अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
पहिले पहिले महामारीको रूपमा हैजा र प्लेग फैलिएको थियो । झाडापखाला त बेलाबखत प्रकोप भएकै थियो । झाडापखाला हुँदा जीवनजलको समेत अभाव भएको थियो । कोरोना र डेङ्गु पनि त्यस्तै महामारीको रूपमा फैलिएको थियो । त्यसबेला सिटामोलको अभाव भएको थियो । कुनै रोग महामारीको रूपमा फैलिएपछि स्वास्थ्योपचार गर्न समस्या हुन्थ्यो । स्वास्थ्य उपचार गर्न धेरै खर्च हुन्थ्यो । जनजीवन असहज हुन्थ्यो । परिवारका परिवार बिरामी हुँदा छटपटिन्थ्यो; हाहाकार हुन्थ्यो; इन्तु न चिन्तु हुन्थ्यो । समाज, परिवारको काममा मात्र होइन राजनीतिक कार्यक्रममा जान पाउँदैनथ्यो; अध्ययन गर्ने अवसर गुम्थ्यो । यसकारण टोल, समाजमा कुनै रोगका बिरामीहरू देख्न थालेपछि समयमै निदान गर्ने काम गर्नुपथ्र्यो । समाज, गाउँ, टोल बस्तीमा कुनै फाटफुट रोगी देख्न थाल्नेबित्तिकै सोको अध्ययन अनुसन्धान गर्नुपथ्र्यो । कुन रोग कहाँ कसरी फैलिएको छ सो थाहा पाउन स्वास्थ्य मन्त्रालय लाग्नुपथ्र्यो; स्वास्थ्य निकायहरू खट्नुपथ्र्यो । अहिले पनि टोल, वडा र गाउँ बस्तीमा ज्वरोका बिरामीहरू धेरै देख्न थालेका छन् । टाउको दुख्ने, ज्वरो आउने, कमजोर हुने, खान रुचि नहुने बिरामीहरू देखिन थालेका छन् । स्वास्थ्य केन्द्र र अस्पतालमा त्यस्तै बिरामीहरूको सङ्ख्या बढेको देखिन्छ । कतिले यो कोरोना रोग फेरि देखिएको आशङ्का गरेका छन् भने कतिले डेङ्गु पो हो कि भन्न थालेका छन् । तर, यो कुन रोग हो ? कसैले भनेका छैनन् ।
रोगको निदान गर्न औषधिमात्र लेख्ने काम डाक्टरको होइन । कसलाई के रोग लागेको हो, त्यो थाहा पाउनुपर्छ र बिरामीलाई बताउनुपर्ने हुन्छ । रुघाखोकी, ज्वरो, टाउको दुख्ने र खान मन नलाग्ने रोगीहरू बढेको कारण घरघरमा पारिवारिक समस्या देखिन थालेका छन् । एउटै परिवारका सबैजसो सदस्यहरू रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने आदि रोगले थला परेका छन् । सरुवा रोग परिवारको एक सदस्यलाई सरेपछि सबै सदस्यमा सरेको हुन्छ । त्यो रोग बिस्तारै बस्तीमै सरेको हुन्छ । यस्तो रोग बस्तीमा फैलिनबाट जोगाउन समयमै रोगको पहिचान गरी निदान गर्ने उपाय खोज्नुपर्छ । यस्तो काममा जनस्वास्थ्य केन्द्र, अस्पतालदेखि स्वास्थ्य मन्त्रालयका जिम्मेदार व्यक्तिहरूको ध्यान जानु आवश्यक हुन्छ । कुनै रोग एकै पटक महामारीको रूपमा फैलिँदैन । समयमै रोग पत्ता लगाएर औषधि उपचार नगर्दा, स्वास्थ्यकर्मी र चिकित्सकहरू महामारीस्थल नपुग्दा रोग फैलिएर पैसामात्र खर्च हुने होइन; ज्यान पनि जान सक्छ । पहिले विकट गाउँमा झाडापखाला फैलेर धेरैको ज्यान गएको थियो । कुनै रोग फैलिन थालेपछि समयमै सतर्कता अपनाउनु जरुरी छ । सम्बन्धित निकाय, संस्था, केन्द्र र मन्त्रालयले समयमै ध्यान नपु¥याएकै कारण रोग फैलिएर पछि त्यो महामारीको रूपमा फैलिने हो ।
यो विज्ञान र प्रविधिको युग हो । विज्ञान र प्रविधिको यो युगमा रोग र स्वास्थ्य समस्याबारे हरेक पक्ष संवेदनशील हुनुपर्छ । आज–भोलि प्रेसर र सुगरका बिरामीहरू पनि बढी देखिन थालेका छन् । पाठेघर क्यान्सर, स्तन क्यान्सरको समस्या पनि यथावत छ । समाजमा देखिने कुनै पनि रोगलाई यो सानो रोग केही हुँदैन भनेर बेवास्ता गर्नु हुँदैन । रोग महामारीको रूपमा देखिएपछि मात्रै होस पु¥याउँदा त्यसले धेरै समस्या निम्त्याइसकेको हुन्छ । हन्डर खाएपछि मात्रै बुद्धि पु¥याउने होइन । यसअघि नै चिन्तनमनन गर्नुपर्छ । चिकित्सकहरूबिच अन्तरक्रिया र छलफल गर्नुपर्छ । रोग के हो पहिचान गरी निकास खोज्नुपर्छ । अनि रोग फैलिन पाउँदैन; अनावश्यक खर्च हुँदैन र ज्यान पनि जाँदैन । यसतर्फ स्वास्थ्य मन्त्रीको ध्यान जानुपर्छ । बेलैमा बुद्धि पु¥याएर काम थाल्यो भने कुनै पनि रोगको निदान समयमै गर्न पाउँछ र धनजनको क्षति भोग्नुपर्दैन । यसको सचेतता कहिले आउने हो ? उद्घाटन कार्यक्रममा मात्र व्यस्त भएर रोग निदान हुने होइन । स्वास्थ्य समस्या कुनै एक व्यक्तिको होइन व्यापक जनताको चासोको विषय बनेको हुन्छ । यसबारे सम्बन्धित निकायको समयमै ध्यान जानु आवश्यक छ ।
Leave a Reply