त्रिशुली–३ कोे सुरुङबाट विदेशीसहित २०८ को उद्धार
- भाद्र १३, २०८३
भक्तपुर, ३ माघ । भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा बिहीबार सम्पन्न भएको छ । सभामा नगर प्रमुख सुनिल प्रजापतिले इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाले नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई उपयोग गर्दै आएको बताउनुभयो । उहाँले निर्वाचन घोषणापत्रअनुसार काम गर्नु सम्पूर्ण जनप्रतिनिधिहरूको कर्तव्य हो भन्नुभयो । उहाँले भन्नुभयो, “भक्तपुरका जनताले नेमकिपालाई विश्वास गरेर जिताए । उहाँहरूको आशाअनुसार सेवा गरेर जनतालाई खुसी पार्नुपर्छ । भक्तपुरमा जनप्रतिनिधिहरूको कारण मात्र राम्रो काम भइरहेको होइन, यहाँका हजारौँ नदेखिने हातहरूले जनप्रतिनिधिहरूको कामलाई साथ दिइरहेका छन् । ती सबैलाई हामीले सम्झनुपर्छ र नमन गर्नुपर्छ ।”
उहाँले वि.सं. २०३१ साल माघ १० गते स्थापना भएको नेपाल मजदुर किसान पार्टी स्थापनाका आधारहरूबारे प्रस्ट पार्दै माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अवलम्बन गर्दै नेमकिपा सामन्तवाद, पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादविरुद्ध अविचलितरूपमा सङ्घर्षरत रहेको बताउनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको सत्रौँ नगरसभाको बिहीबार बसेको बैठकले उपाध्यक्ष एवं उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत भक्तपुर नपाको आ.व. २०८१/८२ को बजेट संशोधन तथा रकमान्तरसम्बन्धी प्रस्ताव र विधायन समितिका संयोजक हरिराम सुवालले प्रस्तुत गर्नुभएको भक्तपुर नगरपालिका आदर निकेतन सेवासम्बन्धी ऐन, २०७७ मा दोस्रो संशोधन सर्वसम्मतिले पारित ग¥यो ।
बैठकले यस वर्षको अन्तरनगर खेलकुद प्रतियोगितामा जिम्न्यास्टिक खेलको आयोजना गरिने पनि सर्वसम्मतिले पारित गरेको छ । बिहीबारको बैठकमा आर्थिक समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नपाले आ.व. २०८०/८१ को संस्थागत स्वमूल्याङ्कनमा प्राप्त गरेको नतिजाबारे जानकारी दिनुभयो ।
नगरसभामा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका र चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा भक्तपुर दरबार स्क्वायरमा आउँदो माघ ५ गते शनिबार हुने ‘नेपाल भ्रमण वर्ष २०२५’ र ‘चिनियाँ नयाँ वर्ष २०२५’ मा हुने गतिविधिहरूको बारेमा सङ्क्षिप्त जानकारी दिँदै नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष प्रजापतिले उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, अतिथि, राजनैतिक तथा सामाजिक अगुवा, बुद्धिजीवी, मजदुर, उद्योगीका साथै नगरसभा अवधिभर सहयोग गर्ने जनप्रतिनिधि र कर्मचारीलगायत सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
Leave a Reply