भर्खरै :

वागीश्वरी कलेजका विद्यार्थीहरूको इलाममा सामुदायिक सर्वेक्षण

वागीश्वरी कलेजका विद्यार्थीहरूको इलाममा सामुदायिक सर्वेक्षण

इलाम, ११ माघ । वागीश्वरी कलेज स्नातक तहका मानविकी सङ्कायका तेस्रो र चौथो वर्षमा सामाजिक कार्य, समाजशास्त्र र ग्रामीण विकास विषय अध्ययनरत २६ जना विद्यार्थीहरूको जनकपुर, इलाम र दार्जीलिङमा सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम माघ २ गते देखि ४ गतेसम्म भयो ।
कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूले सिन्धुलीको रमणीय दृश्यहरूको अवलोकन गर्दै जनकपुरको अध्ययन भ्रमण गरेर कोसी नदीको पनि जानकारी लिँदै इटहरी पुगेका थिए । दोस्रो दिनको बिहान सबेरै सुनसरीको प्रसिद्ध सिमसार क्षेत्र बेतना पुगेर अध्ययनको यात्रा सुरु गरेको थियो । तत्पश्चात्, सो टोली इलामको सानो पाथीभरा र कन्याम चिया बगान पुगेका थिए । चिया खेतीको मनोहर दृश्यावलोकनपछि विभिन्न समूह बनाएर विद्यार्थीहरूले घोडा चढाउने व्यवसायीहरू, टेम्पो चालकहरू, किराना पसल व्यवसायीहरू, नर्सरीका व्यवसायीहरू, होटल व्यवसायीहरू, श्रृङ्गार तथा सांस्कृतिक भेषभूषाका व्यवसायीहरू आदिसँग सामाजिक सर्वेक्षण गरेका थिए ।
तेस्रो दिनमा फिक्कल बजार, पशुपति नगर हुँदै दार्जीलिङमा झोर पोखरी, चिडियाखाना भ्रमणसँगै बतासे, कञ्चनजङ्घा हिमालको पनि सुन्दरता अवलोकन गरेका थिए । साथै चौथो दिन धार्मिक तथा ऐतिहासिक स्थलहरू धरानको बुढासुब्वा, पिण्डेश्वर, दन्तकाली मन्दिर, मुक्ति धाम गएका थिए भने साँझ विराटनगर हुँदै भारतको जोगबनीसम्म पुगेको थियो ।
पाँचौँ दिनमा विद्यार्थीहरूले सूर्योदयसँगै प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्र पुगेर सो ठाउँको महत्वबारे पुजारीबाट जानकारी हासिल गरे । उदयपुर र सुनसरीको बिचमा रहेको सप्तकोसीमा रमाउँदै सिन्धुलीगढी सङ्ग्रहालयमा अध्ययन भ्रमण गरे ।
सो अध्ययन टोलीमा मानविकी सङकायका प्रमुख राजन फेलु, अतिरिक्त क्रियाकलाप समितिका संयोजक मङ्गलेश्वर ध्वजू र विषय शिक्षक अविना श्रेष्ठको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *