यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २० माघ । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिले ‘नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ र ‘समाजवाद र सान्दर्भिक विषयवस्तु’ पुस्तकको अध्ययन गोष्ठी सम्पन्न ग¥यो ।
का. रोहितद्वारा लिखित उक्त पुस्तकको अध्ययन गोष्ठीका प्रमुख अतिथि एवं नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले महिलाहरू शिक्षित र राजनीतिक रुपले सचेत भए छोराछोरी वा नयाँ पुस्ता पनि राम्रो संस्कारमा हुर्कने बताउनुभयो ।
बहुसङ्ख्यक कामदार वर्गका महिलामा राजनीतिक चेतनास्तर उकास्न राष्ट्रिय अन्तर्राष्ट्रिय इतिहास, भूगोल, राजनीति र अर्थतन्त्रबारे शिक्षा दिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले हरेक राजनीतिक कार्यकर्ताले पार्टी नियम र अनुशासनमा रही अनुकरणीय व्यवहारबाट अघि बढ्नुपर्छ भन्नुभयो ।
साँचो कम्युनिष्ट कार्यकर्ता बिगार्न प्रतिक्रियावादी तथा पूँजीवादी दलहरूले अनेक जालझेल गर्नसक्ने चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले वर्ग शत्रुले गर्ने तारिफबाट जोगिएर आलोचना आत्मालोचनाको विकास गर्दै समाजवादी व्यवस्था स्थापनाको निम्ति निरन्तर राजनीतिक गतिविधिमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
पूँजीवादीको विरोधमा लड्नु निकै गा¥हो काम भए पनि जनताको चेतनास्तरको वृद्धिसँगै सहज हुँदै जाने धारणा राख्दै उहाँले समाजवादी व्यवस्थाले मात्र पूँजीवादी व्यवस्थाका विकृति, विसङ्गतिलाई नियन्त्रण गर्ने बताउनुभयो । नक्कली कम्युनिष्ट एमालेले चुनावमा साम्राज्यवादीको समेत पैसा ल्याई बढी खर्च गरेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले आफ्नो स्वार्थपूर्तिको लागि बुद्धिजीवीहरूले पनि एमालेलगायतलाई भोट दिएकोले राजनीति बुझेर पनि गलत पार्टी र नेतालाई भोट दिनु सबभन्दा गलत रहेको विचार व्यक्त गर्नुभयो ।
पुस्तकहरूबारे कान्ति अवा, रेविना डंगोल, सरस्वती सिङ्ख्वाल, गंगा वैद्य, प्रतिभा श्रेष्ठलगायतले विचार राख्नुभएको थियो । सङ्घका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुलोचना छ्वाजूले क्रान्तिकारी नेतृ रोजा लक्जम्वर्गको जीवनीमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कमलमैया सुवाल र रोशनमैया सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply