भर्खरै :

नेपाल कम्युनिस्ट आन्दोलनमा नेपाल मजदुर किसान पार्टी प्रकाशस्तम्भ

नेपाल कम्युनिस्ट आन्दोलनमा नेपाल मजदुर किसान पार्टी प्रकाशस्तम्भ

कालीकोट, ११ वैशाख । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटको आयोजनामा शुकालोका गाउँपालिका वडा नं. ३ अन्तर्गत थुनीमा ५१ औँ पार्टी स्थापना दिवस एक समारोहका साथ बिहीबार मनाइयो ।
कार्यक्रममा नेमकिपा कालीकोटका सचिव धनञ्जय अधिकारीले नेमकिपा स्थापनाका आधारहरूबारे चर्चा गर्दै नेपाल कम्युनिस्ट आन्दोलनमा नेमकिपा प्रकाशस्तम्भको रूपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी विधानअनुसार देश र जनताको निःस्वार्थपूर्वक लाग्नेहरूमात्र नेमकिपाको सदस्य हुनसक्छ । नेमकिपाको असल र दूरदर्शी नेतृत्वको कारण आज हामीले ठाडो शिर गर्न पाएका छौँ ।”
कार्यक्रममा प्रकाश शाही, नैनबहादुर शाही, कलबहादुर शाही, धनबहादुर शाही, जयसरा रोकामगर, धनबहादुर बुढामगर, जनमबहादुर शाही, खडानन्द अधिकारीलगायतले बोल्नुभएको थियो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी तिलागुफा नगरपालिका वडा नं. ४ को आयोजनामा पार्टीको ५१ औँ स्थापन दिवस मनाइयो । रतनबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य नरदीप शाहीले पार्टी स्थापनाका आधारहरूबारे चर्चा गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
पार्टीले वर्गीय आन्दोलनको वकालत गर्दै आएको स्पष्ट पार्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलन संशोधनवादको दलदलमा फसेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
पार्टी जिल्ला समिति कालीकोटका अध्यक्ष खड्गराज शाहीले पार्टीका गतिविधिबाट पुँजीवादी पार्टीहरू अत्तालिएर नेमकिपा समूल नष्ट गर्ने काममा लागेको बताउनुभयो । नेमकिपाको फागुन १६, १७, १८ र १९ गते हुने पार्टीको आठौँ महाधिवेशन भव्य रूपमा सफल पार्न आग्रह गर्दै उहाँले पार्टीको महाधिवेशन हरेक कार्यकर्ताको लागि ठुलो उत्सव हुने बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला समिति सदस्य तथा तिलागुफा न.पा.वडा नं ४ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकाया, प्रन्नकला शाही, प्रेमलाल कोइरालालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *