भर्खरै :

अन्तर समाज फुटबल शुरु

भक्तपुर, २० माघ ।  नेपाल कर्मचारी समाजको आयोजनामा तेस्रो अन्तर समाज फूटबल प्रतियोगिता शनिबार शुरु भएको छ ।   नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा आयोजित फूटबल प्रतियोगिताको उद्घाटन पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले गर्नुभयो ।
कार्यक्रममा नेमकिपाको इतिहासबारे चर्चा गर्दै उहाँले नेमकिपा सिद्धान्तको राजनीति अगाडि बढाउन दृढ रहेको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, ‘भारतीय एकाधिकार पूँजी, अमेरिकी साम्राज्यवाद र नाटो आबद्ध साम्राज्यवादी देशहरूले आफ्नो स्वार्थ पूरा गर्न ‘वाम गठबन्धन’ गराएका हुन् ।’
प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले देश र जनताको सेवामा लाग्ने खेलाडीहरू आवश्यक भएको बताउनुभयो ।
पत्रकार समाजका अध्यक्ष लक्ष्मणराज जोशीले नेमकिपाले राजनीतिलाई राजनीतिकढंगले अगाडि बढाइरहेको र देश र जनताको हितमा नेमकिपाले दृढतापूर्वक राजनीतिक दायित्व निर्वाह गरिरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति गौतमप्रसाद लासिवाले नेमकिपाको इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिन र खेलकुदमार्फत देशको सार्वभौमिकता जोगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
इञ्जिनियर समाजका नरेश खत्री, कानुन अध्ययन समाजका रामप्रसाद प्रजापति, सहकारी अध्ययन समाजका मीनबहादुर बाटा र अर्थशास्त्र समाजका मुरज दिदियाले  शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा आयोजक समितिका शिवराम धुख्वाले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा इञ्जिनियर समाज नेपाल, पत्रकार समाज नेपाल, नेपाल प्राध्यापक समाज, सहकारी अध्ययन समाज नेपाल, चिकित्सक समाज नेपाल, नेपाल कर्मचारी समाज, अर्थशास्त्र समाज नेपाल  र कानुन अध्ययन समाज नेपालको सहभागिता रहेको छ ।  शनिबार प्रतियोगिताका पहिलो चरणका खेलहरू सम्पन्न भए ।
शनिबार भएको खेलमा इञ्जिनियर समाज, चिकित्सक समाज, अर्थशास्त्र समाज र सहकारी अध्ययन खेलमा इञ्जिनियर समाज, चिकित्सक समाज, अर्थशास्त्र समाज र सहकारी अध्ययन समाज विजय भई सेमिफाइनलमा पुग्न सफल भएको छ ।  सेमिफाइनल खेल माघ २६ गते र फाइनल खेल माघ २७ गते हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *