अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कैलाली, ८ माघ । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा मङ्गलबार लम्कीचुहा नगरपालिका वडा नं. १ थपालीपुरमा स्थानीय महिला तथा ज्येष्ठ नागरिकहरूको भेला भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नेपालको पहाडी तथा हिमाली भेग प्राकृतिक स्रोत, जडिबुटी, हावापानी सबै हिसाबले अनुकूल भएर पनि विकास निर्माण, शिक्षा, स्वास्थ्य उपचारजस्ता सेवा सुविधाबाट बञ्चित भएकोेले पहाडी र हिमाली भेगका जनता सन्तानको उज्ज्वल भविष्यको खोजीमा तराई झर्नु परेको बताउनुभयो । सरकारको अकर्मण्यता, सरकारी नेता तथा उच्च तहका कर्मचारीहरू भ्रष्टाचारमा डुबेका कारण देश विकासमा पछि परेको तर्क राख्दै उहाँले समाजवादी व्यवस्थामा जनताका सबै आवश्यकताहरू राज्यले पूरा गर्ने तथा देश र समाजको प्रगतिका लागि हरेक नागरिक इमानदारीपूवर्क लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा नागरिकले स्वर्गको अनुभूति गर्छन् ।”
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले राजनीति सेवा हो, जागीर होइन भन्दै असल, कुशल, इमानदार र कर्तव्यनिष्ठ राजनैतिक नेतृत्वले देश बनाउँछ भन्नुभयो । उहाँले सर्वसाधारण जनतामा राजनैतिक चेतना नभएकै कारण पुँजीवादी व्यवस्थाको आयु लम्बिएको चर्चा गर्दै नेमकिपा जनतामाझ पुगेर पुँजीवादको विकृति र समाजवादको अपरिहार्यताबारे अवगत गराउँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले पार्टीको निर्देशन र निर्वाचनमा जनतामाझ व्यक्त गरेका प्रतिबद्धताको आधारमा भक्तपुर नगरपालिकाले जन्मेदेखि मृत्युपर्यन्त कामकाजको समेत जिम्मा लिई कार्य गरिरहेको बताउनुभयो । उहाँले सरकारले अनुमति मात्र दिए नगरपालिकाले आप्mनै खर्चमा ख्वप विश्वविद्यालयमार्फत देशभरिका कामदार जनताका छोराछोरीहरूलाई कम शुल्कमा चिकित्साशास्त्रलगायतमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो ।
पार्टीको कैलाली जिल्ला समिति उपाध्यक्ष लक्ष्मी पुनमगरले एमाले र माओवादीले कम्युनिस्ट आचरण नदेखाएको प्रस्ट पार्दै सत्तामा जान र टिकिरहन उनीहरूले जनतालाई झूटा आश्वासन र जालझेल गरिरहेको बताउनुभयो । देशका नदीनालाहरू बेच्ने पार्टीहरूले कामदार जनताको हितमा काम गर्छन् भन्ने भ्रममा नरहन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका देवी अधिकारी र भद्रकला जैसीले जनअधिकार प्राप्तिका लागि कामदार जनता सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply