यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
बुटवल ।
नेपाल मजदुर किसान पार्टी रुपन्देही जिल्ला समितिको पुनःगठन भएको छ । शनिबार बुटवलमा सम्पन्न जिल्ला कार्यकर्ता भेलाले सो समितिको पुनःगठन गरेको हो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले पार्टीको विधान अनुसार देश र जनताको पक्षमा संघर्ष गर्न कार्यकर्ताहरु अनुशासनपूर्वक र गम्भीरतापूर्वक लाग्नुपर्ने जोड दिनु भयो ।
पद र व्यक्तिगत आकाँक्षा पूरा गर्ने स्वार्थ बोकेर जनताको सेवा गर्न नसक्ने चर्चा गर्दै केन्द्रीय सदस्य ज्याख्वले पार्टी कार्यकर्ताहरुले पार्टीले दिएको जिम्मेवारी अनुसार जुनसुकै ठाउँमा बसेर पनि काम गर्नुपर्ने प्रष्ट पार्नु भयो ।
धाँधलीपूर्ण रुपमा सम्पन्न भएका निर्वाचनमा मत आएको आधारमा पार्टीको मुल्याङ्कन हुन नसक्ने चर्चा गर्दै केन्द्रीय सदस्य ज्याख्वले दृढतापूर्वक सक्रिय भएका नयाँ पुस्ताले पार्टीलाई नयाँ उर्जा दिएको बताउनु भयो ।
भेलाबाट हरिसुन्दर बासीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
Leave a Reply