नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
काभ्रे, १२ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवस तथा प्रवचन कार्यक्रम नेमकिपा काभ्रेको आयोजनामा बनेपामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले भन्नुभयो, “देश र जनताको पक्षमा नेमकिपाले निर्वाह गर्दै आएको भूमिका कार्यकर्ता, शुभचिन्तक, समर्थकबिच छलफल चल्दै छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे छलफल हुँदै छ । पार्टीका प्रकाशनहरूबारे छलफल हुँदै छ । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा अध्ययन, अन्तरक्रिया र हाम्रो पार्टीको इतिहास, सङ्घर्षको इतिहासको विषयमा नयाँ पुस्तालाई बताउनु आवश्यक छ ।”
केन्द्रीय सदस्य गोसाईंले भन्नुभयो, “५० वर्षको राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने हाम्रो देशमा कम्युनिस्ट दाबी गरेका एमाले, माओवादी जति विचलित सायदै अरू पार्टी होलान् । नेपाली काङ्ग्रेस पुँजीपतिवर्गको सेवा गर्ने पार्टी हो, विदेशी पुँजीको दलाली गर्ने हो । बिचौलियाको भाग खाने उसको काम हो ।”
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूविरूद्ध सैद्धान्तिक सङ्घर्षले २०३१ माघ १० गते नेमकिपा (तत्कालीन नेपाल मजदुर किसान सङ्गठन) को स्थापना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले सङ्घर्षका गौरवपूर्ण ५१ वर्ष पार गर्दै छ । नेपालको राजनीतिक इतिहासको ५१ वर्षमा नेमकिपा कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ बनेर उभियो । नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधार वा पृष्ठभूमि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित राजनीतिक दस्ताबेजहरू हुन् । ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’, ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ र ‘नेपाल–भारत सम्बन्ध र भारत’ पुस्तक नै त्यो राजनीतिक दस्ताबेज हो जुन नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाल मजदुर किसान पार्टीको सही र दूरदर्शी विचार हो ।”
नेमकिपा काभ्रेका उपाध्यक्ष पुण्यशोभा श्रेष्ठले समाजवादी व्यवस्था नै कामदार वर्गको ‘स्वर्ग’ भएको बताउनुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले साम्राज्यवादी संरा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर भए पनि पनामा नहर र पनामा राज्य नै हत्याउने धम्की नाजायज भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुच्छेप्रधान, पाँचखाल नगर समितिका अध्यक्ष धनबहादुर तामाङ, नेक्राविसङ्घ काभ्रेका सहसचिव राजु तामाङ र मुना तामाङलगायतले नेमकिपा स्थापनाका ५१ वर्षको नालीबेलीबारे प्रकाश पार्नुभएको थियो ।
Leave a Reply