भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
चितवन, १२ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भीमसेन मन्दिर व्यवस्थापन कार्य समितिका अध्यक्ष विजयप्रकाश तन्डुकारले शनिबार चितवनको पुतलीबजारमा स्वागत गर्नुभयो । नगर प्रमुख प्रजापतिको स्वागतमा भीमसेन मन्दिर व्यवस्थापन समिति, नेवाः पुचः र नेवाः मय्जु पुचःका प्रतिनिधिहरूबिच भएको भेटघाट कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको शिक्षा, संस्कृति, सम्पदा पुनःनिर्माण, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा गरिरहेका नवीनत्तम अभ्यासबारे अवगत गराउनुभयो ।
उहाँले भक्तपुरको कला संस्कृति नै यहाँको पहिचान भएको धारणा राख्दै भक्तपुरका मूर्त र अमूर्त कला संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा नपाले जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले सांस्कृतिक गुरू सम्मान कार्यक्रम गर्दै विभिन्न बाजा प्रतियोगिताहरू पनि आयोजना गर्दै आएको र मौलिकता संरक्षणले हाम्रो अस्तित्वलाई कायम राख्ने उहाँले बताउनुभयो ।
भक्तपुर नपाले बाह्य पर्यटकहरूबाट उठाउँदै आएको पर्यटन शुल्कबाट भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रको विकास गर्दै आएको चर्चा गर्दै प्रमुख प्रजापतिले विदेशी सहयोगबिना भूकम्पले क्षति पु¥याएका सम्पदा पुनःनिर्माण सम्पन्न गर्न सक्नु भक्तपुरको उपलब्धिको रूपमा लिएको बताउनुभयो ।
उहाँले भक्तपुर अहिले सम्पदा संरक्षणमा अग्रता लिइरहेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा जनप्रतिनिधिहरूले राम्रोसँग काम गरे जनताको आधा समस्या सम्बोधन हुने बताउनुभयो ।
भक्तपुर नपाले सञ्चालन गरेका शैक्षिक संस्था र अस्पतालबाट भक्तपुरका मात्र नभई देशभरिका नागरिकहरू लाभान्वित भएको बताउँदै उहाँले भक्तपुरका सम्पदाहरू संरक्षण गर्दै व्यवसायीकरणतर्फ अगाडि बढिरहेको बताउनुभयो ।
भीमसेन मन्दिर व्यवस्थापन कार्य समितिका अध्यक्ष विजयप्रकाश तन्डुकारले भक्तपुरको सिकाइ उपलब्धि देशका सबै स्थानीय तहहरूको लागि अनुकरणीय रहेको बताउँदै भक्तपुरका जनताको जीवनस्तरमा भक्तपुरले सकारात्मक प्रभाव पारेको विषय अनुकरणीय रहेको बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले भक्तपुरले गरेको विकासले देशकै गरिमा बढेको बताउँदै भक्तपुरबाट अनुकरण गर्दै आफूहरूले पनि केही नवीन कार्यहरूको सुरूवात गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
नेवाः पुचः नारायणगढका अध्यक्ष शुत्रकुमार श्रेष्ठ नेवाः एकतालाई अझ मजबुत पाउनुपर्ने बताउँदै नेवा पुचःले सांस्कृतिक क्षेत्र प्रवद्र्धनमा गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा नेवाः मय्जु पासा पुचःका अध्यक्ष सुष्मा पियाले भक्तपुरको मौलिक सीप व्यवसायीकरणले त्यहाँका नागरिकहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको बताउँदै नेवाः मय्जु पासा पुचःका प्रतिनिधिसहितको टोली भक्तपुरको सांस्कृतिक सम्पदा अध्ययन अवलोकनमा आउने जानकारी दिनुभयो ।
कार्यक्रममा भीमसेन मन्दिर व्यवस्थापन कार्य समितिका सदस्य राजुराज कर्णिकार र सांस्कृतिक अभियन्ता राजेन्द्रकुमार पियाले पनि नारायणगढमा भइरहेको सांस्कृतिक गतिविधिबारे जानकारी गराउनुभयो ।
Leave a Reply