प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
चीनको नामबाटै झस्किन थालेका पश्चिमेली मुलुकहरूको लागि पछिल्लो समाचारले तनाव नै दियो होला । निर्यात ३५.८ खरब डलर र आयात २५.९ खबर डलर पुगेर २०२४ मा चीनको वैदेशिक व्यापार लाभ लगभग १० खर्ब अमेरिकी डलरको कीर्तिमानी उच्चतम स्तरमा पुगेको छ । यो आकार कति ठुलो छ भनेर अनुमान गर्न हाम्रो देशको आयात–निर्यातसँग (झन्डै १ दशमलव ५ अर्ब डलर निर्यात र १३ दशमलव ५ अर्ब आयात) तुलना गरौँ ।
वैदेशिक व्यापार लाभले विश्वव्यापी उत्पादनमा चीनको बढ्दो प्रभुत्वलाई देखाउँछ । जुन अहिले विश्वव्यापी औद्योगिक उत्पादनको लगभग २७ प्रतिशत हो – जुन सङ्ख्या २०३० सम्ममा ४५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
पश्चिमेली राष्ट्रको लागि टाउको दुखाइ
आर्थिक र भूराजनीतिक गतिशीलतामा उल्लेखनीय प्रभाव पार्ने कारणले गर्दा चीनको ठुलो व्यापार लाभ पश्चिमेली राष्ट्रको लागि टाउको दुखाई भएको छ । अमेरिका र युरोपजस्ता देशहरू चीनसँग व्यापार घाटा हुनु आफ्नो अर्थतन्त्रको लागि हानिकारक ठान्छन् । धेरै राष्ट्रहरू आपूर्ति शृङ्खला अवरोध र चीनको आर्थिक प्रभावको जोखिममा हुँदा चिनियाँ उत्पादनमा अत्यधिक निर्भरताको बारेमा पश्चिमेलीहरूको चिन्ता बढेको छ । उत्पादन क्षेत्र घट्दै गएका पश्चिमी देशहरूले रोजगारी गुमाउनु र औद्योगिकीकरणको अभावको लागि विनिमय दर हेरफेर गरेर चीनको उत्पादन लागत कम भएको भनेर दोष दिन्छन् । पश्चिमी आर्थिक प्रभुत्वलाई चुनौती दिने वैदेशिक व्यापार लाभलाई चीनको बढ्दो विश्वव्यापी प्रभावको विस्तारको रूपमा हेरिन्छ । चीनको उत्पादन प्रभुत्वले सिर्जना गरेको विश्वव्यापी असन्तुलनले उत्पादन क्षेत्रहरूमा निर्भर रहेकाहरूका लागि चुनौती खडा गर्ने भन्ने पश्चिमेली मुलुकहरूको गुनासो छ ।
चीनबाट निर्यात हुने प्रमुख वस्तुहरू
चीन विश्वव्यापी उत्पादन शक्ति भएको छ । चीनको मुख्य निर्यातमा इलेक्ट्रोनिक्स, मेसिनरी, कपडा र विभिन्न उपभोग्य वस्तुहरू समावेश छन् । प्रविधि उद्योगमा चीनको प्रमुख भूमिकालाई झल्काउने स्मार्टफोन, कम्प्युटर र टेलिभिजनजस्ता इलेक्ट्रोनिक्स वस्तु चीनको सबैभन्दा ठुलो निर्यात हो । विद्युतीय मेसिनरी, निर्माण मेसिनरी र सवारी साधनजस्ता मेसिनरी र उपकरणहरूले पनि यसको निर्यात पोर्टफोलियोको महत्वपूर्ण हिस्सा ओगटेका छन् । कपडा क्षेत्रमा चीनको स्थापित उत्पादन क्षमताका कारण कपडा र पोशाक, जसमा पोशाक, जुत्ता र कपडा समावेश छन्, प्रमुख निर्यात वस्तुहरू रहेका छन् । यसको अतिरिक्त चीनले रसायन, स्टील र प्लास्टिकका उत्पादनहरू, खेलौना, फर्निचर र घरेलु उपकरणहरू निर्यात गर्दछ । देशको व्यापक आपूर्ति शृङ्खला र कम लागतको श्रमले यसलाई प्रतिस्पर्धी मूल्यमा यी सामानहरू उत्पादन र निर्यात गर्न सक्षम बनाउँदा एक प्रमुख विश्वव्यापी निर्यातकर्ताको रूपमा चीनको स्थान सुदृढ भएको छ । चीनको गाडी उद्योगले ‘मेड इन चाइना’ नवप्रवर्तनतर्फको कदमबाट फाइदा उठाएको छ, विशेषगरी विद्युतीय सवारी साधन क्षेत्रमा । BYD र NIO जस्ता कम्पनीहरूले विश्वभरका बजारहरूमा कार निर्यात गरेर उल्लेखनीय गति हासिल गरेका छन् ।
स्वदेशी उद्योगलाई बढावा दिने चिनियाँ नीति
