(इतिहासकार ग्रोभर फरले सोभियत इतिहासकारितामा क्रान्ति ल्याइदिनुभएको छ । उहाँका सबैजसो रचना स्तालिन र उहाँको युगसँग सम्बन्धित छन् । स्तालिनले भन्नुभएको थियो, मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि धुलोमैलो छ्यापिनेछ, तर इतिहासले त्यसलाई सफा गर्दै जानेछ । सत्यको खोजी गर्दै ग्रोभर फर स्तालिनले औँल्याउनुभएको इतिहासको त्यही मोडमा पुग्नुभएको छ र धुलोमैलो सफा गर्दै हुनुहुन्छ । उहाँ एक अमेरिकी विश्वविद्यालयका प्रोफेसर हुनुका साथै सादा, मनकारी र सत्यान्वेषी हुनुहुन्छ । उहाँका सबैजसो रचना हाल इन्टरनेटमा उपलब्ध छन् । यो आलेख पहिलोपल्ट सन् २००५ मा प्रकाशित भएको थियो । सोभियत शासनमा कर्मचारीतन्त्रको राइँदाइँबारे विश्लेषण गरिएको यस आलेखले दिशासूचकको काम गर्नेछ । मूल रचनाको अन्त्यमा दिइएको लामो सन्दर्भ सूचीलाई हटाएर यो आलेख लेखककै अनुमतिले यहाँ प्रस्तुत गरिन्छ । रचनाको स्रोत लेखक स्वयम्को निजी वेबसाइट हो । – सुरेश)
स्तालिनको पराजय
- ४६. सन् १९३५ तिर सोभियत सङ्घका महान्यायाधिवक्ता आन्द्रेइ भिशिन्स्कीको तत्वावधानमा निर्वासन तथा कारागारमा पठाइएका, मताधिकारबाट वञ्चित धेरै नागरिकलाई पुनः बहाल गरिएको थियो । कृषिको सामूहिकीकरण गर्दा मुख्य तारो बनाइएका लाखौँ पूर्व कुलाक, धनी किसान तथा सामूहिकीकरणमा भाँजो हाल्नेहरूलाई रिहा गरिएको थियो । भिशिन्स्कीले ‘एनकेभिडी’ (गृह मन्त्रालय) को कडा आलोचना गरे । सन् १९३४ डिसेम्बरमा किरोभको हत्यापछि लेनिनग्रादबाट झन्डै १२ हजार मानिसलाई सारेर ‘लगातार कठोरतम गल्ती र गलत अनुमान’ गरेको हुनाले भिशिन्स्कीले आलोचना गरेका थिए । आइन्दा सरकारी वकिलको अनुमतिबेगर ‘एनकेभिडी’ ले कसैलाई पक्राउ गर्न नपाउने उनले घोषणा नै गरे । राज्य र पार्टीले आफूलाई गलत व्यवहार गरेको महसुस गरेका लाखौँ जनताले मताधिकार पाए । (थर्सटन, पेज ६–९; झुकोभ, केपी । २००२ नोभेम्बर १४ र १९; झुकोभ, इनोय । पेज १८७ । ‘रिप्रेस्सी’, अङ्क ७ ।)
- ४७. स्तालिनले अघि सार्नुभएको नयाँ संविधानको मूल प्रस्तावमा प्रतिस्पर्धात्मक निर्वाचनको कुरा उल्लेख थिएन । सन् १९३६ मार्च १ मा रोय हावर्डलाई दिएको अन्तर्वार्तामा पहिलोपल्ट उहाँले यसको प्रथम उद्घोष गर्नुभयो । सन् १९३७ जूनमा बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य याकोभ्लेभले प्रतिस्पर्धात्मक निर्वाचनको सुझाव स्वयम् स्तालिनको थियो भनी खुलासा गरे । नयाँ संविधानको मस्यौदा गर्दा याकोभ्लेभले स्तालिनसँग नजिक रहेर काम गरेका थिए । (झुकोभ, इनोय, पेज २२३) स्तालिनको सुझावबाट धेरैजना भित्रभित्र असन्तुष्ट बनेको देखिन्छ । खासगरी भेगीय पार्टी नेता तथा विभिन्न समितिका अध्यक्षहरूले विरोध जनाए । यिनीहरूको झुन्डलाई झुकोभ ‘पार्टीतन्त्र’ भन्छन् । यो कति बलियो थियो भने हावर्डसँगको अन्तर्वार्तापछि देशका प्रमुख पत्रपत्रिकाले प्रतिस्पर्धात्मक निर्वाचनबारे स्तालिनको वक्तव्यको प्रशंंसा वा समर्थनसमेत गरेनन् । यीमध्ये अधिकतर पत्रपत्रिका पोलिटब्युरोको सिधा नियन्त्रणमा थिए । ‘प्राभ्दा’ ले मार्च १० मा एउटा लेख छाप्यो तर त्यसमा प्रतिस्पर्धात्मक निर्वाचनबारे एक शब्द उल्लेख थिएन ।
