भर्खरै :

काभ्रेमा माक्र्सको द्विशतवार्षिकी

काभ्रे,  १९ माघ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ आठौं जिल्ला सम्मेलन तयारी समिति काभ्रेको आयोजनामा विश्व सर्वहारा वर्गका महान गुरू कार्ल माक्र्सको द्विशतवार्षिकी र नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा कार्यशाला गोष्ठी सम्पन्न भयो । कार्ल माक्र्सको जीवनीबारे प्रकाश पार्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले माक्र्सवाद वैज्ञानिक सिद्धान्त भएको बताउनुभयो ।
माक्र्सवादले कुनै पनि वस्तुको उत्पत्ति, विकास र अन्त्यको अध्ययन र पुष्टि गर्ने भएकोले वैज्ञानिक विचार भएको उहाँको भनाइ थियो । नेपाल मजदुर किसान पार्टी काभ्रेका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले नेमकिपाले मजदुर, किसान कामदार जनताको निःस्वार्थ सेवा गर्दै आएको बताउनुभयो । जोताहा किसानको हक अधिकार स्थापित गर्न, महँगी, अन्याय, अत्याचार, भ्रष्टाचार, कालाबजारीविरूद्ध नेमकिपाले सङ्घर्ष गर्दै आएको हुँदा अरू पार्टी भन्दा भिन्न रहेको विचार राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ आठौं जिल्ला सम्मेलन तयारी समिति काभ्रेका संयोजक तारा तामाङको सभापतित्वमा भएको कार्यक्रममा समितिका सचिव भोला खरेल र कोषाध्यक्ष तारा न्यौपानेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *