचुहा नगरपालिका वडा नं. ५ चौरीमा ३६ औँ केन्द्रीय परिषद्को सन्देश र आठौँ महाधिवेशनको तयारी विषयमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले काम गरिखाने मजदुर र किसानले राजनीति बुझ्न आवश्यक भएको र आफ्नो हक हितको निमित्त एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले नेमकिपाले गाउँ गाउँमा गएर मजदुर र किसानलाई राजनीतिकरूपमा सचेत पारिरहेको उल्लेख गर्दै मजदुर र किसानले एक दिन अवश्य आफ्नो हितको निमित्त आवाज उठाउने छन् र समाजवादी व्यवस्था ल्याउने छन् भन्नुभयो ।
उहाँले अहिलेसम्मका शासक दलहरूले पुँजीपतिहरूको हितको निम्ति नियम कानुन बनाई काम गरिखाने जनतालाई शोषण दमन गरेको जानकारी दिँदै अब मजदुर र किसानले आफू पिल्सिएको कुरा बुझी सचेत र सङ्गठित भई यो पुँजीवादी व्यवस्थालाई परास्त गर्न सबै मजदुर र किसानको हितको निम्ति नेमकिपा लागिरहेको बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले ३६ औँ केन्द्रीय परिषद्को सन्देशबारे बताउँदै नेमकिपाको आठौँ महाधिवेशन फागुन १६–१९ गतेसम्म भक्तपुरमा हुने जानकारी गराउँदै महाधिवेशन सफल पार्न सम्पूर्ण मजदुर र किसानलाई आर्थिक, नैतिक र भौतिकरूपमा सहयोग गर्न अनुरोध गर्नुभयो ।
उहाँले माघ महिनाभरि नेमकिपा स्थापनाको उद्देश्यबारेमा गाउँगाउँमा मजदुर र किसानलाई बुझाइरहेको बताउनुभयो ।
उहाँले यो पुँजीवादी व्यवस्थाको चुनावमा जनताको किनबेच गर्ने विभिन्न किसिमका झूटो आश्वासन दिई जित्ने र अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इसारामा देश चलिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ कैलालीका अध्यक्ष गुप्तबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घका सदस्य तारा तिरुवा र नेक्राविसङ्घ कैलालीका अध्यक्ष एचबीले पनि बोल्नुभएको थियो ।
Leave a Reply