- ४८. यसबाट झुकोभ सार झिक्छन्, यसको एउटै अर्थ हुन सक्छ । ‘व्यापक नेतृत्व’ (क्षेत्रीय अध्यक्षहरू) ले मात्र होइन, केन्द्रीय समितिको एउटा हिस्सा (आन्दोलन–प्रचार समिति) ले पनि स्तालिनको पहललाई स्वीकारेनन् । (यो समिति अलेक्सेइ स्तेत्स्की र तालको नेतृत्वमा थियो ।) उनीहरू प्रतिस्पर्धात्मक निर्वाचनको प्रस्तावलाई भित्रभित्र मात्र होइन औपचारिकरूपमै पनि अनुमोदन गर्न चाहँदैनथे । ‘प्राभ्दा’ मा स्तालिनको विचार छापिएपछि उनीहरूले त्यसलाई खतरा माने । कम्युनिस्ट पार्टीका राष्ट्रिय, क्षेत्रीय, जिल्ला, सहर तथा इलाका समितिका अध्यक्षहरूले त्यसलाई आफ्नो पद र वास्तविक शक्तिमाथि आइलागेको प्रत्यक्ष खतरा ठाने । (इनोय, पेज २११)
- ४९. पार्टी अध्यक्षहरू त्यस्तो पदमा थिए जहाँबाट सोभियतहरूमा पुग्नबाट उनीहरूलाई कुनै निर्वाचनले छेक्न सक्थेन । उनीहरूको हातमा हुने अतिशय स्थानीय शक्ति मूलतः कोलखोज, कारखाना, शिक्षा र सेनालगायत देशको अर्थतन्त्र र राज्य संयन्त्रका अङ्गअङ्गमा हुने पार्टीको नियन्त्रणबाट पैदा हुन्थ्यो । नयाँ निर्वाचन प्रणालीले पार्टी अध्यक्षहरूलाई सोभियतहरूमा प्रतिनिधि बन्ने र अन्य प्रतिनिधि छनोट गर्ने पदेन हैसियतबाट वञ्चित गथ्र्यो । सोभियतका निर्वाचनहरूमा आफ्नो र ‘आफ्ना’ उम्मेदवार (पार्टी उम्मेदवार) को हार भए आफ्नो काममा जनमत सङ्ग्रह गरे सरह हुने थियो । निर्वाचनमा पार्टी इतरका उम्मेदवारले पार्टी अध्यक्षहरूलाई हराएको खण्डमा जनतासँग उनीहरूको सम्बन्ध कमजोर भएको तथ्य उदाङ्गिने थियो । चुनावी प्रचारप्रसारका क्रममा विपक्षी उम्मेदवारहरूले पार्टी अधिकारीहरूबिच देखापरेको भ्रष्टाचार, स्वेच्छाचार अथवा अक्षमतालाई मुद्दा बनाउने निश्चित थियो । पराजित उम्मेदवारहरूलाई एउटा कम्युनिस्ट बन्न नसुहाउने गम्भीर कमजोरी भएका व्यक्ति ठहरिने थिए । यस्तो स्थितिमा उनीहरूलाई पदबाट हटाइने सम्भावना खण्ड आइपथ्र्यो । (झुकोभ, केपी । २००२ नोभेम्बर १३; इनोय, पेज २२६; गेट्टी, ‘एक्सेसेस’, पेज १२२–३)
- ५०. वरिष्ठ पार्टी नेताहरू धेरै वर्षदेखि पार्टीमा काम गरेका कार्यकर्ता थिए । जारशाही, क्रान्ति, गृहयुद्ध तथा सामूहिकीकरणका भयावह कालरात्रि भोगेका अनुभवीहरू थिए । त्यो अवधिमा कम्युनिस्ट बन्नुको अर्थ गा¥होसा¥हो र खतरासँग भिड्नु थियो । धेरैको औपचारिक अध्ययन निम्छरो थियो । स्तालिन, किरोभ अथवा बेरियाभन्दा फरक तीमध्ये धेरैले स्वाध्ययनमार्फत ‘आफूलाई खार्न’ नचाहेको वा नसकेको प्रतीत हुन्छ । (मुखिन, उबिसत्व, पेज ३७; दिमित्रोभ पेज ३३–३४; स्तालिन, जास्तोल्नी पेज २३५–६)
