भर्खरै :

निजीकरण गर्ने लोभीपापीहरू कहिल्यै कम्युनिस्ट हुनसक्दैनन्

निजीकरण गर्ने लोभीपापीहरू कहिल्यै कम्युनिस्ट हुनसक्दैनन्

दैलेख, ११ माघ । नेपाल मजदुर किसान पार्टी आठबिस नगर समितिको आयोजनामा पार्टीको ५१ औँ वर्षगाँठको अवसरमा काफलपानीमा कार्यकर्ताहरूबिच भेटघाट तथा छलफल कार्यक्रम शुक्रबार भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले ढुलमुले विचारले गर्दा मतभेत हुनु स्वाभाविक भएको चर्चा गर्दै देशको अवस्था र परिस्थितिअनुसार देश र जनताको सेवा गर्न नेमकिपाको स्थापना भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य निरकबहादुर शाहीले सन् १९१७ मा लेनिनको नेतृत्वमा स्थापना भएको कम्युनिस्ट पार्टी त्यहाँका संशोधनवादीहरूले भित्र भित्र जालझेल गरी कम्युनिस्ट व्यवस्था कमजोर बनाएको मात्र होइन शिक्षा स्वास्थ्यलगायत सरकारी कारखाना एक एक गरी निजीकरण गर्ने लोभीपापीहरू कहिल्यै कम्युनिस्ट हुनसक्दैनन् भन्नुभयो ।
नेमकिपा जिल्ला समिति दैलेखका सदस्य सौरे कामीले नेमकिपाका सम्पूर्ण कार्यकर्ताहरूले जालीफटाहा, बेइमानी र देश लुट्नेविरूद्ध जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
जयबहादुर बडुवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नवीन बडुवाल, रामबहादुर सिजापति, दलबहादुर सिजापतिलगायतले बोल्नुभएको थियो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा ठाटीकाँध गाउँपालिका ४ मा चौथो वडा सम्मेलन भयो ।
उक्त सम्मेलनमा केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नेमकिपा सिद्धान्तमा रही अगाडि बढिरहेको बताउनुभयो । सरकारले जनताको लागि केही काम नगरेको, नेताहरूले सरकारी जग्गा दुरूपयोग गरिरहेको पनि उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य निरकबहादुर शाही, पार्टी जिल्ला समिति सदस्य खडकबहादुर कठायत, गाउँ समिति कोषाध्यक्ष झलकबहादुर कठायत, गाउँ समिति सदस्य भद्रबहादुर शाही र दलबहादुर कठायत, वडा सम्मेलन तयारी समितिका सदस्य गगन विकले पनि बोल्नुभएको थियो ।
तयारी समिति संयोजक छत्रबहादुर कठायतको सभापतित्वमा भएको उक्त कार्यक्रममा लछु कठायतले स्वागत गर्नुभएको थियो ।
भेलाले गगन विकको अध्यक्षतामा १३ सदस्यीय पार्टी वडा एकाइ समिति गठन ग¥यो । त्यस्तै डिल्ली कठायतको अध्यक्षतामा ७ सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ वडा एकाइ समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *