नयाँ पुस्ताको आन्दोलनलाई विचारले नेतृत्व गर्छ !
- कार्तिक १८, २०८२

काठमाडौँ, ९ माघ । हालै मात्र शपथ लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका स्वर्णीम युगमा प्रवेश गरेको घोषणा गरे । सरकारको नेतृत्व गर्ने बित्तिकै स्वर्णीम युगमा प्रवेश भएको दाबी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो गाँसमै ढुङ्गा भनेझैँ हास्यका पात्र बनेका छन् । कुनै व्यक्ति कुर्सीमा पाइला टेक्ने बित्तिकै युग कसरी स्वर्णीम हुन्छ भन्ने टीकाटिप्पणी राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । कुनै काम नगर्दै, कार्यकारी आदेशको घोषणासँगै स्वर्णीम युगमा प्रवेश ग¥यो भनी फुक्नु शक्तिशाली राष्ट्रपतिलाई सुहाउँदैन । सिंहासनमा बस्ने बित्तिकै देश सुनजस्तो चम्किलो हुँदैन; सबै जनता सुख शान्ति भएको युग हुँदैन । उनले अमेरिकालाई फेरि ‘महान्’ बनाउने सपना पनि शपथ लिएलगत्तै खोके । फेरि ‘महान्’ बनाउने उनको अभिव्यक्तिले अमेरिका अहिले ठुलो शक्ति राष्ट्रबाट झरिरहेको आकलन गर्न सकिन्छ । संसारका सबैजसो देशहरू अमेरिकाबाट आक्रान्त छन् । संसारलाई आतङ्कित पार्ने ट्रम्पको अमेरिकी सरकारले राष्ट्रपति भएसँगै तहल्का मच्चाउने कार्य गरेको छ ।
ट्रम्पले कार्यकालको पहिलो दिनमै कानुनी आप्रवासी निकाला गर्ने, मेक्सिकोसँग सीमा क्षेत्रमा सङ्कट लगाउने, ग्रिनल्यान्डको स्वामित्व लिने, विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिकालाई अलग्ग गर्ने, जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अलग्ग हुने आदि निर्णय गरेका छन् । त्यसो त उनले सरकारमा टेक्न नपाउँदै ठुलठुला सपना बाँडेका थिए । यस्तै यस्तै शक्तिको उन्मादमा लागेर अमेरिकी सरकार विश्वमा उदाङ्गिँदै छ । कोरोनाको समयमा कोरोनाकै कारण सबभन्दा बढी बिरामी मर्ने र पीडितको सङ्ख्या बढेको देश अमेरिका नै हो । आदिवासी जनता, शोषित पीडित जनतामाथि भेद गर्ने, असमान व्यवहार गर्ने, हेलाहोचो गर्ने राष्ट्रपति ट्रम्प नै हुन् । शक्तिको भरमा संसारलाई आतङ्कित पार्ने देश अमेरिका नै हो । क्युवा, प्रजग कोरियामा आर्थिक नाकाबन्दी गर्ने देश अमेरिका नै हो । संसारका दर्जनौँ देशमा सेना तैनाथ गर्ने देश अमेरिका हो । अरू देशमा आक्रमण गर्ने, देश जुधाएर हतियार बेच्ने, देशभित्र आन्तरिक कलह चर्काएर फाइदा लिइरहेको देश अमेरिका हो । अमेरिकी सरकार विश्वमा शान्ति चाहन्छ, विकास चाहन्छ भने आतङ्कवादी गतिविधि रोक्नुपर्छ† आर्थिक नाकाबन्दी फिर्ता लिनुपर्छ; कुनै पनि देशको विकासमा बाधा हाल्नु हुँदैन । स्वर्णीम युग ल्याउनको निम्ति अमेरिकी आदिवासी, उत्पीडित जनताको जीवन सुनिश्चित गर्नुपर्छ; भइरहेको पक्षपात, भेदभाव अन्त्य गर्नुपर्छ; न्याय र समानता अमेरिकी जनता सबैले पाउनुपर्छ । अमेरिकी सरकारले आतङ्क मच्चाउने होइन शान्तिको आह्वान गर्ने हो; संसारमा सुरक्षित साथ बस्न पाउने वातावरण तयार गर्नुपर्ने हो ।
अमेरिका अरु देश–देश जुधाएर हतियार बेचेर धनी बन्ने होइन । अरु देशलाई ध्वस्त पारेर, अरू देशको प्राकृतिक स्रोत र साधन कब्जा गरेर धनी बन्ने होइन । देश विकास गरेर, देशका सबै जनतालाई खुसी बनाएर धनी बन्नुपर्छ; शान्तिको सन्देश छरेर संसारका सबै देशका जनताको विश्वास जित्नुपर्छ । देश विकास गरेर, जनताको जीवन सुनिश्चित गरेर देशलाई सुनौलो देश बनाएर स्वर्णीम युग ल्याएमा कसैलाई टाउको दुखाइको विषय बन्दैन । विकासको प्रतिस्पर्धामा कुनै देश अगाडि बढ्छ त कुनै पछि पर्छ । तर, विकासको पाइला अघि बढिरहनुपर्छ । अमेरिकी सरकार चीन संसारकै शक्तिशाली सम्पन्न र विकासमा सबभन्दा बढी भएको हेर्न चाहँदैन । तर, चीन सरकारप्रति विश्वका जनता र राष्ट्र प्रमुखहरूको विश्वास बढ्दै छ । चीन विश्वका सबै देशको विकास चाहन्छ; शान्ति चाहन्छ र विश्वका जनताको सुनिश्चित जीवन बिताउन चाहन्छ ।
Leave a Reply