- ५१. यी सबै नेता–कार्यकर्ताले लामो समयदेखि स्तालिनका नीतिहरूलाई समर्थन गर्दै आएका थिए । उनीहरूले कृषिको सामूहिकीकरण जस्तो कठोर नीति लागु गरेका थिए । त्यसक्रममा लाखौँ किसानहरूको थातथलो सार्नुपरेको थियो । सन् १९३२–३३ बिच धेरै मानिस (झन्डै ३० लाख) भोकमरीले मरेका थिए । त्यो भोकमरी ‘कृत्रिम’ नभई वास्तविक थियो । तर, सामूहिकीकरण, मजदुरहरूको पेट भर्न अन्न सहर पठाउँदा र सशस्त्र किसान विद्रोह (जसमा परेर धेरै बोल्शेभिकहरू मारिएका थिए) का कारण किसानलाई थप मार परेको थियो । स्तालिनलाई समर्थन गरेका यी पार्टी नेताहरूले धेरै सास्ती खेपेर तीव्र औद्योगीकरणको अगुवाइ गरेका थिए । उनीहरूको आवास गतिलो थिएन, खाद्यान्न र उपचार अपुग थियो, ज्याला न्यून थियो र त्यसले धेरै चीजबिच किन्न सकिन्नथ्यो । (टुगर; एन्डरसन र सिल्भर; झुकोभ, केपी । २००२ नोभेम्बर १३)
- ५२. अब उनीहरूले निर्वाचनको सामना गर्नुपर्ने थियो । ती निर्वाचनमा सोभियत नीतिहरूको विपक्षमा रहेको हुनाले मताधिकारबाट वञ्चित भएका व्यक्तिहरूले अचानक पुनः मत हाल्न पाउने थिए । ती नेताहरू आफ्ना उम्मेदवार अथवा कुनै पनि बोल्शेभिक उम्मेदवारविरुद्ध धेरैले मत खसाल्ने सम्भावनादेखि डराएका थिए । त्यस्तो स्थितिमा उनीहरूको पद जान सक्थ्यो । तैपनि, उनीहरूले पार्टीमा कुनै न कुनै स्थान पाउने नै थिए । अरु केही भएन भने पनि उनीहरूले रोजगारी पाउने थिए । नयाँ ‘स्तालिन’ संविधानमा प्रत्येक सोभियत नागरिकलाई रोजगारीको हक सुनिश्चित गरिएको थियो । साथमा स्वास्थ्य उपचार, पेन्सन, शिक्षा आदिको बन्दोबस्त थियो । तर, ती नेता (सबैजसो पुरुष) ले शक्ति र सुविधाको स्वाद पाइसकेका थिए । निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएको खण्डमा ती सबै सहुलियत हातबाट चिप्लिने डर थियो । (झुकोभ, केपी, २००२ नोभेम्बर १३; सन् १९३९ कोन्स., अध्याय १०; गेट्टी, ‘एक्सेसेस’ पेज १२५, देशमा धार्मिक भावनाको महत्वबारे ।)
इजलासहरू, षड्यन्त्र र दमन
- ५३. नयाँ संविधान तथा निर्वाचनको योजनाको खाका सन् १९३६ जूनमा बसेको केन्द्रीय समितिको बैठकमा कोरिएको थियो । प्रतिनिधिहरूले एकमतले संविधानको मस्यौदालाई पारित गरे । तर, उनीहरूमध्ये कसैले पनि त्यसको पक्षमा बोलेनन् । स्तालिनको प्रस्तावलाई आठैले भए पनि सकारेको नदेखिनुले ‘व्यापक नेतृत्वले अव्यक्त विरोध’ जनाएको र चासो नै नदिएको स्पष्ट देखाउँछ । (झुकोभ, इनोय । पेज २३२, २३६; ‘रिप्रेस्सी’ पेज १०–११)
- ५४. सन् १९३६ को नोभेम्बर–डिसेम्बरमा सोभियतहरूको ८ औँ अखिल रुसी सम्मेलन भयो । सम्मेलनमा स्तालिन र मोलोतोभले सबैलाई मताधिकार दिनाले तथा गोप्य र प्रतिस्पर्धात्मक निर्वाचन गराउनाले हुने फाइदामाथि पुनः जोड दिनुभयो । हावर्डसँगको अन्तर्वार्तामा स्तालिनले अभिव्यक्त गर्नुभएकै लयमा मोलोतोभले गैरकम्युनिस्टहरूलाई सोभियतको निर्वाचनमा उम्मेदवार बन्न दिनाले हुने लाभदायी प्रभावमाथि पुनः जोड दिनुभयो, “यस प्रणालीले कर्मचारीकृत भइसकेका र जनताबाट अलग्गिएका व्यक्तिहरूमाथि ठुलो चोट पु¥याउनेछ । नौलो शक्तिलाई मलजल गर्न सघाउ पुग्नेछ । पिछडिएको वा कर्मचारीकृत तत्वहरूलाई विस्थापित गर्न त्यो शक्ति अघि आउनैपर्छ । निर्वाचनको नयाँ पद्धतिमा शत्रु तत्व निर्वाचित हुने सम्भावना पनि छ । तर, अन्तिम विश्लेषणमा यस खतराले समेत हामीलाई नै सहयोग पुग्नेछ । यसले गर्दा आरामले सुतिरहेका सङ्घ–सङ्गठन तथा पार्टी कार्यकर्ताले पनि झट्का खानेछन् ।” (झुकोभ, ‘रिप्रेस्सी’, पेज १५)
- ५५. स्तालिन आफैले यसलाई जोडदार ढङ्गले उठाउनुभयो, “कसैले यसलाई खतरनाक भन्छन् । श्वेत गार्डका लडाकु, कुलाक, पुजारीजस्ता सोभियत सत्ताका विरोधी तत्वहरू उच्च पदहरूमा घुस्न सक्ने बताउँछन् । तर, यसमा डराउनुपर्ने के नै छ र ? ‘ब्वाँसाहरू डराउँछौ भने वनमा नडुल’ भन्ने त आहानै छ । एउटा सत्य के हो भने सबै पूर्व कुलाक, श्वेत गार्ड र पुजारी सोभियत सत्ताविरुद्ध छैनन् । अर्को सत्य के पनि हो भने जनताले जताततै विरोधी शक्तिलाई जिताए भने यसको अर्थ हामीले राम्ररी आन्दोलन चलाएका रहेनछौँ भनी बुझ्नुपर्नेछ । त्यसो हो भने हामीले जनताको अपजस खेप्नैपर्छ ।” (झुकोभ, इनोय २९३† स्तालिन, ‘मस्यौदा’)
- ५६. फेरि एकचोटि पार्टी अध्यक्षहरूले अव्यक्त विरोध जनाए । सन् १९३६ डिसेम्बरमा केन्द्रीय समितिको बैठक र डिसेम्बर ४ मा अधिवेशनका सत्रहरू सँगसँगै भए । तर, यी बैठकहरूमा छलफलको पहिलो एजेन्डा बनाइएको संविधानको मस्यौदाको विषयमा छलफल नै भएन । यजोभले ‘सोभियत सङ्गठनविरोधी त्रोत्स्कीपन्थ र दक्षिणपन्थबारे’ शीर्षकको प्रतिवेदन पेश गरे । प्रतिवेदन केन्द्रीय सदस्यहरूको चासो लिएका विषयमा केन्द्रित थियो । (‘अंश’ पेज ४–५† इनोय पेज ३१०–११)
- ५७. सन् १९३६ डिसेम्बर ५ मा पार्टी अधिवेशनले नयाँ संविधानको मस्यौदा पारित ग¥यो । तर, त्यस विषयमा अति कम छलफल भयो । बरु, पार्टी प्रतिनिधि वा नेताहरूले देशी–विदेशी शत्रुहरूको खतरामाथि बढी जोड दिए । संविधान पारित भएकोमा मन्तव्यहरू राख्नुको साटो प्रतिनिधिहरूले त्यसलाई बेवास्ता गरे । जबकि स्तालिन, जदानोभ, लित्भिनोभ र भिशिन्स्कीले बुझाएको मुख्य प्रस्ताव संविधान नै थियो । मस्यौदा संविधानबारे थप अध्ययनका लागि एउटा आयोग गठन गरियो । तर, प्रतिस्पर्धात्मक निर्वाचनबारे किटान गरिएन । (झुकोभ, इनोय पेज २९४; २९८; ३०९)
