चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
चीन नेपालको छिमेकी मात्र होइन मित्र देश पनि हो । चीन सहयोगी देश पनि हो । नेपाल र चीनको दौत्य सम्बन्ध धेरै पुरानो छ । चीनले बेलाबखत नेपालको निम्ति गरेको सहयोग अविस्मरणीय छ । विकासको निम्ति गरिएको सहयोगमा चीनको कुनै सर्त हुँदैन । चीनले कुनै देशमा नाकाबन्दी गरेको छैन; आक्रमण गरेको छैन । अहिले त चीनले संसारका सबै मुलुकमा बाटो जोडेर विकास गर्ने बाटो खोलेको छ । सबैजसो देशसँग बाटो जोड्ने ‘क्षेत्र र मार्ग’ ले सहकार्यमा टेवा पु¥याउँछ । चीन शक्तिशाली देश भएर पनि शक्तिको उन्मादमा कसैलाई आक्रमण गर्ने र दबाब दिने काम गरेको छैन । तर, संयुक्त राज्य अमेरिका अरू स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्छ; हस्तक्षेप गर्छ । आर्थिक नाकाबन्दी गर्ने, आफ्नो विचारभन्दा फरक विचारका देश र राष्ट्र प्रमुखहरूलाई धम्की दिने, आन्तरिक कलह चर्काएर द्वन्द्व बढाउने, देश–देश जुधाएर आफ्नो हतियार बेच्ने, शान्ति बिथोल्ने, विकासमा बाधा पु¥याउने काम अमेरिकाले गरिरहेको विश्वका जनतालाई थाहा छ । देशभक्तहरू अमेरिकालाई आक्रामक देश, साम्राज्यवादी देश र शान्तिविरोधी देशको रूपमा चिन्छन् ।
चीनले यो वर्ष नेपाल भ्रमण वर्षको घोषणा गरेको छ । चीनले नेपाल भ्रमणलाई लक्षित बनाएको छ । नेपाल भ्रमण वर्षमा चिनियाँ पर्यटकहरू तुलनात्मकरूपमा यो वर्ष बढी भित्रिने छन् । बाह्य पर्यटकहरू जति बढी भित्रिन्छन् त्यति बढी देशको आयस्रोत बढ्छ । आयस्रोतले देश विकासमा टेवा पु¥याउँछ; जीवनस्तर उकास्न सहयोग गर्छ । नेपालसँग दौत्य सम्बन्ध ७० औँ वर्ष पुगेको अवसरमा नेपाल भ्रमण वर्षको आयोजना गरिएको हो । चीन नेपालको लागि दोस्रो ठुलो पर्यटक आगमन हुने देशमा पर्छ । संसारकै दुई ठुला देशमाझ रहेको नेपालमा भारत र चीनका पर्यटकहरूको आगमन पर्यटन विकासको भरपर्दाे आधार हो । रोजगारीको सिर्जना हुने एक राम्रो स्रोत चिनियाँ पर्यटकहरू भएकाले चिनियाँहरूलाई भ्रमण गर्ने आधार तयार गर्नुपर्छ । यहाँका सांस्कृतिक र प्राकृतिक सम्पदा, स्मारकहरूको संरक्षण, संवद्र्धन गर्नु आवश्यक छ । यसले सामाजिक र आर्थिक विकासमा टेवा पु¥याउँछ । सरकारले पनि चिनियाँहरूको नेपाल भ्रमण वर्ष सफल पार्न आवश्यक नीति नियम तयार गर्नुपर्छ । नेपाललाई चीन र भारतको लागि मात्र होइन संसारका सबै देशहरूको भ्रमण गर्नैपर्ने गन्तव्यस्थल बनाउनुपर्छ, नेपाल भ्रमण गर्ने रोजाइको देश बनाउन देशका सबै सम्बन्धित सरोकारवाला पक्ष गम्भीर हुनुपर्छ । चिनियाँ नयाँ वर्ष २०२५ को अवसरमा शनिबार भक्तपुरको विश्व सम्पदा स्थल लाय्कुमा नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको थियो ।
अतिथि देवः भवः भन्ने नेपालीहरूको संस्कार छ । अतिथिहरूलाई पुज्नुपर्छ भन्ने नेपालीहरूको मान्यता छ । नेपाल भ्रमणमा आउने चिनियाँलगायत अन्य देशका नागरिकहरूलाई लामो समयसम्म यही बसाइँ मिलाउने वातावरण तयार गर्नुपर्छ । यहाँका विभिन्न सांस्कृतिक सम्पदाहरू मौलिक शैलीमा सुरक्षित राख्नुपर्छ; सहरको सडक, गल्ली र चोक चोक सफा राख्नुपर्छ । अतिथिहरूलाई नम्र र शिष्ट व्यवहार गर्नुपर्छ । चिनियाँ तथा अन्य विदेशी नागरिकहरूको निम्ति नेपाल घुम्नैपर्ने ठाउँ बनाउन सरकारी नीति पनि तय गर्नु आवश्यक छ । यहाँ शान्ति सुरक्षाको व्यवस्था हुनुपर्छ† कुनै पनि विदेशीहरू सुरक्षित हुनुपर्छ । यहाँ भ्रमण गर्ने कुनै पनि पर्यटकहरू बारम्बार आउने गरी मन जित्नुपर्छ र त्यसको लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्छ । नेपाललाई पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश बनाउनुपर्छ; पर्यटन क्षेत्रलाई नेपाल सरकारले प्राथमिकतामा राखेर कार्यक्रम तयार गर्नुपर्छ । नेपालमा रहेका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको प्रचार प्रसार गर्नुपर्छ । सिङ्गो मुलुकमा आम चिनियाँ नागरिकलाई स्वागत गर्नुपर्छ । सन् २०२५ लाई विशेष पर्यटन वर्षको रूपमा घोषणा गरिएको हुँदा यसलाई सफल पार्न सरकारी संयन्त्रका सबै तहको सहयोग र साथ आवश्यक छ । पुस्तौँ पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा नेपाल–चीनबिच सहमति भएअनुसार नेपाल भ्रमण वर्ष आयोजना गरिएको हो ।
चीनले नेपाल भ्रमण वर्ष घोषणा गरेजस्तै अरू देशले पनि भ्रमण वर्ष मनाउने घोषणा गरे नेपाल आन्तरिकमात्र होइन बाह्य पर्यटकहरूको आगमनको केन्द्र बन्ने छ । सुन्दर देशको रूपमा परिचित नेपाललाई विश्वसामु चिनाउन बेलाबखत विभिन्न जिल्लामा महोत्सवहरू गरिरहनुपर्छ । भक्तपुर महोत्सवले भक्तपुरलाई मात्र होइन देश विदेशलाई चिनाएको छ; मध्यपुर महोत्सवले पनि ठुलो सहयोग गरेको छ । यस्ता महोत्सवहरू वर्षैभरि भइरहेमा नेपाल भ्रमण वर्ष सफल हुनेछ । भ्रमण वर्ष यहाँको सम्पदा चिनाउनेमात्र होइन अध्ययन गर्ने थलो बन्छ । त्यो देशको निम्ति ठुलो आयस्रोत पनि बन्छ । नेपाल विश्व प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल बनोस् । नेपाल भ्रमण गर्नैपर्ने देश बनिरहोस् । नेपाल भ्रमण वर्ष सफल पार्न सरकारी तहबाट पनि प्रचार प्रसार गर्नुपर्छ; अपिल प्रकाशित गरेर देशका मुख्य मुख्य पर्यटकीय स्थलबारे सुसूचित पार्नुपर्छ । पाहुनाहरूको स्वागतार्थ ठाउँ–ठाउँमा मौलिक शैलीका कलात्मक द्वारहरू तयार गर्नुपर्छ । नेपाल भ्रमणलाई अभियानकै रूपमा अघि बढाउन सबै निकायहरू सञ्चालन हुनुपर्छ । अनि नेपाल भ्रमण सफल हुन्छ । नेपाल भ्रमण वर्षको सफलताको कामना !
Leave a Reply