चीनमा कार निर्माण उद्योगको तीव्र वृद्धि सरकारको रणनीतिक पहलको परिणाम हो । चिनियाँ सरकारले कम ब्याजदर वा शून्य ब्याजदरमा ऋण, कर छुट र उत्पादन सुविधाको लागि न्यूनतम वा निःशुल्क जग्गामा पहुँचजस्ता पर्याप्त प्रोत्साहनहरू प्रदान गरेर सहयोगी वातावरण सिर्जना गरेको हुन्छ । यी उपायहरूले उत्पादन लागतमा उल्लेखनीय कमी ल्याउँदा स्वदेशी गाडी निर्माताहरूलाई सञ्चालन विस्तार गर्न प्रोत्साहित गर्यो । प्रविधि हस्तान्तरणलाई प्रवद्र्धन गर्न चीनले विदेशी कार निर्माताहरूलाई स्थानीय कम्पनीहरूसँग संयुक्त उद्यम बनाउन आवश्यक पर्ने नीतिहरू लागु गरेर घरेलु फर्महरूलाई उन्नत गाडी उत्पादन प्रविधि र विशेषज्ञतामा पहुँच प्राप्त भयो । यसका साथै पेट्रोलियम पदार्थको खपतलाई कम गर्ने उद्देश्यले चिनियाँ सरकारले विद्युतीय सवारी साधन (EV) को विकासलाई प्राथमिकता दियो जसअनुसार उदार अनुदान प्रदान गरेर हरित प्रविधिहरूको अनुसन्धान र विकासमा ठुलो लगानी ग¥यो । यस्ता नीतिहरू बलियो आपूर्ति शृङ्खला र पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्दै चीनलाई गाडी उद्योगमा विश्वव्यापी खेलाडीको रूपमा छिट्टै स्थापित गर्न सक्षम बनायो । वित्तीय प्रोत्साहन, प्रविधि अधिग्रहण र सहयोगी औद्योगिक पारिस्थितिक प्रणालीको यो रणनीतिक मिश्रणले चीनलाई तुलनात्मकरूपमा छोटो समयमा एक महत्वपूर्ण कार निर्यातकर्ताको रूपमा उभिन सम्भव बनायो ।
नेपालले सिक्नुपर्ने पाठ
दशकौँदेखि निरन्तर व्यापार घाटाको सामना गरिरहेको नेपालले आफ्ना चुनौतीहरूलाई सम्बोधन गर्न चीनको सफलताबाट बहुमूल्य पाठ सिक्न सक्छ । नेपाल हाल गाडी तथा इलेक्ट्रोनिक वस्तु निर्माणजस्ता ठुला उद्योगहरू विकास गर्ने स्थितिमा नभए पनि प्राकृतिक फाइदा र विकासको सम्भावना भएका क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्छ । नेपालमा प्रचुर मात्रामा जलस्रोत र बिजुली उत्पादनको लागि उल्लेखनीय सम्भावना भएकोले जलविद्युत् एक महत्वपूर्ण क्षेत्र हो । जलविद्युत् परियोजनाहरूमा लगानी आकर्षित गर्न सरकारले स्वदेशी पुँजीलाई प्रोत्साहित गर्न ब्याजदरमा वित्तपोषण, कर छुट र सुव्यवस्थित स्वीकृति प्रक्रियाजस्ता प्रोत्साहनहरू प्रदान गर्नसक्छ । त्यसैगरी, आधुनिक कृषि प्रविधिहरूमा अनुदान प्रदान गरेर, जैविक खेतीलाई प्रवद्र्धन गरेर र बालीको क्षति कम गर्न भण्डारणको व्यवस्था गरेर किसानलाई कृषिप्रति आकर्षित गर्नुपर्छ । अर्को पक्ष यातायात पूर्वाधारमा लगानी गरेर कृषि र कृषि प्रशोधनको बजार पहुँच सहज बनाउनुपर्छ । नेपालको समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको कारणले पर्यटन अर्को आशाजनक क्षेत्र हो । सरकारले कनेक्टिभिटी सुधार गरेर, पूर्वाधारको स्तरोन्नति गरेर र पर्यटन सञ्चालकहरूलाई कर प्रोत्साहन दिएर इको–टुरिज्म र साहसिक पर्यटनलाई प्रवद्र्धन गर्न सक्छ । त्यसैगरी, नेपालले पश्मिना, हस्तकला, चिया, कफी र औषधीय जडीबुटीजन्य वस्तु उत्पादन गरेर निर्यातमा ध्यान केन्द्रित गर्न सक्छ जसलाई अनुदान, तालिम र व्यापार सम्झौताहरूमार्फत विश्वव्यापी बजारमा पहुँचको रूपमा सहयोग गरिनेछ । यी क्षेत्रहरूलाई लक्षित गरेर र चिनियाँ रणनीतिजस्तै सहयोगी नीतिगत वातावरण सिर्जना गरेर नेपालले आफ्नो आर्थिक शक्ति बढाउन र व्यापार घाटा कम गर्न सक्छ । हाम्रो सन्दर्भमा सबभन्दा महत्वपूर्ण नीति भनेको कर्मचारीतन्त्रमा देखिएको भ्रष्ट सोच र सुस्तताजस्ता अवरोधहरू हटाउने हुनुपर्छ ।
Leave a Reply