- ५८. अन्तर्राष्ट्रिय परिस्थिति वास्तवमै तनावपूर्ण थियो । स्पेनी गृहयुद्धमा फासिवादको विजय ढिलो–चाँडो तय भइसकेको थियो । सोभियत सङ्घ आक्रामक शक्तिहरूले घेरिएको थियो । ती देशहरू सन् १९३० को दशकको मध्यसम्ममा अघोर स्वेच्छाचारी, सैन्यवादी, कम्युनिस्टविरोधी र सोभियत सत्ताविरोधी बनिसकेका थिए । सन् १९३६ को अक्टोबरमा फिनल्यान्डले सोभियत सीमामाथि गोलीबारी ग¥यो । त्यही महिना हिटलर र मुसोलिनीले ‘बर्लिन–रोम धुरी’ बनाए । एक महिनापछि जापान पनि नाजी जर्मनी र फासिवादी इटलीसँग मिल्न गयो र ‘कोमिन्टर्नविरोधी सन्धि’ भयो । नाजी जर्मनीविरुद्ध सैन्य गठबन्धन बनाउने सोभियत प्रयत्नलाई पश्चिमा देशहरूले अस्वीकार गरिदिए । (झुकोभ, इनोय, पेज २८५–३०९)
- ५९. नयाँ संविधानबारे अधिवेशनको सत्रमा छलफल भइरहँदा सोभियत नेतृत्व सुरुका दुई अजङ्गका मस्को इजलासबिच अल्झिएको थियो । सन् १९३६ को अगस्तमा आफ्ना सहकर्मीहरूसहित जिनोभित् र कामेनेभले मुद्दा खेप्दै थिए । सन् १९३७ को जनवरीमा दोस्रो इजलास बस्यो । त्यसमा त्रोत्स्कीका प्रमुख अनुयायीहरूले मुद्दा खेप्दै थिए । तिनीहरूको नेतृत्व युरी प्याताकोभले गर्दै थिए । पक्राउ पर्नुअघि उनी भारी उद्योगसम्बन्धी उपमन्त्री थिए ।
(टिपोट १२ : थर्सटनले आफ्नो पुस्तकको अध्याय २ देखि ४ सम्म मस्को इजलाससँग सम्बन्धित प्रमाणहरूको उत्कृष्ट सार–सङ्क्षेप छ । सन् १९९० को दशकमै उनले त्यो सार खिचेका थिए । यहाँ ती इजलासबारे सिधै चर्चा गरिन्न । सन् १९३७ जूनमा मार्सल तुखाचेभ्स्की र अन्य उच्चपदस्थ सैनिक नेताहरूमाथि चलाइएका मुद्दा, त्यसपछि उनीहरूलाई दिइएको सजाय तथा सोभियत सत्ताविरुद्ध भएका सम्पूर्ण षड्यन्त्रहरूबिचको अन्तरसम्बन्ध केलाउनु यस लेखको विषय होइन । सोभियत अभिलेखालयबाट स्तालिन र अन्य शीर्ष सोभियत नेताहरू षड्यन्त्रहरू भइरहेको छ भन्नेमा स्पष्ट हुनुहुन्थ्यो । ती दस्तावेजबाट सैन्य नेताहरूविरुद्ध मस्को इजलासमा लगाइएका आरोप अधिकांशतः सही रहेको साबित हुन्छ ।) - ६०. सन् १९३७ फेब्रुअरी–मार्चमा केन्द्रीय समितिको बैठकमा पार्टी नेतृत्वभित्रको अन्तर्विरोध नाटकीय पारामा प्रकट भयो । त्यस अन्तर्विरोधको एकातर्फ आन्तरिक शत्रुविरुद्ध सङ्घर्ष थियो भने अर्कोतर्फ वर्षको अन्त्यसम्ममा नयाँ संविधानबमोजिम गोप्य र प्रतिस्पर्धात्मक निर्वाचनको तयारी गर्नुपर्ने आवश्यकता थियो । सोभियत सरकारलाई ढलाउन एकपछि अर्को समूहले गरेका षड्यन्त्रहरू बिस्तारै खुल्दै गएपछि प्रहरी परिचालनको खाँचो प¥यो । तर, सरकार गठनका लागि वास्तविक प्रजातान्त्रिक निर्वाचनको तयारी गर्न र अन्तर–पार्टी प्रजातन्त्र सुधार्न यसको विपरीत परिवेश चाहिन्थ्यो; अर्थात् खुला आलोचना र आत्मालोचनाको वातावरण बनाउनुपथ्र्यो; सम्पूर्ण तह र तप्काका पार्टी कार्यकर्ताको गोप्य निर्वाचनमार्फत नेताको छनोट गर्नुपथ्र्यो; र समितिका अध्यक्षले आफ्नो मान्छेलाई ‘तोक लाउने’ चलन टुङ्ग्याउनुपथ्र्यो । पोलिटब्युरोमा स्तालिनका निकटवर्तीहरूले पटकपटक यही विचारमा जोड दिँदै आउनुभएको थियो ।
Leave a Reply